विष्णु शर्मा, पाण्डेचरी
Advertisement
आमा यो दशैँ, दशैँ रहेन
मनमा कत्ति उमङ्ग भएन।
आमा तिमी थलिएकी छौँ
अंगअंग पोलीएकी छौँ ॥
कतिका काख रित्ता भए
कति घरबार बिहिन भए।
कतिको लगानी डुब्यो,
देश बिस बर्ष पछाडि पुग्यो।
आमाले भेन्टिलेटरबाट श्वास लिदैछौँ,
बलिन्द्र धारा आशु पिइदै छौँ ।
तिम्रो शरिरको बिला लाउदै छन्,
तिम्रो छातिमा पराइका बुट आउदैछन्।।
बुझेका सन्तान चिन्तामा छन्,
तिम्रो पिरले रोएका छन् मन।
सास रहुन्जेल मार्दैनौ आस,
कपुतलाई देशमा दिदैनौ बास॥
बाध्यताले भएका छौ टाढा,
फेरि पनि माया छ धेरै गाढा ।
तिमी ठिक नभइ हुदैन दशैँ,
बरु बिट मार्छौ प्रदेशको बसाइ॥
छोड्नुहुन्न तिम्लाइ थला पार्नेलाई,
जेल कोच्नुपर्छ निहत्था मार्नेलाई ।
सजायको भागी बनाउ घाइते पार्नेलाई
मृत्युदण्ड दिउ काख रित्ता पार्नेलाई ॥