• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

लागुऔषध गिरोहसँग ’सशस्त्र द्वन्द्व’ भएको ट्रम्पको घोषणा


  •   शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका हाल लागुऔषध कार्टेलहरूसँग ‘सशस्त्र द्वन्द्व’ मा संलग्न रहेको औपचारिक घोषणा गर्नुभएको छ । उक्त जानकारी उहाँको प्रशासनले भेनेजुएलाबाट प्रस्थान गरेका डुङ्गाहरूमा हालै भएको घातक आक्रमणपछि कंग्रेसलाई पठाएको आधिकारिक सूचनामा उल्लेख गरिएको छ ।

    Advertisement

    एएफपीले बिहीबार प्राप्त गरेको सो पत्रमा अन्तर्राष्ट्रिय पानीमा भएका कम्तीमा तीन वटा आक्रमणलाई कानूनी औचित्य दिनका लागि यो कदम चालिएको बताइएको छ । ती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

    भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मदुरोसँग बढ्दो तनावका बीच अमेरिकी प्रशासनले लागुऔषध तस्करीविरुद्ध कठोर कदम चाल्दै क्यारिबियन सागर क्षेत्रमा ठूलो सङ्ख्यामा सैन्य जहाजहरू तैनाथ गरेको छ ।

    पेन्टागनले कंग्रेसलाई पठाएको सूचनामा भनिएको छ, “राष्ट्रपतिले यी कार्टेलहरूलाई गैर–राज्य सशस्त्र समूहका रूपमा परिभाषित गर्नुभएको छ, तिनीहरूलाई आतङ्कवादी सङ्गठनको दर्जामा राखिएको छ, र उनीहरूको गतिविधिहरू संयुक्त राज्य अमेरिकाविरुद्धको प्रत्यक्ष सशस्त्र आक्रमण भएको ठहर गरिएको छ ।” साथै, सो सूचनामा सन्दिग्ध तस्करहरूलाई ‘गैरकानूनी लडाकू’ का रूपमा वर्णन गरिएको छ ।

    हालै अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै लागुऔषधले भरिएका डुङ्गाहरूलाई लक्ष्य बनाएको आक्रमणबारे कानूनी विज्ञहरूले भने वासिङ्टनको कदम वैधानिकताको दृष्टिले विवादास्पद भएको टिप्पणी गरेका छन् ।

    ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भन्नुभयो, “राष्ट्रपतिले हाम्रो मुलुकलाई हाम्रो किनारमा घातक विष ल्याउन खोज्नेहरूबाट जोगाउन सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानूनअनुसार काम गर्नुभएको छ । उहाँले कार्टेलहरूको सामना गर्ने वाचा पूरा गर्नुभएको छ र अमेरिकी नागरिकहरूको ज्यान सुरक्षित राख्ने दायित्व पूरा गरिरहनुभएको छ ।”

    यसैबीच ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सेप्टेम्बर १५ मा भएको आक्रमणपछि कंग्रेसलाई सो नोट पठाइएको जानकारी दिएका छन् । उनका अनुसार अमेरिकी सेना कुनै पनि आक्रमणमा संलग्न भएपछि त्यसबारे कंग्रेसलाई सूचित गर्नु कानूनी रूपमा अनिवार्य हुन्छ । अधिकारीले थप स्पष्ट पार्दै भने, “यसले कुनै नयाँ सूचना दिएको होइन, बरु कानूनी दायित्वअनुसार गरिएको कार्य मात्र हो ।”

    तर, यी घटनाले अमेरिकाको हवाई र नौसैनिक गतिविधिलाई लिएर क्षेत्रीय तनावलाई अझ बढाएको छ । भेनेजुएलाले बिहीबार आफ्नो तटबाट करिब ७५ किलोमिटर दूरीमा पाँच वटा अमेरिकी लडाकू विमान ‘अवैध रूपमा घुसपैठ गरेको’ दाबी गरेको छ ।

    भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले सार्वजनिक अभिव्यक्तिमा ती कथित उडानहरूलाई ‘उक्साहट’ तथा ‘राष्ट्रिय सुरक्षाका लागि प्रत्यक्ष खतरा’ भन्दै कडा शब्दमा निन्दा गर्नुभयो । साथै, सरकारी विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको र क्यारिबियन सागरमा नागरिक उड्डयनलाई समेत खतरामा पारेको आरोप लगाइएको छ ।

    यसअघि गत महिना, राष्ट्रपति ट्रम्पले अमेरिकी भूभाग पोर्टो रिकोमा १० वटा अत्याधुनिक एफ–३५ लडाकू विमान पठाउनुभएको थियो । यो तैनाथीलाई तीन दशकभन्दा लामो अवधिमा यस क्षेत्रमा गरिएको सबैभन्दा ठूलो अमेरिकी सैन्य तैनागीका रूपमा लिइएको छ ।

    त्यसैगरी, क्यारिबियन हुँदै अमेरिकामा भइरहेको लागुऔषध तस्करी नियन्त्रण गर्ने उद्देश्यले आठवटा युद्धपोत र एउटा आणविक पनडुब्बी समेत पठाइएको थियो ।

    गत महिना मात्र भेनेजुएलाका दुईवटा सैन्य विमानले अमेरिकी नौसेनाको जहाजलाई आक्रमण गरेपछि राष्ट्रपति ट्रम्पले काराकासलाई चेतावनी दिँदै भन्नुभएको थियो, “यदि यस्तै घटना दोहोरिएमा भेनेजुएलाका लडाकू जेटहरूलाई गोली हानेर खसालिनेछ ।” 

    यसैबीच, राष्ट्रपति मदुरोले भने ट्रम्प प्रशासनलाई भेनेजुएलामा शासन परिवर्तन गर्न गोप्य प्रयास गरिरहेको आरोप लगाउँदै अमेरिकी कदमलाई प्रत्यक्ष हस्तक्षेपको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ ।

    शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.