• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

चीनमा फेला परेको खोपडीले मानव विकासको समयरेखा परिवर्तन गर्ने


  •   बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
  • बैङ्कक । चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो मानव खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।

    Advertisement

    अध्ययनअनुसार आधुनिक मानवका पुर्खाहरू पहिले अनुमान गरिएभन्दा करिब चार लाख वर्षअगाडि नै फरक समूहमा विभाजित भइसकेका थिए र यो प्रक्रिया अफ्रिकाभन्दा एसियामा सुरु हुन सक्ने सङ्केत देखिन्छ ।

    युन्जियन–२ नाम दिइएको उक्त खोपडी सुरुमा होमोइरेक्टसको अवशेष मानिएको थियो तर अत्याधुनिक सिटिस्क्यानिङ, स्ट्रक्चर लाइट इमेजिङ र भर्चुअल पुनर्निर्माण प्रविधिबाट गरिएको अध्ययनले यसमा होमालोङ्गी (ड्र्यागन म्यान) र होमोसेपियन्ससँग मिल्ने विशेषता देखाएको छ । यसले मानव विकासमा धेरै पहिले नै जटिलता सुरु भएको हुन सक्ने तर्कलाई बल दिएको छ ।

    लन्डन नेचुरल हिस्ट्री म्युजियमका मानवशास्त्री तथा अनुसन्धान टोलीका सदस्य क्रिस स्ट्रिङ्गरका अनुसार यसले हाम्रो सोच बदल्छ । करिब १० लाख वर्षअघि नै हाम्रा पुर्खा विभिन्न समूहमा विभाजित भइसकेका थिए, जुन पहिलेको अनुमानभन्दा धेरै पहिले भएको कुरा हो ।

    अफ्रिकाकेन्द्रित दृष्टिकोणलाई चुनौती

    परम्परागत रूपमा प्रारम्भिक मानवको उत्पत्ति र विस्तार अफ्रिकाबाट भएको मानिँदै आएको छ तर यो नयाँ निष्कर्षले उक्त धारणामा प्रश्न उठाएको छ ।

    ग्रिफिथ विश्वविद्यालयका माइकल पेट्राग्लियाले भन्नुभयो– ‘पूर्वी एसिया मानव विकासको केन्द्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ ।’

    जटिल निष्कर्ष र बहस

    साइन्स जर्नलमा प्रकाशित यो अनुसन्धानले युन्जियन–२ खोपडीलाई एक सयभन्दा बढी अन्य नमुनासँग तुलना गरेको थियो । नतिजामा यसमा केही विशेषता होमोइरेक्टसजस्तै देखिए पनि ठुलो मस्तिष्क क्षमतालगायतका पक्ष आधुनिक मानवसँग नजिक रहेको पाइएको छ यद्यपि यस अध्ययनसँग सम्बन्धित नभएका केही विज्ञले निष्कर्षबारे सावधानी अपनाउनुपर्ने बताएका छन् ।

    पुरातत्त्वविद् एन्डी हेरिसका अनुसार जीवाश्मको आकार मात्र नभई आनुवंशिक विश्लेषणले पनि महत्त्व राख्छ । यी व्याख्यामा हामीलाई थाहा भएको आनुवंशिक इतिहास पर्याप्त रूपमा समावेश भएको देखिँदैन । पेट्राग्लियाले समेत यसलाई उत्तेजक भनिए पनि अझै ठोस प्रमाण आवश्यक रहेको औँल्याउनुभयो ।

    अझै धेरै सिक्न बाँकी

    मानव विकासको अध्ययनले निरन्तर नयाँ प्रश्न उठाइरहेको छ । सन् २०२१ मा मात्रै स्ट्रिङ्गरकै टोलीले ड्र्यागन म्यान नामक होमोलोङ्गी प्रजातिलाई आधुनिक मानवको नजिकको आफन्तका रूपमा घोषणा गरेको थियो ।

    स्ट्रिङ्गरले भन्नुभयो– ‘युन्जियन–२ जस्ता जीवाश्मले हामीलाई अझै पनि हाम्रो उत्पत्तिबारे धेरै सिक्न बाँकी छ भन्ने देखाउँछन् । यसले हाम्रो साझा इतिहासको जटिलता प्रस्ट चित्रण गर्छ ।’ (रासस/एएफपी

    बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.