• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

म्यान्मारमा हत्या र उत्पीडन अन्त्य गर्न रोहिङ्ग्याको राष्ट्र सङ्घसित आग्रह


  •   बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
  • जेनेभा । म्यान्मारमा भइरहेको सामूहिक हत्या र दशकौँदेखि व्याप्त उत्पीडन रोक्न रोहिङ्ग्या मुसलमान समुदायले संयुक्त राष्ट्र सङ्घको पहिलो उच्चस्तरीय बैठकमा अन्तर्राष्ट्रिय समाजसँग मार्मिक अपिल गरेको छ ।

    Advertisement

    महिला शान्ति नेटवर्क–म्यान्माकी कार्यकारी निर्देशक तथा रोहिङ्ग्या संस्थापक वाई वाई नुले महासभा हलमा १९३ सदस्यराष्ट्रका मन्त्री तथा राजदूतलाई सम्बोधन गर्दै भन्नुभयो– ‘यो म्यान्मारका लागि ऐतिहासिक अवसर हो तर धेरै ढिलो भइसकेको छ । नरसंहारको पीडामा परेपछि पनि कारबाही नभएको चक्र आजै अन्त्य हुनुपर्छ ।’

    दशकौँदेखिको अन्याय र नागरिकता वञ्चना

    म्यान्मारको बौद्धबहुल सरकारले रोहिङ्ग्यालाई लामो समयदेखि विदेशी ‘बङ्गाली’ का रूपमा हेर्दै आएको छ यद्यपि उनीहरू पुस्तौँदेखि त्यहीँ बसोबास गर्दै आएका छन् । सन् १९८२ देखि उनीहरूलाई नागरिकताबाट वञ्चित गरिएको छ ।

    सन् २०१७ मा रोहिङ्ग्या विद्रोही आक्रमणपछि सेनाले थालेको क्रुर अभियानका कारण कम्तीमा सात लाख ४० हजार मानिस बङ्गलादेश पलायन भए ।

    सेनामाथि सामूहिक बलात्कार, हत्या र गाउँ जलाउने गम्भीर आरोप लागेको छ । यसै घटनालाई राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले जातीय सफाया र नरसंहारको रूपमा व्याख्या गरेका छन् ।

    सैनिक शासन र प्रतिरोध

    फेबु्रअरी २०२१ फेब्रुअरीमा सेनाले आङसान सुकीको निर्वाचित सरकारलाई हटाएपछि देशव्यापी हिंसा चर्किएको छ । लोकतन्त्र समर्थक समूह र जातीय सशस्त्र सङ्गठनले सैन्य शासन विरुद्ध प्रतिरोध गरिरहेका छन् । पश्चिमी राखाइन राज्यमा अझै हजारौँ रोहिङ्ग्या बसोबास

    गरिरहेका छन् तर उनीहरू निरन्तर भेदभाव र आतङ्कको चपेटामा छन् ।

    युएन शरणार्थी प्रमुखको चेतावनी

    हालै म्यान्मार भ्रमण गरेका संयुक्त राष्ट्र शरणार्थी प्रमुख फिलिपो ग्रान्डीले भन्नुभयो– ‘बङ्गलादेशले हाल करिब १२ लाख रोहिङ्ग्यालाई आश्रय दिएको छ । सन् २०२४ को लडाइँपछि थप एक लाख ५० हजार शरणार्थी त्यहाँ पुगेका छन् ।’

    उहाँका अनुसार रखाइनमा अहिले अराकान आर्मीको नियन्त्रण भए पनि रोहिङ्ग्याको अवस्था सुधार भएको छैन । उनीहरू अझै गाउँ जलाउने, रोजगारी र शिक्षाबाट बहिष्करण, स्वास्थ्य सेवा नपाउने, मनपरी गिरफ्तारी र जबरजस्ती श्रमको सिकार भइरहेका छन् ।

    राजनीतिक समाधान अनिश्चित

    म्यान्मारका लागि संयुक्त राष्ट्र विशेषदूत जुली बिसपले देशको राजनीतिक सङ्कट समाधान हुने सङ्केत नगण्य रहेको बताउनुभयो ।
    ‘वर्तमान अवस्थामा कुनै सहमति, युद्धविराम वा शान्तिको बाटो छैन’ उहाँले भन्नुभयो ।

    सरकारले डिसेम्बरमा निर्वाचन गर्ने तयारी गरे पनि संयुक्त राष्ट्र मानवअधिकार प्रमुख भोल्कर टर्कले त्यसलाई जनताको इच्छाको प्रतिबिम्ब नभएको र शान्तिको आधार नबन्ने टिप्पणी गर्नुभयो ।

    रोहिङ्ग्यालाई नागरिकता नदिइएकाले उनीहरू मतदान गर्न अयोग्य छन् भने राखाइनका दललाई पनि चुनाव लड्न रोकिएको छ ।

    सुरक्षित क्षेत्र र आत्मनिर्णयको माग

    अराकान युथ पिस नेटवर्कका संस्थापक रोफिक हुसनले भन्नुभयो– ‘हाम्रो गहिरो इच्छा आफ्नै मातृभूमि म्यान्मारमै शान्ति र सुरक्षामा बस्ने हो तर अन्तर्राष्ट्रिय समर्थन र दबाबबिना यो असम्भव छ ।’

    उहाँले बङ्गलादेश सिमानामा संयुक्त राष्ट्र सङ्घको निगरानीमा सुरक्षित क्षेत्र बनाउन आग्रह गर्नुभयो ।

    त्यस्तै रोहिङ्ग्या स्टुडेन्ट नेटवर्कका संस्थापक माउङ सवेदोल्लाले रोहिङ्ग्याको आत्मनिर्णय र अन्तर्राष्ट्रिय सुरक्षाबिना स्थायी शान्ति सम्भव नभएको भन्दै विश्वनेतालाई रोहिङ्ग्यालाई सशक्त बनाउन संसाधन परिचालन गर्न आग्रह गर्नुभयो ।

    महासभा अध्यक्षको प्रतिबद्धता

    बैठकको अध्यक्षता गर्नुभएकी महासभाकी अध्यक्ष एनालेना बारबकले भन्नुभयो– “आजको छलफल केवल सुरुआत हो, अझ धेरै गर्नुपर्नेछ ।’
    उहाँले ठोस कार्योन्मुख अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैठक समापन गर्नुभयो ।

    संयुक्त राष्ट्र सङ्घमा रोहिङ्ग्या मुसलमानको आवाज गुञ्जिएको यो बैठकले म्यान्मारमा जारी हत्या, उत्पीडन र अन्याय अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाबलाई थप बल दिने अपेक्षा गरिएको छ । (रासस/एपी)

    बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.