वासिङ्टन । विश्वमा आफ्नो रवाफ र दबाद देखाउँदै आइरहेको अमेरिकी साम्राज्यवाद यतिवेला आर्थिक संकटमा फँस्दै गएको देखिना थालेको छ । देशमा सरकारको सटडाउन सुरु भएसँगै अमेरिकाको वास्तविक आर्थिक अवस्था छतछुल्ल हुनथालेको हो । अमेरिकामा संघीय सरकारको शटडाउन सुरु भएको छ । यससँगै हजारौं सरकारी कर्मचारी अब विना तलब बिदामा जानु पर्ने अवस्था पनि सिर्जना भएको छ ।
शटडाउनका कारण सरकारका धेरै गैर–आवश्यक कार्यक्रम र सेवाहरू पनि बन्द हुने जोखिम बढेको छ ।
किन आयो शटडाउन ?
वास्तवमा अमेरिकी सिनेटमा सरकारले खर्चहरूबारे सहमति हुन नसके पछि त्यो समस्याको मार कर्मचारीहरूले खेप्नु पर्नु वाध्यता सिर्जना भएको अमेरिकी अर्थसास्त्रीहरू बताउँछन् । त्यसैले यससँग सम्बन्धित विधेयक पास हुन सकेन । २०१८ पछि यो अमेरिकी सरकारको पहिलो शटडाउन हो । यसका कारण गैर–आवश्यक कर्मचारीहरूलाई तलब बिना बिदामा जानुपर्ने स्थिति आएको छ । अमेरिकी सिनेटमा सरकारलाई फन्ड उपलब्ध गराउन डेमोर्क्याट्सको प्रस्ताव अस्वीकृत भएको थियो ।
मतदानमा यो विधेयक ४७ बनाम ५३ मतले पास हुन सकेको थिएन । यो प्रस्ताव सरकारले शटडाउनबाट जोगिन प्रयास गर्ने बनाएको थियो, तर १०० सदस्यीय सदनमा यसलाई आवश्यक ६० मतको समर्थन प्राप्त भएन । त्यसपछि रिपब्लिकनको फन्डिंग बिल पनि ५५–४५ मतले अस्वीकृत भएको थियो ।
यसपछि ह्वाइट हाउसको वेबसाइटमा शटडाउन काउन्टडाउन क्लक राखिएको छ । पृष्ठमा यसलाई “डेमोर्क्याट शटडाउन” भनेर उल्लेख गर्दै लेखिएको छ कि “मान्छेहरू डेमोर्क्याट्ससँग सहमत छैनन् ।”
शटडाउन के हो ?
अमेरिकी सरकार चलाउनको लागि हरेक वर्ष बजेट पारित गर्नु आवश्यक हुन्छ । यदि सिनेट र हाउस कुनै कारणले सहमत हुँदैनन् र फन्डिङ बिल पारित हुँदैन भने, सरकारी एजेन्सीहरूलाई तलब दिन सकिँदैन ।
परिणामस्वरूप, “नन–एसेन्सियल” (अत्यावश्यक नभएका) सेवाहरू र कार्यालयहरू बन्द हुन्छन् । यसलाई नै शटडाउन भनिन्छ ।