नयाँदिल्ली । हरियाणाको रिवाडीमा बाग्लुङ धम्जा छेका एक नेपालीको निधन भएको समाचार प्राप्त भएको छ । बावल रोडमा वसले ठक्कर दिंदा उनको निधन भएको ज्ञानप्रसाद भुसालले हामीलाई जानकारी दिनुभएको छ ।
Advertisement
मृतकको रिवाडीस्थित शवगृह, सिविल हस्पिटलमा राखिएको छ । मृतकको नाम छदिलाल सार्की रहेको बुझिएको छ ।
निजलाई चिन्ने वा आफन्तजनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रिवाडी नगर समितिमा सम्पर्क गर्न भुसालले अनुरोध गर्नुभएको छ ।
सम्पर्क, ९४६६३७२४१९/८९५०७४३३१९/७४०४४७६६०४


