काठमाडौं । असार २५ गते नेपाल प्रहरीले नयाँ आईजीपी पाउनेछ। प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली असार २५ गते अनिवार्य अवकाशमा जाने भएकाले नेपाल प्रहरीले नयाँ आईजीपी पाउने भएको हो। नयाँ आईजीपीको दौडमा सुदूरपश्चिम घर भएका अहिलेका एआईजी हरि पाल पनि रहनुभएको छ ।
उहाँ दार्चुलाको मालिकार्जुन गाउँपालिकामा जन्मिनुभएको उहाँको घर कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि छ। पालसंगै अर्का एआईजी शैलेश थापा क्षेत्री नयाँ आईजीपीका दाबेदार हुनुहुन्छ । पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक बाट सेवा प्रवेश गर्नु भएको हो ।
नेपाल प्रहरीमा थापा र पालसँगै एआईजी तारणीप्रसाद लम्साल पनि हुनुहुन्छ । तर उहाँ वर्तमान आईजीपी ज्ञवालीका ब्याजी भएकाले एकै मितिमा अवकाश पाउनु हुन्छ ।
पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेलधुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्त्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरेका गर्नुभएको छ। हाल उहाँ अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख हुनुहुन्छ ।