• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

रुकुम घटनाका दोषीलाई उन्मुक्ति दिने षडयन्त्र भइरहेको मसालको ठहर


  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले रुकुम घटनाका दोषीलाई उन्मुक्ति दिने गरी प्रमाण मेटाउने काम भइरहेको ठहर गरेको छ ।

    Advertisement

    गत जेठ १० गते ६ जना युवाको ज्यान जाने गरी भएको जातीय हिंसाको घटनालाई अर्को ‘निर्मला पन्त काण्ड’ बनाउन लागिएको मसालले जनाएको छ ।

    बुधबार महामन्त्री मोहन विक्रम सिंहले एक वक्तव्य जारी गरी ‘सञ्चार माध्यममा आए अनुसार हत्यासित सम्बन्धित कैयौँ प्रमाणहरूलाई मेट्ने काम गरिएको र पोष्टमार्टमको रिपोर्टलाई पनि गलत प्रकारले तयार पारिएको’ बताउनुभएको छ ।

    बुधबार बसेको नेकपा (मसाल) पिविको बैठकले वैवाहिक अंगीकृत नागरिकताबारे संसदको राज्य व्यवस्था समितिले राखेको ७ वर्षे प्रावधानको स्वागत पनि गरेको छ ।

    समसामयिक विषयमा महामन्त्री सिंहले प्रेसित गर्नुभएको वक्तव्य यस्तो छः ‘ने.क.पा. (मसाल)को पीवीको आज २०७७/३/१० मा बसेको बैठकले देशको तात्कालीक राजनीतिक स्थिति र कतिपय समस्याहरूबारे कैयौँ महत्त्वपूर्ण निर्णयहरू गरेको छ । तिनीहरूबारे जानकारी दिनका लागि यो वक्तव्य जारी गरिएको छ ।

    १. जातीय भेदभाव र द्वेषका कारणले भएको रुकुमको सुनियोजित हत्याकाण्डप्रति हाम्रो पार्टीले गम्भीर दुःख र क्षोभ प्रकट गर्दछ । सञ्चार माध्यमहरूद्वारा थाहा भएअनुसार त्यहाँको हत्यासित सम्बन्धित कैयौँ प्रमाणहरूलाई मेट्ने काम गरिएको छ र यहाँसम्म कि पोष्टमार्टमको रिपोर्टलाई पनि गलत प्रकारले तयार पारिएको छ । त्यसरी त्यहाँ एक प्रकारले कञ्चनपुरको निर्मलापन्त बलत्कार र हत्याकाण्ड जस्तै अपराधलाई पूरै दवाउने र त्यससित सम्बन्धित अभियुक्तहरूलाई उन्मुक्ति दिन योजनावद्ध प्रकारले षडयन्त्र गरिएको छ । अन्तत रुकुमको हत्याकाण्ड खाली दलित जातिसित सम्बन्धित विषय नभएर सम्पूर्ण नेपाली जनताको मानव अधिकार र न्यायसित सम्बन्धित विषय हो । त्यसकारण रुकुमको घटनाबारे न्यायपूर्ण कारवाही तथा दोषिलाई सजाय सुनिश्चित गर्नका लागि आवाज उठाउन ने.क.पा. (मसाल)ले नेपालका सम्पूर्ण न्यायप्रेमी जनतासित अपील गर्दछ ।

    २. नेपाली पुरुषसित विवाह गर्ने विदेशी महिलालाई सात वर्ष पुगेपछि मात्र अङ्गिकृत नागरिकता दिने राज्य व्यवस्था समितिले ल्याएको प्रस्तावका विरुद्ध तराईमा भइरहेको विरोध वा प्रदर्शनप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । नेपाली पुरुषसित विवाह गर्ने विदेश महिलालाई विवाहपछि तुरुन्तै अङ्गिकृत नागरिकता प्रदान गर्ने विद्यमान कानुनी व्यवस्था देशको बृहत्तर राष्ट्रिय हितका विरुद्ध छ । त्यसकारण त्यसमा परिवर्तन गर्ने राज्यव्यवस्था समितिको निर्णय तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयलाई पनि हाम्रो पार्टीले स्वागत गर्दछ र संसदद्वारा त्यसलाई पारित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

    ३. हाम्रो पार्टीले नेपालको पुरुषसित विवाह गर्ने विदेशी महिलालाई विवाहपछि तुरुन्त अङ्गिकृत नागरिकता दिने प्रावधानको पहिलेदेखि नै विरोध गर्दै आएको थियो र अहिले पनि हाम्रो त्यो मत कायम छ । हाम्रो यो पनि सोचाइ छ कि, नेपाली पुरुषसित विवाह गर्ने महिलालाई सात वर्षपछि अङ्गिकृत नागरिकता दिने व्यवस्थाले तराईका जनताको व्यापक हितमा समेत कुनै नोक्सान पुर्‍याउँदैन र, त्यसकारण, त्यसको विरोध स्वयं तराईका जनताको हितमा पनि छैन । प्रश्न तराई, पहाड र हिमालको होइन, प्रश्न सम्पूर्ण देशको राष्ट्रिय हितको रक्षाको हो ।

    ४. संसारका सबै देशहरूले आफ्नो देशको विशिष्ट राजनीतिक, आर्थिक वा भौगोलिक अवस्थामाथि ध्यान दिएर नै आफ्नो नागरिकतासम्बन्धी नीति निर्धारित गर्ने गर्दछन् । त्यहीअनुसार नेपालले पनि आफ्नो विशिष्ट प्रकारको आर्थिक वा भौगोलिक अवस्थामाथि ध्यान दिएर नै आफ्नो नागरिकतासम्बन्धी नीतिलाई निर्धारित गर्नुपर्दछ । त्यसअनुसार नेपालको विशिष्ट अवस्थामाथि ध्यान दिंदा हामीले आफ्नो नागरिकतासम्बन्धी नीतिलाई अत्यन्त कडा बनाउनुपर्ने आवश्यकता भएको कुरा स्वतःसिद्ध छ ।

    ५. यो कुरा प्रति पनि हाम्रो गम्भीर ध्यान गएको छ कि कतिपय पक्षहरूले नेपालको राष्ट्रिय हितमाभन्दा भारतपरस्त सोचाइ अपनाएर वा आफ्ना सङ्कीर्ण राजनीतिक स्वार्थहरूका कारणले नेपालको नागरिकता नीतिलाई उदार बनाउन प्रयत्न गरेको देखिन्छ । त्यसप्रकारका सोचाइहरूलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ ।

    ६. हाम्रो यो विश्वास रहँदै आएको छ कि तराईका मधेशी, मुश्लिम वा आदिवासी जनतामा पनि उच्च प्रकारको देशभक्तिको भावना छ । नेपालका दक्षिणसित जोडिएका सिमाहरूमा अतिक्रमण हुँदा उनीहरूले नै अग्रिम पंक्तिमा रहेर सिमाको रक्षाका लागि सङ्घर्ष गर्दै आएका छन् । उनीहरूको त्यसप्रकारको भूमिकाको हामीले उच्च मूल्याङ्कन गर्दछौँ । तर केही मुट्ठीभर भारतपरस्त तत्त्वहरूले नेपालको राष्ट्रियताभन्दा भारतका साम्राज्यवादी स्वार्थहरू पूरा गर्नको लागि तराईका देशभक्त जनतामा भ्रम फैलाउँदै आएका छन् र अहिले पनि उनीहरूले विदेशी महिलाको नेपाली पुरुषसित विवाह भएपछि नेपालमा विवाह गरेर आउने विदेशी महिलाहरूलाई विवाहपछि तुरुन्त नागरिकता दिनुपर्छ भनेर भ्रम वा उत्तेजना फैलाउने काम गरिरहेका छन् ।

    ७. कतिपय पक्षहरूले नेपाली पुरुषसित विवाह गरेर आउने विदेशी महिलाहरूलाई जस्तै नेपाली महिलाले विवाह गर्ने विदेशी पुरुषलाई पनि अङ्गिकृत नागरिकता दिने व्यवस्था गरिनु पर्छ भन्ने आवाज उठाएको देखिन्छ । खास गरेर छोरा र छोरीको समानताको सिद्धान्तलाई उठाएर त्यसप्रकारको विचारमा जोड दिएको पाइन्छ । हामीले छोरा र छोरीका बीचको समानताको सिद्धान्तमा सधैँ जोड दिंदै आएका छौँ र अहिले पनि दिन्छौँ । तर विदेशी पुरुषसित नेपाली महिलाको विवाह र नागरिकताको सन्दर्भमा त्यसप्रकारको कथित समानताको सिद्धान्तमा जोड दिने सोचाइलाई हामीले गलत मान्दछौँ र त्यसप्रकारको सोचाइले देशको राष्ट्रिय हितसित मेल खान्न भन्ने हाम्रो दृढ मत छ ।

    ८. सञ्चार माध्यमद्वारा थाहा भएअनुसार नेपालका कतिपय भूभागहरू चीनद्वारा अतिक्रमण गरिएका छन् । हामीले सरकारसित उक्त विषयमा स्थिति स्पष्ट गर्न तथा चीनसितका सीमा विवादबारे तुरुन्त चीन सरकारसित वार्ता गर्नको लागि अनुरोध गर्दछौँ ।

    ९. देशमा कोरोना भाइरसको सङ्क्रमण लगातार बढ्दै गइरहेको छ । तर त्यसबारे सरकारको तयारी वा व्यवस्था अपर्याप्त देखिन्छ । त्यसको परिणाम स्वरूप कोरोना भाइरसको परीक्षण क्बारेनटाइन, राहत वितरण र उपचारमा समेत गम्भीर प्रकारको अव्यवस्था र अनियमितता देखिन्छ । त्यसले गर्दा कोरोना भाइरसको सङ्क्रमणले भयानक वा नियन्त्रणभन्दा बाहिरको महामारीको रूप लिने सम्भावना देखापर्दै गइरहेको छ । त्यसकारण उक्त विषयमा पर्याप्त ध्यान दिन र व्यवस्था गर्नका लागि हामीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।

    १०. कोरोना भाइरससित सम्बन्धित स्वास्थ्य उपकरण र औषधीहरूको खरिदको क्रममा भ्रष्टाचार र अनियमितता लगातार बढ्दै गइरहेको देखिन्छ । त्यसप्रकारको भ्रष्टाचार वा अनियमितताका लागि बदनाम भएका कम्पनीहरूसित पनि त्यही प्रकारका नयाँनयाँ व्यवसायीक सम्झौताहरू गरेको पनि देखिन्छ । प्रधानमन्त्री ओलीले त्यसप्रकारका भ्रष्टाचार वा अनियमितताहरूको छानवीन गर्नुको सट्टा तिनीहरूको पक्षपोषण गर्नु धेरै नै दुःखको कुरा हो । त्यसप्रकारका भ्रष्टाचार वा अनियमितका कारणले कोरोना भाइरस माथिको नियन्त्रण तथा त्यसद्वारा पीडित जनताको उद्धारमा समेत गम्भीर नकारात्मक असर पर्ने छ । त्यसकारण कोरोना भाइरससित सम्बन्धित भ्रष्टाचार र अनियमिततालाई रोक्न हामीले कडा र प्रभावशाली कदमहरू उठाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । अन्यथा त्यसका परिणामहरू सम्पूर्ण देश र जनताका लागि अत्यन्त प्रत्युत्पादक हुने कुरा निश्चित छ ।

    ११. एमसीसीलाई संसदद्वारा पारित गराउने सरकारको प्रयत्नको कडा शब्दमा विरोध गर्दै त्यसलाई खारेज गराउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले पुनः जोड दिन्छ ।

    १२. कालापानी, लिपुलेक र लिम्पियाधुराहरू भारतका नै भूमिहरू हुन् र नेपालले त्यसमाथि अतिक्रमण गर्न खोजेको छ भनेर भारत सरकार र त्यहाँका मिडियाहरूले व्यापक प्रचार गरिरहेका छन् । भारत सरकारको त्यो नीतिले त्यसको साम्राज्यवादी स्वरूपलाई उदाङ्गो बनाएको छ । त्यो अतिक्रमित भूमिबारे नेपाल सरकारले निकालेको नक्सा तथा संसदले त्यसबारे संविधानमा गरेको संशोधन र त्यसका लागि नेपालमा देखापरेको व्यापक ऐक्यवद्धतालाई हाम्रो पार्टीले स्वागत गरेको छ । अब त्यो अतिक्रमित भूमिलाई फिर्ता लिन त्यो राष्ट्रिय ऐक्यवद्धतालाई अरू उच्च स्तरमा उठाउनु पर्ने तथा त्यसका लागि जनताको व्यापक ऐक्यवद्धता कायम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

    १३. हाम्रो पार्टीले विदेशी सेनाहरूमा नेपालको भर्तीको सधैँ विरोध गर्दै आएको छ । त्यस सन्दर्भमा हामीले भारतीय सेनामा पनि नेपालीहरूको भर्तीको विरोध गर्दछौँ । भारतले भारतीय सेनामा भर्ती भएका नेपालीहरूलाई हाम्रा छिमेकी मित्र राष्ट्रहरूका विरुद्ध प्रयोग गर्दै आएको छ र त्यसबाट हाम्रो देशको असंलग्न परराष्ट्र नीति तथा छिमेकी मित्रराष्ट्रहरूसितको मैत्रीपूर्ण सम्बन्धमा पनि आँच पुग्ने गरेको छ । त्यसकारण हामीले भारतीय सेनामा नेपालीहरूको भर्तीलाई तुरुन्त बन्द गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    १४. वर्षा मौसम सुरु हुनुको साथै बाढी, पहिरो, डुवानका समस्याहरू बढेर जाने सम्भावना देखिन्छ । तर त्यसबारे सरकारको तयारी पर्याप्त देखिंदैन । त्यसकारण त्यसबारे अहिलेदेखि नै आवश्यक तयारी गर्न हामीले सरकारसित माग गर्दछौँ ।’

    बुधबार, असार १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.