• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

काम अलपत्र पार्ने ठेकेदारलाई दण्डित गर्न सांसद जिसीको माग


  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद तारा जिसीले ठेक्का लिएर लामो समयसम्म सम्पन्न नगर्ने ठेकेदारलाई दण्ड दिने व्यवस्था गर्न माग गर्नुभएको छ ।

    Advertisement

    प्रदेश ५ को आ व २०७७÷७८को बजेट माथि विषयगत छलफलमा भाग लिँदै सांसद जिसीले समयमा योजना सम्पन्न गर्ने निर्माण व्यवसायीहरुलाई प्रोत्साहन र नगर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो ।

    ‘योजना ठेक्का लिएर काम नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायीहरुलाई दण्ड सजाय गर्ने कि नगर्ने?’ जिसीले प्रश्न गर्नुभयो।

    योजना जिम्मा लिएर समयमा काम नगर्ने निर्माण व्यवसायीहरुलाई प्रतिवर्ष रकम थपेर पुरस्कृत गर्ने प्रथा बन्द गरी दण्ड र जरिवनाको साथै एउटा योजना पूरा नगर्दै थप ठेक्का दिन रोक लगाउनु पर्ने उहाँको धारणा थियो ।

    जिसीले प्रदेशको विकास नीति देखाउने दाँत मात्र भएको ठोकुवा गर्नुभयो । कहाँ कहाँ कति बजेट कुन कुन शिर्षकमा जिल्लागत रुपमा बजेट विनियोजन भयो तथ्य र प्रमाणहरु आफैँ बोलेको उहाँले बताउनुभयो ।

    सरकारलाई आफ्नै पहिलो स्थितिपत्रको स्मरण गराउँदै प्रदेशभरमा अत्यन्त पिछडिएका, अविकसित र गरिवीको रेखामुनि रहेका जनताको संख्या अत्यधिक भएको भनी प्युठान र कपिलवस्तु जिल्लालाई बताईएको तर विकास र अवसर दिने वेलामा सधैँ पक्षपात गरिएको उहाँले बताउनुभयो ।

    प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमा बजेटको ठूलो हिस्सा विनियोजन गरेको भन्दै त्यस अनुसार प्रतिफल न आएको तथ्य प्रस्तुत गर्नुभयो । सरकारको फितलो र अपारदर्शी विकास नीतिले गाउँ गाउँमा भ्रष्टाचार मौलाएको र गणतन्त्र समेत धरापमा परेको उहाँले बताउनुभयो ।

    भौगर्भिक र वातावरणीय हिसावले संवेदनशील क्षेत्रमा श्रममा आधारित निर्माण पद्दती अबलम्वन गर्ने सरकासको नीति सकरात्मक रहेको औँल्याउंदै वातावरणीय, पर्यावरणीय,भू–स्खलन तथा रोजगारीका दृष्टिले पनि उपयुक्त भएको भन्दै उक्त कार्यक्रम ठोस योजना र क्षेत्र मूर्त रुपमा नआएको टिप्पणी गर्नुभयो ।

    प्रदेश गौरवको आयोजना रामपुर कपुरकोट मार्ग छिटो छरितो सम्पन्न गर्न विशेष जोडको माग गर्दै कोइलावास भालुवाङ मच्छि भिमगिठे सडक भारत नेपाल र चीन जोड्ने सबै भन्दा छोटो दूरीको अत्यन्त पुरानो त्रिदेशीय रणनैतीक महत्वको सडक भारतीय कम्पनीले ठेक्का लिएर अलपत्र पारेकोमा अहिले ठेक्का तोडिएको र प्रदेशको जिम्मा रहेपनि उपयुक्त ध्यान नपुग्नु र रकम पनि नाम मात्रको विनियोजन गरिनु दुखदायी भएको बताउनुभयो ।

    यस्तै, जनता आवास कार्यक्रम अन्तर्गत लक्षित वर्गको पहिचान कार्य विधि अनुसार नै हुने भनिएता पनि ब्यवहारमा त्यस्तो नभएको सर्वत्र गुनासो र असन्तोष रहेको औँल्याउदै कैयौं घरबार विहीन र लालपूर्जा विहीन भएको यो कार्यक्रमको विधिले त्यो तप्कालाई नसमेटको भन्दै सुधार र पूर्णताको आवश्यकता भएको वताउनुभयो ।

    बुधबार, असार १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.