• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कष्टपूर्ण बडादशैँ यात्रा


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
  • युगदर्शन वर्ष १७, अङ्क ४ मा प्रकाशित सम्पादकीय

    Advertisement

    मनसुन कमजोर पर्दैछ तर अन्तिम समयमा परेको अविरल वर्षाले देशको यातायात क्षेत्रलाई अस्तव्यस्त बनाएको छ । त्यसो त जेठमा परेको वर्षाका कारण बिग्रिएको सडक अझैसम्म बन्न सकेको छैन । यसरी नयाँपुराना बिग्रेको सडकले नेपाली जनताको जनजीवन कष्टकर बन्दै गएको छ । नेपाल हिमाली, पहाडी देश भएकाले वर्षाले सडक बिग्रनु नयाँ विषय त भएन, प्रत्येक वर्ष हामीले सडक यातायातको क्षेत्रमा कष्ट भोगिरहेकै हुन्छौँ । हामीकहाँ रेलयातायात तराईको केही जिल्लामा मात्रै सीमित छ, हवाईयात्रा पनि सीमित क्षेत्रमा । त्यसमाथि महँगो भाडाले गर्दा हवाई यातायात न्यून आय भएका जनताले उपभोग गर्न सक्दैनन् । यी सबै कारणले गर्दाा सडक यातायात नै नेपालको लाइफलाइन बन्न पुगेको छ । अहिलेसम्म सडक यातायातमाथिको चापलाई कम गर्ने गरी कुनै योजना बन्न र कार्यान्वयन हुन सकिरहेको छैन ।

    हामीकहाँ सडक यातायात निजी क्षेत्रको जिम्मा छ भने सडक बनाउने काम राज्यपक्षले गर्दछ । सरकारले सडक बनाएर निजी क्षेत्रलाई मुनाफा कमाउने व्यवस्था गरिदिएको छ । देशमा कुशासन, भ्रष्टाचार र बेथितीले गर्दा सडकको अवस्था पनि गुणस्तरहीन छ । नयाँ बनेको भनिएका सडककै अवस्था राम्रो छैन । प्राकृतिक प्रकोपले गर्दा बिग्रने सडकलाई दु्रत गतिमा मरम्मत गर्ने कार्य हुन सकेको छैन । भर्खरै मात्र चितवनको तुइनखोलाको सडकमा माथिबाट पहिरो खसेकोमा पाँच घण्टामा सुचारु गरिने तालुकवाला मन्त्रालयले बताएको थियो तर त्यो घोषणा कार्यान्वयन भएको देखिएन । जेनजी आन्दोलनपछि आएको सरकारको पनि भूमिका उही प्रकारको देखियो । त्यसबाहेक सडकका लागि आवश्यक बजेट पनि छैन । देशमा प्रशासनिक क्षेत्रमा नै बढी बजेट खर्च हुने भएकाले पुँजीगत तथा भौतिक विकास निर्माणका लागि बजेटमा प्राथमिकता पाउन्नन् । त्यसमाथि सङ्घीयताले विकास निर्माणलाई कुण्ठित बनाएको छ ।

    सडक निर्माण तथा मरम्मतको क्षेत्रमा भ्रष्टाचार, ढिलासुस्ती र बेथितीले गर्दा गुणस्तर कमजोर भएको तथ्य लुकेको छैन । बोलकबोल नै कम रकममा हुने तर गुणस्तरहीन काम गरेका लागि पनि भुक्तानी लिने वा भुक्तानी दिने, यस क्रममा कमिसनखोरी गर्ने हाम्रो देशमा पुरानै रोग हो । यस खालका राष्ट्रविरोधी कामलाई नियन्त्रण गर्नका लागि राज्यको अनुगमन संयन्त्र निष्प्रभावी छ । हुन त देशमा संवैधानिक निकायको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । सडक क्षेत्रको लापरबाहीका लागि अख्तियारसम्म नै पुग्नुनपर्ने हो, सम्बन्धित विभाग वा मन्त्रालयले नै गुणस्तर अवलोकन गरेर भुक्तानी दिए हुन्छ तर भ्रष्टाचार र कुशासनले गर्दा हामीकहाँ यस्ता सामान्य प्रक्रियासमेत अपनाइन्न । यद्यपि यस्तो अवस्था सडक क्षेत्रको मात्रै होइन ।

    अहिले वर्षात्को समयका कारणले देशभरिका सडक बिग्रेका छन् । सडकको यो अवस्थामा सुधार ल्याउनका लागि बर्सेनि योजना बनाएको तालुकवाला मन्त्रालय र विभागले बताउने गरेका छन् । परिणाम भने महसुस गर्नलायक देखिन्न । अहिले पनि देशका मुख्य राजमार्गमा अवरोध सिर्जना भएको छ । यी अवरोधलाई तत्कालै हटाउने गरी संयन्त्र निर्माण र परिचालन गर्नुपर्ने हो । सडक विभागले नै त्यस खालको काम गर्न सक्दछ तर हुन सकेको छैन । अब मनसुनको समय सकिन थालेको छ । अबको केही महिनाभित्रै देशभरिका सडक मर्मतसम्भार गर्नुपर्ने हुन्छ । त्यसका लागि दु्रत योजना कार्यान्वयन गर्नुपर्ने हुन्छ । बडादशैँ सुरु भइसकेको छ तर त्यस खालका दु्रत योजना बनाएर कार्यान्वयन गर्ने सम्भावना देखिएको छैन । त्यसले गर्दा जनताको अहिलेको बडादशैँ यात्रा कष्टदायक बनिरहेको छ । मुख्यतः राजधानीबाट लाखौँ जनता मोफसलतर्फ जाने गरेकोमा तथा बडादशैँको सेरोफेरोमा स्थानीय तहमै आन्तरिक यातायात घनीभूत हुने भएकाले राज्यका सबै तहले दु्रत गतिमा सडक मर्मतमा ध्यान दिनुपर्ने हुन्छ ।

    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.