नेपालगञ्ज । बाँकेको नेपालगन्ज धम्बोझी चोकमा एमसीसी सम्झौता विरुद्ध बिरोध प्रदर्शन सहित सभा सम्पन्न भएको छ। सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका महासचिव तुलसिराम साप्कोटाले अमेरिकासँग सरकारले गरेको एमसीसी संझौता नेपाली राष्ट्रियताको लागि अत्यन्त घातक भएको बताउनु भयो ।
Advertisement
सभामा नेकपा (क्रान्तिकारी–माओवादी) का पोलिटब्यूरो सदस्य भुपेन्द्र न्यौपाने ,नेकपा माले बाँकेका सचिव प्रेमकुमार ठाकुर लगाएतले सम्बोधन गर्नुभएको थियो । सभाको सञ्चालन राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकालले गर्नुभएको थियो ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा (मसाल) सहतिका ११ राजनीतिक दल तथा संगठनहरुले मंगलबार देशब्यापी विरोध प्रदर्शन गरेका छन् ।