हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समिति अन्तर्गत गुसाइगुडा एरिया समितिमा प्रशिक्षणका कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
प्रशिक्षण कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य रतन सिंह विक, मध्य दक्षिण क्षेत्रीय समितिका कार्यबाहक अध्यक्ष खिम बहादुर विक, मध्य दक्षिण क्षेत्रीय सचीव तिलक राना, मध्य नगर समितिका सचिव कुमार थापा एरिया अध्यक्ष रामबहादुर आलेको उपस्थिति रहेको थियो ।
एरिया समिति कार्यकर्ताहरू बिच देशको समसामयिक विषय र भारतमा नेपालीहरूको समस्याबारे आगामी कार्यक्रम तर्जुमाका साथै प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।