काठमाडौं । जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् ।
Advertisement
२०८२ असोज ५ गते आइतबारका दिन घाइतेहरूले सो धर्ना दिएका हुन् ।
उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए ।
तर, सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएर बसेका हुन् ।