टोकियो । जापानको मिए प्रिफेक्चरको माचुसाकामा एक नेपाली युवाकाे नदीमा डुबेर मृत्यु भएको छ ।
Advertisement
सेप्टेम्बर १६ मा साथीहरूसँग कुसिदा नदीमा पौडी खेल्ने क्रममा २६ वर्षीय तीर्थराज आचार्यको मृत्यु भएको हो ।
उनी सुजुका शहरमा बस्दै आएका थिए र कम्पनीमा कार्यरत थिए ।
प्रहरीका अनुसार आचार्य आफ्ना ४ जना साथीसँग नदीमा खेल्दै गर्दा डुबेका थिए । उनलाई साथीहरूले पानीबाट बाहिर निकालेर अस्पताल पुर्याए पनि डाक्टरले मृत घोषित गरेको प्रहरीको भनाई छ ।
दुर्घटना भएको ठाउँमा पानीको गहिराइ २ मिटरभन्दा बढी रहेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।

