• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बप्तिस्मा समारोहमा आक्रमण, २२ जनाको मृत्यु


  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
  • आबिदजान । मोटरसाइकलमा आएका बन्दुकधारीहरूले पश्चिमी नाइजरमा २२ गाउँलेलाई गोली हानी हत्या गरेका छन् । मारिनेमध्ये  धेरैजना बप्तिस्मा समारोहमा सहभागी रहेका थिए ।

    Advertisement

    घटना सोमबार तिलाबेरी क्षेत्रमा भएको हो । उक्त क्षेत्रमा अल–कायदा र इस्लामिक स्टेट (आइएस)सँग सम्बन्धित जिहादी समूहहरू सक्रिय छन् ।

    टाकौबट गाउँमा आयोजित बप्तिस्मा समारोहमा १५ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दाले एएफपीलाई बताए । उनका अनुसार आक्रमणकारीहरूले त्यसपछि गाउँको बाहिरी क्षेत्रमा गएर थप सात जनाको हत्या गरेका थिए ।

    स्थानीय सञ्चारमाध्यम एल्मेस्ट्रो टिभीले ‘कुनै कारण वा औचित्यबिना २२ निर्दोष मानिसको कायरतापूर्ण हत्या’ भएको उल्लेख गरेको छ ।

    मानवअधिकार कार्यकर्ता माइकौल जोडीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “फेरि एकपटक तिलाबेरी बर्बरताले ग्रस्त भएको छ, निर्दोष परिवारहरू शोक र निराशामा डुबेका छन् ।”

    सन् २०२३ मा सत्तापलटपछि सत्तामा आएका नाइजरका सैन्य नेताहरूले ठूलो सेनाको उपस्थिति कायम राखेका भए पनि तिलाबेरीमा जिहादी गतिविधि नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । गत हप्तामात्रै यस क्षेत्रमा करिब २० सैनिक मारिएका थिए ।

    ह्युमन राइट्स वाचले नाइजरका अधिकारीहरूलाई नागरिकलाई जोगाउन ‘अझ बढी गर्न’ आग्रह गरेको छ ।  अधिकार अनुगमन समूहका अनुसार मार्चदेखि इस्लामिक स्टेट समूहले पाँच आक्रमणमार्फत तिलाबेरीमा एक सय २७ भन्दा बढी गाउँले र मुस्लिम उपासकलाई ‘संक्षिप्त मृत्युदण्ड’ दिएको छ ।

    यस्तै, विश्वव्यापी द्वन्द्व निगरानी संस्था एसिएलइडीले सन् २०२४ अक्टोबरयता नाइजरमा भएका आक्रमणमा करिब एक हजार आठ सय मानिस मारिएको जनाएको छ । यसको तीन चौथाइ तिलाबेरीमै भएको हो ।

    नाइजर र छिमेकी बुर्किना फासो तथा माली, सबै सैन्य कू नेताको शासनअन्तर्गत छन् । यी देशहरूले सार्वभौम नीति अपनाउने भन्दै जिहादीविरुद्ध संयुक्त रूपमा लडिरहेका फ्रान्सेली र अमेरिकी सेनालाई निष्कासन गरेका छन् ।

    (रासस/एएफपी)

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.