• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

लोकतन्त्रसामु देखा परेको गम्भीर परिस्थिति


  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
  • यता देश महँगी, बेरोजगारी, भ्रष्टाचार, बेथिती, कुशासन र राष्ट्रघातको चरमचुलीमा पुगिसकेको थियो, उता निवर्तमान ओली सरकार भने “समृद्ध नेपाल, सुखी” नेपाली नारा अलापिरहेका थिए । यो नारा योजना आयोगले पन्ध्रौँ पञ्चवर्षीय योजनाका लागि तय गरेको थियो जबकि अहिले सोह्रौँ पञ्चवर्षीय योजना चलिरहेको छ । देशमा सिट सङ्ख्याको हिसाबले विघटित संसद्को दुई ठुला दल काङ्ग्रेस र एमालेको सरकार थियो । उनीहरू राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भनेझैँ ॅबहुमत भएकाले ढुङ्गा पनि उभोतिर पल्टाउन सकिन्छ’ भन्ने मानसिकतामा थिए । प्रधानमन्त्री ओलीको दम्भ अत्यन्तै बढेर गएको थियो, न उनी पार्टीभित्र कसैको कुरा सुन्थे, न सरकारप्रमुखको हैसियतले । यस्तो सरकारलाई काङ्ग्रेसको दृढ समर्थन थियो किनकि उनीहरूबिच आलोपालो सरकार चलाउने सहमति भएको थियो ।

    Advertisement

    देशमा तेस्रो दल माओवादी केन्द्र थियो । ऊ पनि “म्याजिक नम्बर” को घमण्डले चुर थियो । त्यही घमण्डले गर्दा उसले घरी काङ्ग्रेसलाई त घरी एमालेलाई ॅब्ल्याकमेलिङ’ गरिरहने गर्दथ्यो । गत वर्ष असारमा दुई ठुला दल मिलेपछि माओवादी केन्द्रको “म्याजिक नम्बर” ले काम गरेन । फेरि पनि उसले दुई पार्टीमाझ फुट सिर्जना गरेर सत्ताको रोटी सेक्न भरमग्दुर प्रयास गरिरहेको थियो । त्यस्तै कथित नयाँ र स्वतन्त्र राजनीतिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्वमा आएको थियो । त्यो पार्टी सिद्धान्तविहीन त छँदै थियो, अझै पार्टी सभापति रवि लामिछानेको मातहतमा पार्टी चल्दथ्यो । पाँचओटा जिल्लाका सहकारी ठगीबारे मुद्दा चलेको र त्यस क्रममा जेलमा बस्नुपरेको भए पनि रास्वपाले रविकै पक्षमा पक्षपोषण गरिरहेको थियो । मधेसवादीको दलको के कुरा गर्नु ? उनीहरू मन्त्री पदका लागि कुनै पनि गठबन्धनमा सहभागी हुन सक्दथे ।

    संसद्मा राष्ट्रिय जनमोर्चाजस्तो सही राजनीति र निष्कलङ्क चरित्र भएका राजनीतिक पार्टी पनि थिए तर यस्ता पार्टीको सिट सङ्ख्या थोरै भएकाले सत्ताविकृतिका विरुद्ध लड्न असमर्थ थिए । यो स्थितिका लागि जनता पनि काफी हदसम्म जिम्मेवार थिए किनकि उनीहरूले चुनावमा ठुला राजनीतिक पार्टीका धाँधलीपूर्ण व्यवहारमा प्रयोग भएर गलत व्यक्ति र पार्टीलाई संसद्मा पुर्‍याउँथे । सत्तामा पुगेका यी दलले देशलाई रसातलमा पुर्‍याएका थिए । यसले गर्दा देशमा अत्यन्तै गम्भीर स्थिति निर्माण भएको थियो । नेपाल कम्युनिस्ट पार्टी (मसाल) र राष्ट्रिय जनमोर्चाले देशको यस प्रकारको विषम स्थितिबारे चेतावनी दिँदै आएका थिए : जनअसन्तोष कुनै पनि बेला कुनै पनि स्वरूपमा प्रकट हुन सक्छ र त्यसलाई प्रतिगामी तथा विदेशी प्रतिक्रियावादीले उपयोग गर्न सक्दछन् । यो चेतावनी यही भदौ २३–२४ गतेको जेनजी प्रदर्शनको रूपमा सत्य साबित भएको छ ।

    महँगी, बेरोजगारी, भ्रष्टाचार, बेथिती, कुशासन र राष्ट्रघातको मारमा सबैभन्दा बढी युवा नै परेका थिए । त्यसले गर्दा युवाविद्यार्थीको विदेश पलायन तीव्र बनेको थियो । यसै सन्दर्भमा जेनजी आन्दोलन देखा पर्‍यो । त्यो आन्दोलनमा सरकारले सुरुमै निर्मम दमन गर्‍यो । उक्त आन्दोलनमा घुसपैठ हुन जाँदा राज्यका महङ्खवपूर्ण भौतिक संरचना ध्वस्त भए । ठुला दलका नेतामाथिको आक्रोशको घानमा कतिपय जिल्लामा राष्ट्रिय जनमोर्चा पनि पर्‍यो । यो आन्दोलनमा घुसपैठकै कारणले संसद्भन्दा बाहिरबाट प्रधानमन्त्री बनेका छन् भने संसद् विघटन भएको छ । यसरी २०७७ सालपछि पुनः एकपटक संविधानमाथि हमला भएको छ । संविधानमाथिको हमला लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथिको पनि हमला हो । यसरी देश पुनः एकपटक २०६२–६३ सालको जनआन्दोलनका उपलब्धि रक्षाको गम्भीर मोडमा उभिएको छ । यस्तो अवस्थामा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्दै देशमा सुशासन कायम गर्ने दिशामा सम्पूर्ण देशभक्त तथा जनतान्त्रिक शक्तिहरू एकजुट हुनुपरेको अवस्था छ ।

    (युगदर्शन साप्ताहिक, वर्ष १७, अङ्क ३, २०८२ असोज १ गते बुधबारबाट)

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.