• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युरोपमा यस गर्मीका कारण १६ हजार ५ सय मृत्यु


  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
  • पेरिस । मानव–सिर्जित जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यो गर्मीमा युरोपेली सहरहरूमा करिब १६ हजार पाँच सय मानिसको मृत्यु भएको वैज्ञानिकहरूले बुधबार अनुमान गरेका छन् । यो निष्कर्ष आधिकारिक तथ्याङ्क आउनुअघि मोडलिङमार्फत निकालिएको हो ।

    Advertisement

    जलवायु र स्वास्थ्य अनुसन्धानकर्ताहरूले छिटो तयार पारेको अध्ययनले ग्लोबल वार्मिङसँग मृत्यु दर जोड्ने प्रयास गरेको हो । अनुमानित मृत्युहरू प्रत्यक्ष अस्पताल रेकर्डमा नभई विगतका सहकर्मी–समीक्षा अध्ययनमा प्रयोग गरिएका मोडलिङ विधिमा आधारित थिए ।

    गर्मीको लहरका बेला मृत्यु प्रायः कम लेखिन्छ किनकि अस्पतालमा मुटु, सास फेर्न गाह्रो हुने वा अन्य रोगलाई नै कारण देखाइन्छ । यस्ता समस्या वृद्धमा झन् प्रबल हुन्छन् ।

    यो गर्मीको स्थिति बुझ्न बेलायतका वैज्ञानिकहरूले जुनदेखि अगस्टसम्म आठ सय ५४ युरोपेली सहरमा तापक्रम औसत २.२ डिग्री सेल्सियस बढेको अनुमान गरे । ऐतिहासिक तथ्याङ्कसँग तुलना गर्दा सो अवधिमा करिब २४ हजार चार सय अतिरिक्त मृत्यु भएको प्रक्षेपण गरियो ।

    त्यसमध्ये करिब ७० प्रतिशत अर्थात १६ हजार पाँच सय मृत्यु प्रत्यक्ष ग्लोबल वार्मिङकै कारण भएको द्रुत एट्रिब्युसन अध्ययनले देखायो । यसको अर्थ जलवायु परिवर्तनले गर्मीसम्बन्धी मृत्यु दर तीन गुणा बनाएको हुनसक्छ । यो अध्ययन इम्पेरियल कलेज लन्डन र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका विज्ञहरूले संयुक्त रूपमा गरेका हुन् ।

    यसअघि पनि एउटै गर्मीको लहरका लागि यस्तै नतिजा देखाइएको थियो । तर अधिकांश देशहरूले वास्तविक तथ्याङ्क ढिलो प्रकाशित गर्ने भएकाले अहिलेसम्म प्रत्यक्ष तुलना सम्भव छैन । अध्ययनका सह–लेखक फ्रेडेरिक ओटोले भन्नुभयो, “अहिले वास्तविक–समय तथ्याङ्क पाइँदैन, तर हाम्रो अनुमान यथार्थ नजिक छ ।”

    अघिल्ला अनुसन्धानहरूसँग पनि यो अध्ययन मिल्दोजुल्दो छ । जस्तै नेचर मेडिसिनमा प्रकाशित अध्ययनले सन् २०२३ को गर्मीमा युरोपमा ४७ हजारभन्दा बढी मृत्यु भएको ठहर गरेको थियो ।

    बेलायतको युनिभर्सिटी अफ रिडिङका वायुमण्डलीय विज्ञ अक्षय देवरासका अनुसार यी विधि वैज्ञानिक रूपमा बलिया भए पनि रूढीवादी छन्, वास्तविक मृत्यु अझ बढी हुनसक्छ ।

    यस अध्ययनअनुसार सबैभन्दा धेरै मृत्यु रोममा आठ सय ३५, एथेन्समा छ सय ३० र पेरिसमा चार सय नौ भएको छ । करिब ८५ प्रतिशत मृत्यु ६५ वर्षभन्दा माथिका व्यक्तिमा देखिएको हो ।

    शोधकर्ताहरूले केही क्षेत्र, जस्तै बाल्कन, समावेश नभएकाले यो अध्ययनले सम्पूर्ण युरोपलाई प्रतिनिधित्व नगर्ने स्पष्ट पारेका छन् ।

    सह–लेखक ग्यारिफलोस कोन्स्टान्टिनोउडिसका शब्दमा, “२–४ डिग्री तापमान बढ्दा हजारौँ मानिसको जीवन र मृत्युबीचको फरक पर्न सक्छ, त्यसैले तातो लहरलाई मौन हत्यारा भनिन्छ ।”

    यो वर्ष युरोपको रेकर्डमा चौथो सबैभन्दा तातो गर्मी भएको छ ।

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.