• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प


  •   मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
  • लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुग्नुभएको छ । बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी राखेको छैन ।

    Advertisement

    युक्रेन र मध्यपूर्वमा युद्ध जारी रहेका बेला तथा प्रमुख अर्थतन्त्रहरू अमेरिकी करसँग जुझिरहेका सन्दर्भमा बेलायतले राजतन्त्रको भव्य प्रदर्शनमार्फत ट्रम्पलाई आफ्नो पक्षमा राख्न सक्ने आशा लिएको छ ।

    तर यौन अपराधी जेफ्री एपस्टेनसम्बन्धी विवाद र अभिव्यक्ति स्वतन्त्रता युद्धले प्रधानमन्त्री किर स्टार्मर र ट्रम्पबीचको बैठकमा असहज क्षण ल्याउन सक्छ ।

    शाही परिवारप्रति आकर्षण राख्दै आउनुभएका ट्रम्पलाई राजा चार्ल्स तृतीयसँग गाडीको जुलुस र विन्डसर क्यासलमा आयोजित भव्य राजकीय भोजमार्फत स्वागत गरिनेछ । उहाँलाई लन्डन बाहिर राखिनेछ । त्यहाँ ७९ वर्षीय रिपब्लिकन राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो प्रदर्शन आह्वान गरिएको छ ।

    लेबर नेता स्टार्मर ट्रम्पका लागि स्वाभाविक राजनीतिक सहयात्री नभए पनि जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्किएपछि सम्बन्ध मजबुत पार्न लागिपर्नुभएको छ । “यो साँच्चिकै विशेष छ, अभूतपूर्व छ”, स्टार्मरले फेब्रुअरीमा ओभल अफिसमा ट्रम्पलाई राजकीय भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्दा भन्नुभएको थियो । निमन्त्रणा स्वीकार्दै ट्रम्पले चार्ल्सलाई ‘महान सज्जन’ भन्दै प्रशंसा गर्नुभएको थियो ।

    डाउनिङ स्ट्रिटले ट्रम्पको व्यस्त कार्यक्रमले बेलायत–अमेरिका सम्बन्धलाई ‘अटुट मित्रता’ का नयाँ उचाइमा पुर्‍याउने बताएको छ ।

    – अमेरिकी लगानी –

    भ्रमणका क्रममा १० अर्ब पाउन्ड (१३ अर्ब ६० करोड डलर) बराबरका सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ । उक्त सम्झौताले नयाँ आणविक परियोजनाहरूलाई गति दिनेछ । बेलायती अधिकारीहरूले यसलाई ‘विश्व–अग्रणी प्राविधिक साझेदारी’ भनेका छन् ।

    भ्रमण अघि गुगलले दुई वर्षमा बेलायतमा पाँच अर्ब पाउन्ड लगानी गर्ने घोषणा गरेको छ भने पेपल र सिटी ग्रुपसहितका अमेरिकी वित्तीय कम्पनीहरूले एक अर्ब २५ करोड पाउन्ड लगानी गर्ने बताएका छन् ।

    स्कटिश मूलकी आमासँग जोडिएका ट्रम्पले सन् २०१९ मा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयलाई भेट्नुभएको थियो । उहाँ दोस्रो पटक राजकीय भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नुहुनेछ । बुधबार साँझ उहाँ पुनः राजपरिवारसँग भव्य भोजमा सहभागी हुनुहुनेछ ।

    बिहीबार भने राजनीतिक पक्ष हावी हुनेछ । चेकर्समा हुने वार्तामा बेलायतले अमेरिकी व्यापार सम्झौता सुरक्षित गर्न र ट्रम्पको कर नीतिबाट जोगिन प्रयास गर्नेछ ।

    – एपस्टेन स्क्यान्डल –

    भ्रमणमा युक्रेन पनि मुख्य विषय बन्नेछ । ट्रम्पमाथि पुटिनतर्फ झुकाव देखाएको आरोप लागे पनि स्टार्मरले र्किभलाई समर्थन गर्न दबाब दिइरहनुभएको छ ।

    यसबीच, प्रथम महिला मेलानिया ट्रम्पले रानी क्यामिलासँग छुट्टै कार्यक्रममा भाग लिनुहुनेछ ।

    तर भव्यतालाई छायामा पार्ने विषयहरू पनि छन् । ह्वाइट हाउसले ट्रम्पले बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा मुद्दा उठाउनुहुने बताएको छ । यो त्यही विषय हो जसमा ट्रम्पका पूर्व सहयोगी एलन मस्कले बेलायतमा अति–दक्षिणपन्थी र्‍यालीमा विवादास्पद टिप्पणी गर्नुभएको थियो । स्टार्मरका प्रवक्ताले मस्कको भाषालाई ‘खतरनाक र भड्काउने’ भनेका छन् ।

    स्टार्मरलाई हालको राजनीतिक दबाबपछि सफलतापूर्वक सामना गर्न यो भ्रमण महत्त्वपूर्ण देखिएको छ । तर ट्रम्पकै एपस्टेनसँगको मित्रता र चार्ल्सका भाइ एन्ड्र्यु र एपस्टेनबीचको सम्बन्धले शाही परिवारलाई असहज बनाएको छ । यसै कारण ट्रम्प पनि गम्भीर प्रश्नको घेरामा परिरहनुभएको छ ।

    मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.