• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कतारको आह्वानः ‘दोहोरो मापदण्ड’ अस्वीकार गर, इजरायललाई सजाय देऊ


  •   सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
  • दोहा । दोहामा हमासका सदस्यहरूमाथि इजरायली आक्रमणको प्रतिक्रियामा बोलाइएको आपत्कालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा कतारका प्रधानमन्त्रीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड’ अस्वीकार गर्न र इजरायललाई जवाफदेही बनाउन आग्रह गर्नुभएको छ ।

    Advertisement

    इजरायलको घातक आक्रमणले आलोचनाको लहर सुरु गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तोष प्रकट गरे पनि समर्थन देखाउन विदेशमन्त्री मार्को रुबियोलाई इजरायल पठाउनुभएको छ ।

    अरब र इस्लामिक नेताहरूको सोमबार हुने आपत्कालीन भेलाले खाडी मुलुकबीच एकताको प्रदर्शन गर्ने अपेक्षा छ । यसले गाजामा युद्ध र मानवीय सङ्कट अन्त्य गर्न बढ्दो आह्वानलाई थप बल दिन खोज्नेछ ।

    “अन्तर्राष्ट्रिय समुदायले दोहोरो मापदण्ड प्रयोग गर्न रोकिनुपर्ने र इजरायलले गरेका सबै अपराधका लागि सजाय दिनुपर्ने समय आएको छ”, प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तयारी बैठकमा भन्नुभयो । उहाँले गाजामा इजरायलको ‘उन्मूलन युद्ध’ सफल नहुने दाबी गर्नुभयो ।

    “इजरायललाई निरन्तरता दिने प्रमुख कारण मौनता र अन्तर्राष्ट्रिय समुदायको कमजोरी हो”, उहाँले भन्नुभयो ।

    सोमबारको शिखर सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान, इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान सहभागी हुने अपेक्षा छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास आइतबार नै दोहा पुग्नुभएको छ । तर साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान उपस्थित हुने कि नहुने स्पष्ट छैन ।

    कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीका अनुसार बैठकमा ‘कतार राज्यमा इजरायली आक्रमणसम्बन्धी मस्यौदा प्रस्ताव’ मा विचार गरिनेछ ।

    टर्कीका विदेशमन्त्री हाकान फिदानले अल जजिरासँग भन्नुभयो, “अब इजरायलको व्यवहार केवल प्यालेस्टाइन–इजरायलको मुद्दा मात्र होइन, यो क्षेत्रकै सबैभन्दा ठूलो समस्या इजरायली विस्तारवाद हो ।” उहाँले अरब र इस्लामिक मुलुकहरूलाई एकताबद्ध भएर नयाँ आधारमा समाधान खोज्न आग्रह गर्नुभयो ।

    हार्वर्ड मिडल इस्ट इनिसिएटिभकी एल्हाम फक्रोका अनुसार खाडी राष्ट्रहरूले सम्मेलनमार्फत वासिङ्टनलाई इजरायलमा दबाब दिन आह्वान गर्नेछन् । “उनीहरूले अझ बलियो अमेरिकी सुरक्षा आश्वासन पनि खोज्ने अपेक्षा छ, किनकि इजरायलको कार्यले हालका आश्वासनलाई कमजोर बनाएको छ”, उहाँले भन्नुभयो ।

    फ्रान्सको साइन्सेज पो युनिभर्सिटीका करिम बितरले अरब र मुस्लिम नेताहरूका लागि यो ‘लिटमस टेस्ट’ हुने बताउनुभयो । उहाँका अनुसार मतदाताहरू पुरानो शैलीको कूटनीतिबाट थकित भएका छन् । “अब अपेक्षा छ, यी देशहरूले इजरायल मात्र होइन, अमेरिकालाई समेत सन्देश दिनुपर्छ कि अन्तर्राष्ट्रिय समुदायले इजरायललाई दिइरहेको खाली चेक अन्त्य गर्ने समय आएको छ”, उहाँले भन्नुभयो ।

    कतारले यस क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी सैन्य आधार राखेको छ र अमेरिकासँगै इजिप्टसँग मिलेर इजरायल–हमास युद्धमा मध्यस्थताको प्रमुख भूमिका खेलेको छ । प्रधानमन्त्री शेख मोहम्मदले हालैको अमेरिका भ्रमणमा राष्ट्रपति ट्रम्पसँग रात्रिभोज गर्नुभएको थियो ।

    हमास पोलिटब्युरो सदस्य बासेम नइमले शिखर सम्मेलनबाट ‘निर्णायक र एकीकृत अरब–इस्लामिक धारणा’ आउने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको गाजा युद्ध अन्त्यतिर मोडिन सक्नेछ ।

    सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.