• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जितिया पर्वको तयारीमा मिथिलानी


  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • महोत्तरी । राजनीतिक घटनाक्रमले असजिलो बनेको परिवेशबीच नै सन्तानवती मिथिलानी (मिथिलाका नारी) ले जितिया पर्वको तयारी थालेका छन् । निषेधाज्ञा र कर्फ्यूका बीच मिथिला क्षेत्रका सन्तानवती महिलाले यो पर्वको तयारी थालेका हुन् ।

    Advertisement

    प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) सुरु हुनासाथै पुत्रवती मिथिलानी (मिथिलाका नारी) ले जितियाको चर्चा र तयारी सुरु गर्छन् । यसपक्षको अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व यसपटक आगामी आइतबार (पर्सी) परेको छ ।   मिथिलामा यो पर्व पौराणिक र पारम्परिक महत्वको मानिन्छ ।

    “पर्व आइसक्यो, तर कर्फ्यू अर्झ हटेको छैन, सरसामान जुटाउन हाटबजार आउजाउ गर्न अझै सहज भइसकेको छैन”, जलेश्वर–५ चौरियाकी बासिन्दा पेसाले शिक्षक नायडु तिवारी भन्नुहुन्छ, “हामीलाई भने पर्वले छोपी सकेको छ ।”

    ‘जितिया पावनी बड भारी’ (जितिया पर्व कठिन छ) मिथिलामा कठोर व्रत परम्पराको परिचय बनाएको यो पर्वका लागि मिथिलानी पितृपक्ष सुरु हुनासाथै आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्छन् । असोज कृष्णपक्षको पितृपक्ष सुरु हुनासाथै आम मिथिलानीबीच हुने भलाकुसारीमा जितियाकै तयारीको चर्चा हुन्छ । यो पक्ष सुरु हुनासाथ मिथिलानी आफ्ना कूलपुरोहितसँग सम्पर्क गरेर व्रतको दिनको टुङ्गो गर्न व्यग्रझैँ हुन्छन् ।

    सन्तानवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । अष्टमी सुरु हुनु एकघडी (करिब साढे दुई घण्टा) पूर्व सुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एकघडी कटाएर समापन गरिने मैथिल परम्परा छ । उपवासकै दिन रात नकटी नवमी लागेपनि एक अहोरात्र व्रत हुनैपर्ने परम्पराले भोलिपल्टको सूर्योदयपछिमात्र साङ्गता (समापन) गर्नमिल्ने स्थापित परम्पराले कहिलेकाहीँ यो पर्व ३६ घण्टा बढीको समेत गरिएको पाका मिथिलानी सम्झन्छन् । यसपालि यो पर्व ३१ घण्टा केही बढीको छ ।

    विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा तीर्थव्रतको टुङ्गो गरिनै मैथिल परम्परा छ । यसअनुसार यसपालि आउने आइतबार बिहान ८ः४४ मिनटदेखि नै अष्टमी सुरु हुनेहुँदा सो दिन जितिया व्रत गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ । यसअनुसार भोलि शनिबार मध्यरातदेखि सुरु हुने व्रत एक अहोरात्र र नवमी एकघडी कटाउँदा सोमबार बिहान ७ः०० बजे समापन गर्न सकिने उहाँको भनाइ छ । यो समय गणनाले यसपालिको व्रत ३१ घण्टा हुने झाले स्पष्ट पार्नुभयो ।

    जितिया पर्वका बर्तालुले व्रतअघिको मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएर पर्व सुरु गर्छन् । यसअनुसार यसपालिको ‘ओगटन’ भोलि शनिबार मध्यरातपूर्व हुनेछ । ‘ओगटन’ मा दहीचिउरा खाने आम चलन छ ।

    सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै सुरु हुन्छ । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ ।

    प्रारम्भमा सन्तान (छोरा÷छोरी)को कल्याण कामनार्थ गरिदै आइएको यो व्रत पछिपछि पितृसत्तात्मक समाज बन्दै गएपछि पुत्रका नाउँमा हुन थालेको अहिलेका आधुनिक मिथिलानी बताउँछन् । तर अब लैङ्गिक विभेदविरुद्धका सामाजिक सचेतना अभियान बढ्दै गएपछि फेरि सन्तान (छोराछोरी) कै नाउँमा गर्ने प्रचलन बढ्दै गएको मटिहानी नगर कार्यपालिकाको कार्यालयका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा दास बताउनुहुन्छ ।

    मिथिलामा यो पर्व सौर्य र पराक्रमको प्रतीक मानिनछ । ‘तोहर माय जितिया कैने छौ त आ भिड’ (तिम्री आँमाले जितिया गरेकी छन्भने आउ भिड) मिथिला क्षेत्रमा हुने झैझगडामा एकअर्कोपक्षलाई ललकार्नु प¥यो भने मैथिल यस्तै भन्छन् । यस उक्तिले पनि पर्वको महत्व झल्कने मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

    “सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै आँमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने मैथिल हिन्दू जनविश्वास छ”, झा भन्नुहुन्छ, “कुनै मानिस लुरे, डरछेरुवा वा हुतिहारा देखिए यसका लागि आँमाले जितिया व्रत गरिनछन् भन्ने टिप्पणी जोसुकैले गर्ने गर्छन् ।” मिथिलामा यो व्रतबारे गरिने यस्ता टिप्पणीले पनि पर्वको अपरिहार्यता र महत्ता बढाएको आम मैथिल बताउँछन् ।

    सन्तानको कल्याण र सौर्य वृद्धिको कामनासहित मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा चलेको मानिन्छ । पितृपक्षमा  पुरुषले दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने गरिएको मिथिलानी बताउँछन् । “हामी बर्तालु यस पर्वमा सासु, बुढीसासु, आँमा, बज्यै, बुढीबज्यै, फुपू, जेठानीदेउरानी, काकी र दिदीसहितका दिवङ्गतलाई तर्पण दिन्छौ” व्रतको तयारीमा रहेकी भङ्गाहा–४ थारुटोल बनराकी आसवती चौधरी भन्नुहुन्छ, “उनीहरुसँग सन्तानलाई स्वर्गबाट आशिर्वाद पठाइ राख्न प्रार्थना गरिन्छ ।”

    पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत सङ्कल्प गरिन्छ । बर्तालुुले दिवङ्गत सासु, जेठानी, बुढीसासु, नन्द–आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरुको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिदै ‘तिमी आफ्ना पौत्रपौत्री (नातिनातिना), प्रपौत्रप्रपौत्री (पनातिपनातिनी) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।

    मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिँदै आइएको यो पर्वमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका  पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइ दिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको बूढापाका बताउँछन् ।

    राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुुरु भएको मानिन्छ । भविष्य पुराण द्वापरको अन्त्यतिर रचना भएको मानिदा यसलाई सो समयमै थालिएको मान्न सकिने जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक ८७ वर्षीय कृष्णचन्द्र झाको भनाइ छ । यसक्षेत्र (मिथिला)का सबैजसो सन्तानवती मैथिल हिन्दू महिलाले मनाउने यो पर्वमा तीजजस्तै महिलाका लागि मधेस प्रदेश सरकारले विदा दिदै आएको छ ।

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.