• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित


  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • ब्रासिलिया । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको जेल सजाय सुनाएको छ ।

    Advertisement

    सजायले ७० वर्षीय अति–दक्षिणपन्थी नेतालाई बाँकी जीवन जेलमै बिताउने सम्भावना बढाएको छ । पाँच न्यायाधीशमध्ये चार जनाले उहाँलाई दोषी ठहर गरेका थिए ।

    उहाँमाथि सन् २०२२ को चुनावमा पराजयपछि तत्कालीन राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई सत्ताच्यूत गर्ने षड्यन्त्र गरेको आरोप थियो । अभियोजनकर्ताहरूका अनुसार सैन्य शीर्ष अधिकारीहरूको समर्थन नपाएकै कारण योजना असफल भएको हो ।

    बोल्सोनारोको प्रतिरक्षा टोलीले सजायलाई ‘अविश्वसनीय रूपमा अत्यधिक’ भन्दै अन्तर्राष्ट्रिय स्तरमा समेत अपील गर्ने घोषणा गरेको छ ।

    अमेरिकाले तुरुन्त प्रतिक्रिया दिँदै यो निर्णयलाई ‘राजनीतिक विच हन्ट’ भनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तदनुसार कदम चाल्ने चेतावनी दिनुभए पनि ब्राजिलले यस्तो धम्कीबाट नडराउने बताएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सजायलाई ‘धेरै आश्चर्यजनक’ भन्दै बोल्सोनारोलाई ‘असल राष्ट्रपति’ र ‘असल मानिस’ का रूपमा प्रशंसा गर्नुभयो । उहाँले बोल्सोनारोको कानूनी समस्या आफ्नो अनुभवसँग मिल्दोजुल्दो भएको दाबी गर्नुभयो ।

    फैसलामा निर्णायक मत हाल्ने न्यायाधीश क्रिस्टियानो जानिनले भन्नुभयो, “प्रतिवादीहरूले सशस्त्र आपराधिक सङ्गठन गठन गरेका थिए, प्रमाणका आधारमा उनीहरूलाई दोषी ठहर गर्नुपर्छ ।” पूर्वमन्त्री र सैन्य प्रमुखसहित उनीहरूका सात सह–अभियुक्त पनि दोषी ठहर भएका छन् ।

    सन् २०१९ देखि २०२२ सम्म राष्ट्रपति बनेका बोल्सोनारोले आफू राजनीतिक उत्पीडनको सिकार भएको दाबी गर्नुभयो । उहाँका सांसद छोरा फ्लेभियो बोल्सोनारोले इतिहासले आफूहरू सही पक्षमा रहेको प्रमाणित गर्ने विश्वास व्यक्त गर्नुभयो र माफी विधेयक पारित गर्न कांग्रेसमा पहल गर्ने बताउनुभयो ।

    चार दिन लामो सुनुवाइपछि भएको यो फैसला ब्राजिलको हालसम्मकै सबैभन्दा ठूलो र विभाजनकारी मुद्दा मानिएको छ । बोल्सोनारोमाथि ‘आपराधिक सङ्गठन’ को नेतृत्व गर्नुका साथै तत्कालीन राष्ट्रपति लुला, उपराष्ट्रपति गेराल्डो अल्कमिन र सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे मोरेसको हत्या योजनाबारे जानकारी भएको आरोप पनि थियो ।

    उहाँ ब्रासिलियामा सन् २०२३ को हिंसात्मक आक्रमण उक्साएको दोषमा समेत दोषी ठहर हुनुभएको छ । समर्थकहरूले त्यतिबेला सर्वोच्च अदालत, राष्ट्रपति दरबार र कांग्रेसमा आक्रमण गरेका थिए ।

    देशभर टिभी र सामाजिक सञ्जालमार्फत लाखौँ नागरिकले कार्यवाही हेरेका थिए । कसैले बोल्सोनारोलाई दोषी ठहरिनुलाई ‘न्यायको जित’ भने भने कसैले यसलाई ‘अनुचित फैसला’ भने ।

    यो मुद्दाले ब्राजिलमा गहिरो विभाजन ल्याएको छ—वामपन्थीहरूले यसलाई लोकतन्त्रको विजय भनेका छन् भने दक्षिणपन्थीहरूले राजनीतिक प्रतिशोधको प्रदर्शन मानेका छन् ।

    यस घटनाले अमेरिकासँग ब्राजिलको सम्बन्धमा अभूतपूर्व सङ्कट ल्याएको छ । वासिङ्टनले कर सजायसँगै मोरेस र अन्य न्यायाधीशमाथि प्रतिबन्ध पनि लगाएको छ ।

    सन् १९८५ मा लोकतन्त्रमा पुनरागमनपछि दोषी ठहरिने बोल्सोनारो चौथो पूर्व राष्ट्रपति हुनुहुन्छ । लुला स्वयं २०१८–२०१९ मा भ्रष्टाचार मामिलामा १९ महिना जेलमा बस्नुभएको थियो ।

    बोल्सोनारोको मुद्दापछि लोकप्रियता बढाएका ७९ वर्षीय लुलाले अमेरिकी हस्तक्षेपको आलोचना गर्दै आफूलाई ब्राजिलको सार्वभौमसत्ताको संरक्षकका रूपमा प्रस्तुत गर्नुभएको छ र पुनः चुनाव लड्ने सङ्केत दिनुभएको छ ।

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.