• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भाइरल युक्तिले जन्माएको व्यक्तिप्रधान मानसिकता


  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • लक्ष्मण बेलबासे ##

    Advertisement

    भाइरलको युक्तिले नेपालको राजनीति र समाजमा पनि गहिरो प्रभाव पऱ्यो । हरेक भाइरललाई समाजले नायक देख्न थाल्यो । यसले गर्दा समाजमा यस्तो माइन्ड सेट भयो, राजनीतिक दलबाट केही हुँदैन । यी सबै दल र सबै नेता खराब छन् । अब दलको विकल्प व्यक्ति खोज्न थालियो । दल हैन, व्यक्तिप्रधान हुन थाल्यो ।

    न सङ्गठन, न विचार, न सिद्धान्त, न सुरु, न गन्तव्य । यस्ता व्यक्ति देश परिवर्तनका वाहकको रूपमा सम्भावित नेताको रूपमा चित्रित हुन थाले । यस्तै व्यक्ति रातारात अब देशको लिडर हुने लाइनमा लागेका छन् ।

    एउटा राजकुमारलाई पनि योग्य शासक बनाउन दरबारभित्र हर प्रकारका शिक्षादिक्षा दिने गरिन्थ्यो । युद्ध, तालिम, अर्थशास्त्रलगायत हरेक पक्षमा योग्य भएपछि मात्र राजा घोषणा गरिन्थ्यो ।

    हामी लोकतन्त्रका धेरै अभ्यास गरेको अनुभव गरिसकेर पनि लिगलिगकोटको राजा छनौट प्रक्रियालाई पनि पछाडि पार्दै प्रधानमन्त्रीको आवेदन खुलाएका छौँ । जो सामाजिक सञ्जालमा भाइरल छन्, तिनै सम्भावित उम्मेदवार बनेका छन् ।

    समाजमा बेथिती, विसङ्गति र असन्तुष्टि थुप्रै छन् । यसको कारण के हो ? यसका लागि हामी आफै कत्तिको जिम्मेवार छौँ, कहिले फर्केर हेर्दैनौँ । सरकार भ्रष्ट छ नै । यो छर्लङ्गै भएको कुरा भयो ।

    आकाशेपुल मुनिबाट मोबाइलमा गफ गर्दै बाटो काट्ने हामीले दुर्घटना भएपछि चक्काजामको बाटो रोज्छौँ र सरकारलाई धारेहात लाउन थाल्छौँ । गल्ती गर्छौं । ट्राफिकले जरिवाना लिन खोज्छन् । हामी अर्कै बाटो खोज्छौँ । सरकारलाई ५०० रुपियाँ तिर्नुभन्दा ट्राफिकसँग २०० रुपियाँमा डिल गर्न सफल भयौँ भने आफूलाई चलाक र बहादुर ठान्छौँ । अलि पल्तिर पुगेर पोस्ट गर्छौं भ्रष्ट सरकार । हामी कति जिम्मेवार छौँ त । हामी जस्तो छौँ, हाम्रो बिम्ब सरकार अर्थात् नेतृत्वमा देखिन्छ नै ।

    नेता पनि कतैबाट तप्किएको हैन । यही समाजको उत्पादन हो । यो समाजका गुण उसमा पनि हुन्छन नै । अर्काको सम्पत्ति मौका पर्दा गोजी भरेर हिँड्ने, केही नभए एउटा स्याउकै दाना भए पनि झोलामा हाल्ने हाम्रो असली चरित्र पनि विभिन्न आन्दोलनमा देखिएका छन् । हामी पनि असल नागरिक बन्ने थोरै भए पनि कोसिस त गरौँ । सधैँ अरूको गोटी बनेर आफ्नै सार्वजनिक सम्पत्ति खरानी पारेर कसलाई जित्यौँ ? अब पनि संसारभरि हाम्रो परिचय यस्तै दिने हो ?

    अरूले गरिखाएको देख्न नसक्ने हामीकहाँ को बस्छ लगानी गरेर ? को आउँछ थैलो बोकेर लगानी गर्न ? अनि कहाँबाट सिर्जना हुन्छ रोजगारी ? बेथिति छ । असमानता छ । त्यसको निदानको पनि वैधानिक बाटो खोजौँ । हरेकपटक लुटिएर कुन उद्योग टिक्न सक्छ ? समय छँदै सचेत बनौँ ।

    तपाईंहामी इमानदार भए मात्रै खबरदारी गर्न सक्छौँ । यो घुसपैठ र बदनामी गर्नेहरूको जेनजी पुस्ताले पक्कै पनि गतिलो हिसाबकिताब राख्ने नै छ । आशा गरौँ, जेनजीले देखाएको उच्च साहसले अवसरवादी शक्ति पराजय हुनेछ र उच्च नैतिकताको विकास हुनेछ । रूपान्तरणको अगुवा पनि जेनजी पुस्ता नै हुनेछ । खबरदारी पनि अवश्य तपाईंहाम्रै कर्तव्य हो ।

    हाम्रो देश यसै पनि युगौँदेखि भूराजनीतिको चलखेल बाट प्रभावित हुँदै आएका थुप्रै उदाहरण छन् । यो बेला पनि कठिन छ । वास्तविक नक्साको अन्तर्राष्ट्रियकरण हुनु, सी जिनपिङ, पुटिनलगायत अमेरिका विरोधीसँगको प्रधानमन्त्रीको भेटघाट तथा सम्बन्ध विस्तार हुनु, विभिन्न शक्तिकेन्द्रको असन्तुष्टि पोखिएको पनि हुन सक्छ । घुसपैठमा कस्ता कस्ता शक्ति घोलिएर आए ? भोलि घटनाक्रमले पुष्टि गर्दै जाला । पशुपतिसमेत लुट्न, जलाउन तयार नेपाली जत्था देख्दा सुइ धेरैतर्फ फर्किन्छ ।

    अर्को कुरा, यो देशको शासन चलाउनेका गुप्तचर निकायको क्षमता देखेर मलाई मात्र हैन, सबैलाई अचम्म पक्कै लाग्छ होला । देशैभरि असन्तुष्टिको यति धेरै बारुदको ढेर जम्मा भइसक्दा पनि सुइँको समेत नपाउने सरकारी निकाय, आत्मरतिमा रमाउने सरकार र सत्ताबाहिर हुनुको पीडा भुलाउन जे पनि गर्न तयार प्रतिपक्ष । आफ्नो दुनो सोझ्याउन हरदम तयार नागरिक समाज । समाजको बहाव नै थाहा नपाउने तथाकथित बुद्धिजीवी र सल्लाहकार । सुरक्षा व्यवस्था कायम गर्न साइत हेरेर मात्र मैदानमा उत्रने सुरक्षा निकाय—गज्जब को संयोग परेको छ ।

    अहिलेको जेनजी आन्दोलनको पनि बिउ अन्तैको भए पनि उत्पादन यही समाजको हो । हाम्राजस्तै विभिन्न देशमा प्रयोगमा आइसकेको मुभमेन्टको प्रभाव हो । यहीँको बेथिती र भ्रष्टाचारले आक्रान्त असन्तुष्टिको मलजलले हुर्काएको हो । जेनजीका माग सबैका मनमनका माग थिए । जेनजीमार्फत् व्यक्त भएका थिए । देशकै मुद्दा जेनजीले बोकेका थिए । निश्चल मन, निस्वार्थ भावना बोकेर आन्दोलनमा होमिएका जेन्जीको भावनामा खेलेर स्वार्थका रोटी सेक्ने यिनै भाइरलको धेरै भूमिका घटनाक्रमले पुष्टि हुँदै गएको छ ।

    जेनजीको उद्देश्य पुलिससँग भिड्ने छँदै थिएन । उनीहरू सरकारसँग आफ्ना माग राख्न गएका थिए । जेनजीलाई मोहरा बनाएर आफ्ना दुष्कर्मका प्रमाण मेटाउन अदालत जलाउनेको दुष्कर्मबाट नै यो कुरा प्रमाणित हुन्छ ।

    रातारात यो देश सिङ्गापुर बनाउने जादुको छडी कसैको हातमा हुने छैन । सुन्दर सपना देख्ने अधिकार हामी सबैसँग छ र ती सपना पूरा गर्न पनि हामी सबैको उत्तिकै इमानदार प्रयास र मिहिनेत चाहिन्छ भन्ने कुरा सबैले बुझ्नु उत्तिकै जरुरी छ ।

    सरसर्ती हेर्दा जित जेनजी भाइबहिनीकै भएको छ र बलिदान पनि उनैले दिएका छन् । नचाहँदा–नचाहँदै पनि देशले हारेको पनि छ तर पनि सत्ताले जेनजीको अगाडि घुँडा टेकेको छ । जेनजीका माग सबै सर्व स्वीकार्य छन् । तुरुन्तै कार्यान्वयनको बाटोमा लैजानुको विकल्प खोज्नु पनि हुँदैन तर नेपालको राजनीतिको वर्तमान अवस्थामा लोकतन्त्रको विकल्प लोकतन्त्र र दलको विकल्प दल नै हो । अन्य बाटो खोज्न थाल्यौँ भने यो उचित समय हो भन्ने मलाई लाग्दैन । ती आत्मघाती पनि हुन सक्छन् । देश दुर्घटनाको बाटोमा जान पनि सक्छ । देश धेरैपटक स्वार्थसमूहको खेलौना बनिसकेको छ ।

    सचेत हुनु जरुरी छ, अबको बाटो पनि लोकतान्त्रिक नै हुनुपर्छ । लोकतन्त्रमा कसैलाई निषेध गरेर जान्छु भन्नु नै लोकतन्त्र विरुद्धको कुरा हुनेछ । त्यसैले यो संविधानलाई जीवन्त राख्दै यसको संशोधनको बाटो नै उत्तम बाटो हो । यही संविधान भित्रबाटै जेनजीका माग पूरा गर्ने वैधानिक बाटो खोजिनुपर्दछ ।

    दशकौँदेखि यो राज्य दोहनमा संलग्न हरेक नेता–कर्मचारी तथा अन्य सबैको को सम्पत्ति छानबिन गरेर राज्यकोषमा जम्मा गर्दै जाँदा राष्ट्रिय सम्पत्तिको क्षतिको भरपाइ हुँदै जानेछ र पुनःनिर्माण सहज हुनेछ । फेरि पनि जेनजीको जितलाई खोसेर सिन्दुर लाउने अरू कोही हुन पाउने छैन । प्रयास पक्कै पनि भइरहेको छ । त्यसैले सबै जेनजी भाइबहिनी पक्कै पनि तपाईंहरू परिपक्व नै हुनुहुन्छ । विवेकसम्मत निर्णय गरेर जति सक्यो, त्यति चाँडै यो देशलाई निकास दिनु नै हुनेछ । यो देशको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र अखण्ड नेपाल सर्वोपरि हो । यी कुरामा कहीँ कतैबाट आँच मात्रै पुऱ्याउने चेष्टा हुन्छन् भने राष्ट्रिय मुक्ति आन्दोलनको लागि सबै नेपाली तयार हुनुपर्दछ ।

    फेरि पनि वीर सपुतको बलिदान खेर जाने छैन । वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जली । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्तप्रति हार्दिक समवेदना ।

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.