• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

चीन–अमेरिका वार्ता : सी–ट्रम्प भेटतर्फको सानो तर महत्त्वपूर्ण सङ्केत


  •   बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
  • बेइजिङ । संयुक्त राज्य अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञ तथा रक्षा प्रमुखबीचको वार्ताले दुई देशका नेताहरूबीच सम्भावित भेटवार्तातर्फ ‘सानो तर महत्त्वपूर्ण कदम’ को सङ्केत दिएको विश्लेषकहरूको भनाइ छ । तर उनीहरूले आसन्न शिखर सम्मेलनबारे अत्यधिक अपेक्षा नगर्न चेतावनी पनि दिएका छन् ।

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अन्तिम भेट सन् २०१९ मा भएको थियो । यसपटकको सम्भावित भेटतर्फ सबैको ध्यान ताइवान, दक्षिण चीन सागर र अमेरिकी कर जस्ता संवेदनशील विषयमा केन्द्रित हुनेछ ।

    यस वर्ष दुई ठूला अर्थतन्त्रबीचको तनाव चर्किएको भए पनि अप्रिलपछि दुवैले एकअर्काको निर्यातमा बढ्दो कर लगाएका कारण केही चिसिएको देखिएको छ । ट्रम्प र सीले अन्तिम पटक जुनमा टेलिफोनमा कुरा गर्नुभएको थियो । अगस्टमा ट्रम्पले यस वर्ष वा केही समयपछि चीन भ्रमण गर्ने सङ्केत दिनुभएको थियो । तर सीले यसबारे सार्वजनिक टिप्पणी गर्नुभएको छैन ।

    यसैबीच, बुधबार दुई देशका विदेश र रक्षा प्रमुखबीच भएको वार्ताले नेताहरूबीच प्रत्यक्ष भेटवार्ताको आशा थपेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा चीनसँग ‘रचनात्मक र खुला संवाद’ चाहेको बताउनुभएको थियो ।

    चिनियाँ विदेश मन्त्रालयले पनि वार्ता फलदायी भएको बताउँदै, तर अमेरिकी पक्षका पछिल्ला नकारात्मक कार्य र भनाइहरूले चीनका वैध अधिकार र चासो कमजोर पारेको चेतावनी दिएको छ ।

    सिङ्गापुरका नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका एसोसिएट प्रोफेसर डिलन लोहले भन्नुभयो, “यो वार्ता अघिल्ला संवाद र व्यापार सम्झौताहरूको निरन्तरता हो । सकारात्मक सङ्केत देखिन्छ, तर अझै धेरै कदम चाल्न बाँकी छ ।”

    – अनिश्चितता अझै कायम –

    यही दिन चिनियाँ रक्षामन्त्रीले पेन्टागन प्रमुख पिट हेग्सेथलाई भिडियो कलमार्फत चेतावनी दिंदै भन्नुभयो, “चीनलाई रोक्न वा हस्तक्षेप गर्न खोज्नु व्यर्थ हुनेछ ।”

    सिङ्गापुर नेसनल युनिभर्सिटीका राजनीति विज्ञ चोङ जा इयानले यी संवादले ‘ट्रम्प–सी भेटको मार्ग प्रशस्त गर्न सक्छन्’ भने पनि कुनै ठोस नतिजा अझै प्रष्ट नभएको बताउनुभयो । “राष्ट्रपतिहरू चाँडै निर्णय बदल्ने स्वभावका हुन्छन्, त्यसैले भेट नजिकै छ भनेर भविष्यवाणी गर्नु अपरिपक्व हुन सक्छ”, उहाँले भन्नुभयो ।

    यी वार्ताहरू केही दिनअघि मात्रै सीले भ्लादिमिर पुटिन र किम जोङ उनसँगै दोस्रो विश्वयुद्धको अन्त्यलाई चिह्नित गर्ने परेडको अध्यक्षता गरेपछि भएका हुन् । ट्रम्पले भने ती नेताहरूलाई अमेरिकाविरुद्ध षड्यन्त्र रचेको आरोप लगाउनुभएको छ ।

    जापानको सोका विश्वविद्यालयका प्राध्यापक लिम ताई वेईका अनुसार, चीनको प्रणालीले कुनै पनि शिखर सम्मेलनमा अनपेक्षित मोड आउन दिँदैन । सी ट्रम्पसँग भेट्न तयार हुनुभयो भने त्यसअघि सहमत विषयहरूको लिखित सूची चाहिन्छ ।

    “अक्टोबरको अन्त्य वा नोभेम्बरको सुरुआतमा दक्षिण कोरियाको ग्योङ्जुमा हुने एपेक शिखर सम्मेलनमा दुई नेताबीच भेट हुने अपेक्षा कायम छ”, विश्लेषक लोहले भन्नुभयो, “तर विश्व राजनीति र आन्तरिक परिस्थितिहरू द्रुत गतिमा बदलिने भएकाले अन्तिम घडीमा केही भन्न सकिँदैन ।”

    बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.