• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अमेरिकी भिसा सुधार बिना कोरियाली लगानीमा हिचकिचाहट : राष्ट्रपति ली


  •   बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
  • सियोल  । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले संयुक्त राज्य अमेरिकाले कोरियाली कामदारहरूका लागि भिसा प्रणाली सुधार गर्न नसके कोरियाली कम्पनीहरूले त्यहाँ लगानी गर्न वा हालको लगानीलाई निरन्तरता दिन हिचकिचाउने चेतावनी दिनुभएको छ ।

    Advertisement

    आफ्नो कार्यकालको एक सय दिन पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सेप्टेम्बर ४ मा जर्जियामा भएको आप्रवासन छापामारीबारे पनि प्रष्ट्याउनुभयो । सो घटनामा ह्युन्डाईको निर्माणाधीन ब्याट्री कारखानामा काम गर्ने तीन सयभन्दा बढी कोरियाली कामदार पक्राउ परेका थिए । लीका अनुसार वार्तापछि ती कामदारहरूलाई चार्टर विमानमार्फत शुक्रबार स्वदेश फर्काइने तयारी गरिएको छ ।

    छापामारीपछि दक्षिण कोरियामा व्यापक आक्रोश चर्किएको छ । अमेरिकी अधिकारीहरूले केही कामदारलाई जञ्जिरले बाँधिएको भिडियो सार्वजनिक गरेपछि विश्वासघातको भावना बढेको थियो । यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प र लीबीचको शिखर बैठकको दुई साताभन्दा कम समयमा आएको हो । त्यही बेला सियोलले अमेरिकी उच्च करबाट छुट पाएको थियो र तीन खर्ब ५० अर्ब डलर बराबरको नयाँ लगानी गर्ने वाचा गरेको थियो ।

    सत्तारूढ र विपक्षी दुवै सांसदहरूले छापामारीलाई अपमानजनक भनेका छन् । प्रमुख पत्रिकाले यसलाई ‘खरायोको शिकार’ भन्दै आलोचना गरेको छ ।

    लीले भन्नुभयो, “यो दीर्घकालीन कामदारहरूको विषय होइन । कारखाना निर्माण वा उपकरण जडानका लागि छोटो अवधिका टेक्निसियनहरू आवश्यक हुन्छन् । तर अमेरिकाले आफ्नै जनशक्ति नभएको अवस्थामा पनि हामीलाई आवश्यक भिसा दिन अस्वीकार गर्छ । यस्तो भएमा हाम्रो कम्पनीहरूलाई त्यहाँ लगानी गर्न गाह्रो हुन्छ ।”

    उहाँका अनुसार, छापामारीले दुई देशबीच आप्रवासनसम्बन्धी ‘सांस्कृतिक भिन्नता’ देखाएको छ । उहाँले उदाहरण दिँदै भन्नुभयो, “दक्षिण कोरियामा अमेरिकीहरू पर्यटक भिसामा आएर निजी क्र्याम स्कुलहरूमा अङ्ग्रेजी पढाउँछन्, हामी यसलाई समस्या मान्दैनौँ । तर अमेरिकाले त्यस्तो सहन सक्दैन ।”

    वासिङ्टनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले हिरासतमा परेकाहरूलाई आफ्ना काम पूरा गर्न अनुमति दिने सहमति भएको बताउनुभयो । साथै नयाँ भिसा कोटाबारे छलफल गर्न संयुक्त कार्य समूह गठन गर्ने निर्णय भएको छ ।

    तर चोले चेतावनी दिनुभयो, “यदि भिसा समस्याको समाधान भएन भने अझ धेरै कोरियाली कामदार भविष्यमा पनि यस्तै धरपकडको जोखिममा पर्न सक्छन् ।”

    जर्जियाको ब्याट्री प्लान्ट त्यस्ता २० भन्दा बढी औद्योगिक परियोजनामध्ये एक हो जुन कोरियाली कम्पनीहरूले अमेरिकामा निर्माण गरिरहेका छन् । यसमा टेक्सासको सेमिकन्डक्टर कारखाना र फिलाडेल्फियाको जहाज निर्माण परियोजना पनि पर्छन्, जसलाई राष्ट्रपति ट्रम्पले बारम्बार कोरिया–अमेरिका साझेदारीका उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ ।

    दक्षिण कोरियाली विज्ञ मिन जियोंघुनका अनुसार, समाधानको जिम्मा मुख्यतया अमेरिकाकै हातमा छ । कानूनी व्यवस्था वा छोटो अवधिका कार्य भिसा विस्तारमार्फत मात्र समस्याको निकास सम्भव हुन्छ ।

    उहाँले भन्नुभयो, “यदि भिसा नीतिमा अद्यावधिक भएन भने कोरियाली कम्पनीहरूले आफ्ना कामदार पठाउन सक्दैनन्, जसले अमेरिकी उद्योग विस्तारमा ढिलाइ ल्याउनेछ र त्यसको प्रत्यक्ष हानि अमेरिकी अर्थतन्त्रलाई हुनेछ ।”

    बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.