दमौली (तनहुँ) । तनहुँ जिल्ला अदालतले मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । मङ्गलबार भएको प्रदर्शनका क्रममा अदालतमा रहेका मिसिल, कार्यकक्ष, कम्प्युटरलगायत सबै संरचना जलेर पूर्ण रूपमा नष्ट भएकाले सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको जिल्ला अदालतले जनाएको छ ।
Advertisement
अदालतले आज एक सूचना जारी गरी कार्यालय सञ्चालन गर्न असहज परिस्थिति सिर्जना हुन आएकाले आजका लागि तोकिएका मुद्धाका पेशी स्थगित गरिएको, तारेख तोकिएका मुद्दाका तारेख नगुज्रिने, भोलिदेखिको पेशीमा चढेका तथा अन्य मुद्दाहरुको हकमा सुनुवाइ अर्को सूचना नभएसम्म स्थगित गरिएको जनाएको छ ।