काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको बताएको छ ।
Advertisement
अदालतका मुख्य रजिस्ट्रारद्वारा २०८२ भदौ २५ गते बिहान जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।
जेनजीको आगजनीका कारण सर्वोच्च अदालत पूर्ण रूपमा क्षतिग्रस्त भएकाले सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको बताइएको छ ।
जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते मङ्गलबार सर्वोच्च अदालत पूर्ण रूपमा जलेर ध्वस्त भएको छ ।
सूचनामा लेखिएको छ– ‘मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजका लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको तथा भोलिदेखिका पेसीमा रहेका मुद्दाको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ…।’
