• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

झलारीका होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने चिल्लो पदार्थमा ‘ट्रान्सफ्याट’को मात्रा उच्च


  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
  • कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारका अधिकांश होटल तथा रेष्टुरेन्टमा बनाइने परिकारमा हानिकारक चिल्लो पदार्थको प्रयोग हुने गरेको पाइएको छ । बजार अनुगमनका क्रममा ‘ट्रान्सफ्याट’ (ठोस चिल्लो पदार्थ)को मात्रा उच्च रहेको पाइएको हो ।

    Advertisement

    धनगढीस्थित खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका नायब प्राविधिक सहायक तोयनाथ ओझाका अनुसार होटलमा खानाका परिकार बनाउन प्रयोग हुने तेललाई धेरैपटक तताएर प्रयोगमा ल्याउने गरिएको पाइएको छ ।

    “तेललाई जतिपटक तताइन्छ ‘स्याचुरेटेड फ्याट’ वृद्धि हँुदै जान्छ, त्यस्तो तेल स्वास्थ्यका निकै हानिकारक हुन्छ”, उहाँले भन्नुभयो । ‘टोटल पोलर मिटर’ (टिपिएम)को मद्दतले होटलमा खाना नास्ताका परिकार बनाउन प्रयोग हुने तेल परीक्षणको कार्य गरिएको छ ।

    जसमा तेलको टिएम भ्यालु उच्च देखिएको छ । “टिएम भ्यालु २० सम्म आएमा त्यसलाई सामान्य मानिन्छ”, नायब प्राविधिक सहायक ओझाले भन्नुभयो, “भ्यालु २१ देखि २४ सम्मलाई चेतनावनी तह र २५ भन्दामाथि आएमा हानिकारक विषसमान मानिन्छ ।”

    उहाँका अनुसार अनुगमन गरिएकामध्ये आधाभन्दा बढी होटल र रेष्टुरेन्टमा तेलको टिएम भ्यालु २५ भन्दामाथि देखिएको छ । खाद्य पदार्थ बनाउन प्रयोग हुने तेललाई पुनः तताउने र त्यसकै माथि अरु तेल खन्याएर खाद्य पदार्थ बनाउँदा समस्या देखिएको उहाँको भनाइ छ ।

    वनस्पति तेललाई एकपटक प्रयोग गरेपछि दोस्रोपटक दोहोर्याएर प्रयोग गर्न नमिल्ने उहाँले बताउनुभयो । ट्रान्सफ्याट तेलको प्रयोग गरी बनाइएका खाद्य पदार्थको सेवन गर्दा मुटु, रक्तनली, मिर्गौला, मस्तिष्कमा गम्भीर असर पुर्याउने कार्यसँगै रगतलाई बाक्लो बनाउने, उच्च रक्तचापको समस्या निम्त्याउने र ह्दयघातको समस्या निम्त्याई मृत्युदरलाई बढाउने गरेको पाइएको उहाँले उल्लेख गर्नुभयो ।

    बजारमा यस्ता ट्रान्सफ्याटको प्रयोग गरी बनाइएका खाद्य पदार्थको सेवन नगर्नु नै उचित हुने उहाँको सल्लाह रहेको छ । “यो सँगै होटल तथा रेष्टुरेन्टहरूमा हानिकारक रङहरूको प्रयोग गरी जेरी मीठाइ, चिकेन पकौडा, रोष्टलगायत परिकार बनाइएको देखियो”, उहाँले भन्नुभयो, “ती परिकार जफत गरी नष्ट गर्न नगरपालिकाको जिम्मा लगाएका छौँ, अखाद्य रङहरूको प्रयोग गरी बनाइएका खाद्य पदार्थले ह्दयघात र क्यान्सरजस्तो प्राणघात रोग निम्त्याउने भएकाले सेवन गर्नबाट बच्नुपर्छ ।”

    “धेरै होटेलहरूमा बनाइएका परिकार राख्न र छोप्नका लागि अखबारको प्रयोग भएको पाइएको छ, अखबार छाप्न प्रयोग भएकोे रङ खाद्य पदार्थमा लाग्ने भएकाले त्यो पनि निकै हानिकारक रहेको छ”, उहाँले भन्नुभयो ।

    मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    डा. केसीलाई अनशलस्थल छाड्न पत्र पठाइयो
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.