• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एआई स्टेथोस्कोपले १५ सेकेन्डमै पत्ता लगायो मुटुरोग


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सन् १८१६ मा आविष्कार भएको परम्परागत स्टेथोस्कोप दुई सय वर्षभन्दा बढी समयदेखि चिकित्सकको प्रमुख उपकरण बनेको छ तर अब इम्पेरियल कलेज लन्डन र इम्पेरियल कलेज हेल्थकेयर एनएचएस ट्रस्टका अनुसन्धानकर्ताले कृत्रिम बुद्धिमत्तासहितको नयाँ पुस्ताको स्टेथोस्कोप विकास गरेका छन्, जसले १५ सेकेन्डमै मुटुसम्बन्धी तीन गम्भीर रोग पत्ता लगाउन सक्ने दाबी गरिएको छ ।

    Advertisement

    उक्त एआई स्टेथोस्कोपले हर्ट फेल्योर, मुटुको भल्भ बिग्रिने रोग र अनियमित मुटु धड्कन (अट्रियल फिब्रिलेसन) तुरुन्तै पहिचान गर्न सक्नेछ । उपकरणले मुटुको धड्कन र रगतको प्रवाहमा मानवीय कानले सुन्न नसक्ने सूक्ष्म भिन्नता विश्लेषण गर्नुका साथै इलेक्ट्रोकार्डियोग्राम (इसिजी) पनि लिन्छ ।

    यस प्राविधिक उपलब्धि स्पेनको म्याड्रिडमा सम्पन्न युरोपियन सोसाइटी अफ कार्डियोलोजीको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको हो ।

    परीक्षणमा सफल

    करिब १२ हजार बिरामीलाई सहभागी गराएर बेलायतभरका २०० भन्दा बढी जी.पी. (सामान्य चिकित्सक) क्लिनिकमा परीक्षण गरिएको थियो ।

    नयाँ प्रविधि प्रयोग गरेर जाँच गरिएका बिरामीमा हर्ट फेल्योर पत्ता लाग्ने सम्भावना दुई गुणा बढी देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

    अट्रियल फिब्रिलेसन पत्ता लाग्ने सम्भावना तीन गुणासम्म बढेको छ भने मुटुको भल्भ बिग्रिने रोग पहिचान हुने सम्भावना पनि करिब दुई गुणाले बढेको छ ।

    विशेषज्ञको भनाइ

    इम्पेरियल कलेज लन्डनका डा. पाट्रिक बैस्टिगरले भने– ‘२०० वर्षदेखि स्टेथोस्कोपको डिजाइनमा खासै परिवर्तन भएको थिएन । अहिले भने १५ सेकेन्डमै एआईबाट नतिजा दिने स्मार्ट स्टेथोस्कोप आएसँगै ठुलो प्रगति भएको छ ।’

    अमेरिकी कम्पनी इको हेल्थले निर्माण गरेको यो उपकरण खेलको पत्ताजति आकारको छ । बिरामीको छातीमा राखेर मुटुको ध्वनि र धड्कन रेकर्ड गर्ने यो उपकरणले सङ्कलित डाटा क्लाउडमा पठाउँछ, जसलाई एआईले विश्लेषण गरेर सम्भावित जोखिमको नतिजा स्मार्टफोनमा फर्काउँछ ।

    यद्यपि अनुसन्धानकर्ताले यसलाई शङ्का लागेका बिरामीमा मात्र प्रयोग गर्न सुझाव दिएका छन् किनकि गलत नतिजा आउने जोखिम पनि रहन्छ ।

    भविष्यको सम्भावना

    ब्रिटिस हर्ट फाउन्डेसनका डा. सोन्या बाबु–नारायणका अनुसार अझै चाँडो रोग पहिचान गर्न सकिने भएकाले बिरामीले समयमै उपचार पाउनेछन् र लामो समयसम्म स्वस्थ जीवन जिउन सक्नेछन् ।

    त्यसैगरी, एनआइएचआरका प्रोफेसर माइक लुइसले भने– ‘यो उपकरणले स्थानीय चिकित्सकलाई समुदायमै समस्या पत्ता लगाउन सघाउँछ । यसलाई स्वास्थ्य क्षेत्रमा ठुलो गेम चेन्जरका रूपमा लिन सकिन्छ ।’ (स्वास्थ्यखबर)

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.