• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अमेरिकी साम्राज्यवादले नेपालमा सैन्य अखडा बनाउन खोज्दैछः केसी


  •   बुधबार, असार ०३, २०७७ मा प्रकाशित
  • धनबिर पुन, नयाँ दिल्ली (भारत) ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अमेरिकी साम्राज्यवादले नेपाललाई आफ्नो सैन्य अखडा बनाउन खोजेको बताउनुभएको छ ।

    Advertisement

    बुधबार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा सम्पन्न ‘एमसीसी र राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपालका शासकहरु विकासका नाममा विदेशीको जस्तोसुकै स्वार्थलाई पनि स्वीकार गर्न तयार रहेको भन्दै कुनै पनि बहानामा बाह्य हस्तक्षेप स्वकार्य नहुने बताउनुभयो ।

    ‘नेपालका शासकहरुले अहिलेसम्म शक्ति राष्ट्रहरुको सहयोग लिने नाममा उनीहरुले जेजस्ता सर्त राख्छन्, सम्झौता गराउन चाहन्छन्, ति सबै कुरामा सामेल भएर आफ्नो सत्ता स्वार्थ, महत्वाकांक्षा पुरा गर्ने जुन सिलसिला छ, त्यसको मार नेपाली जनताले लामो समयदेखि वेहोर्दै आउनु परेको छ’ केसीले भन्नुभयो, ‘अमेरिकी साम्राज्यवादले नेपालमाथि लादेको एमसीसीको बारेमा नेपाली समाज ठिक दुई कित्तामा बाँडिएको छ । प्रतिपक्षमा रहेका पार्टीहरु नेपाली काँग्रेस, राप्रपा, राजपा लगायतका पार्टीहरु एमसीसी पास गराउनेमा नै केन्द्रित छन् । तर साना र देशभक्त राजनीतिक शक्तिहरु त्यसका विरुद्धमा छन् ।’

    केसीले एमसीसीको सवालमा नेपालका बुद्धिजीवीहरु र मिडियाहरु समेत दुई पक्षमा विभाजित भएको बताउनु भयो ।

    ‘वर्तमान प्रधानमन्त्रीको योजना अनुसार एमसीसी गतसालको वर्षे सत्रमा नै पास गर्ने गरी संसदमा दर्ता गरिएको थियो तर नेकपाबाट नै सहयोग नभएको हुनाले रोकिएको हो’ अध्यक्ष केसीले भन्नु भयो, ‘अहिले पनि नेकपा भित्र एमसीसीको सवालमा ठूलो विवाद कायम छ । नेकपाको सचिवालयमा समेत यो बहुमत नभएकोले नै यो रोकिएको हो ।’

    केसीले नेकपाको केन्द्रीय समिति र स्थायी समितिमा समेत एमसीसीको पक्षमा बहुमत नभएको बताउनु भयो ।
    उहाँले विगतमा अमेरिकाले भारतको आँखाबाट हेर्ने गरे पनि अहिले आफ्नै उपस्थिति खोजको बताउनुभयो ।

    ‘अमेरिकी साम्राज्यवादको प्रमुख दुश्मन भनेको रुस, चाइना, क्युवा र उत्तर कोरिया हो । विपन्न तथा कमजोर राष्ट्रहरुलाई सिधा हस्तक्षेप गर्न नसकेपछि विकाशका नाममा, पूर्वाधार विकाश गर्ने नाममा, विजली उत्पादन, बाटोघाटोको निकास यावत नयाँनयाँ योजनाहरु बनाएर विश्व स्तरमा अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षेपकारी भूमिका खेल्ने कोशिस गरेको छ’ अध्यक्ष केसीले भन्नु भयो, ‘विगतमा नेपाललाई अमेरिकाले भारतको आँखाबाट हेर्ने गरेता पनि अहिले आफ्नै उपस्थिति कायम गर्न चाहन्छ ।’

    जब पूँजिवादमा संकट आएपछि अमेरिकनहरुले उदारवादको नीति अपनाएसँगै नेपालमा आफ्नो उदारवादी नीति लागु गर्न सफल भएको केसीले बताउनु भयो ।

    ‘नेपालको मन्त्रालयमा समेत आफ्नो मान्छेको उपस्थिति गराएर अमेरिकाले नेपालको उद्योगधन्दा, कलकारखाना लिलाम गर्न सफल भयो’ केसीले अगाडि भन्नुभयो, ‘सबै कलकारखाना नीजिकरण, शिक्षा क्षेत्र नीजिकरण, अस्पतालहरु नीजिकरण, यहाँसम्म की रोजगारी समेत नीजिकरणमा परिणत गरिदियो ।’

    विगतमा नेपालमा गलैचा उद्योगमा मात्रै साढे ६ लाख मजदुरहरुले काम गर्ने गरेको तर अमेरिकी हस्तक्षेप सिधै नेपालमाथि परेपछि सम्पूर्ण कलकारखानाहरु नीजिकरण भएसँगै नेपाली मजदुरहरु लर्को लागेर प्रदेशिनु परेको तितो यथार्थ समेत केसीले बताउनु भयो ।

    नेपालमा एमसीसी नेपाली जनताको गरिबीबाट मुक्ति दिन, विद्युत उत्पादन गरेर नेपाललाई आर्थिक सहयोग गर्न, कलकारखाना खोल्न नभई नेपाली राष्ट्रियता माथि नै हस्तक्षेप गरेर कम्यूनिष्टहरु सिद्धाउन र आफ्नो साम्राज्यवादी स्वार्थपूर्तिका लागि एमसीसीको माध्यमबाट आउन लागेको केसीले जोड दिनु भयो । त्यका साथै अमेरिकाले नेपाललाई आफ्नो सैनिक अखडाको रुपमा उपयोग गरि आफ्ना विरोधीहरुमाथि आक्रमण गर्ने उदेश्यसित प्रेरित रहेको समेत जिकिर गर्नु भयो ।

    यस्तै केसीले सत्तारुढ नेकपा कम्युनिष्ट नभएको जिकिर गर्दै कुनै पार्टीले आफ्नो नाम कम्यूनिष्ट राख्दैमा कम्यूनिष्ट नहुने बताउनुभयो ।

    ‘नेकपाको स्थिति के छ ? एउटा बैठक बालुवाटारमा, अर्को खुमलटारमा अर्को भैंसीपाटीमा र अर्को कोटेरश्वरमा । जो आफूलाई कम्यूनिष्ट पार्टी भन्छ, पार्टीको नाम पनि नेकपा राखेको छ । पार्टीको निर्णय पार्टीका नेताहरुले मान्दैनन्, पार्टीको नीतिको वेवास्ता गर्दछ । त्यो कम्यूनिष्ट पार्टी हुन सक्दैन ’ केसीले पार्टीको निर्णयलाई कार्यान्वयन बारे भन्नुभयो, ‘पार्टीको निर्णयलाई मान्नु पर्ने हुन्छ, पार्टीको निर्णय सर्वोपरि हुन्छ र पार्टीले निर्णय गरेपछि मात्रै काम हुनुपर्दछ भनेर एकाथरिले संघर्ष गरिरहे कै कारणले केपी शर्मा ओलीले एमसीसी पास गराउन नसकेर सचिवालयको बैठक छोड्दै हिँड्दै गर्दछन् ।’

    अध्यक्ष केसीले कोरोनाका कारण विश्व पूँजीवाद संकटमा फस्दै गइरहेको दाबीस् गर्नुभयो । उहाँले नेपालको सन्दर्भमा पनि कोरोनाले असाध्यै ठूलो प्रभाव पारेको बताउनु भयो ।

    बुधबार, असार ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.