• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दाजुको शरीर आर्यघाटमा जल्दै गर्दा


  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
  • चन्द्रा थापा ##

    Advertisement

    २०८२ भदौ १५ गतेको दिन थियो । युगदर्शन सञ्चारमाध्यमको अफिसमा काम गर्दै थिए । साँझ पर्न लागिसकेको थियो । अफिसको काम सकेर घर जान लागेका थियौँ । अफिसमा धनवीर पुन दाजु र प्रकाश थापाजी पनि हुनुहुन्थ्यो ।

    अफिसबाट निस्कनुअघि एक्कासि प्रकाशजीको फोनमा घण्टी बज्यो । उहाँले फोन उठाउनुभयो । निमबहादुर बुढाथोकी सरको फोन रहेछ ।

    उहाँ भन्दै हुनुहुन्थ्यो– ‘ओ पोजेटिभ रगत चाहियो, तपाईंको कुन ब्लड ग्रुप हो ? तपाईं अर्जेन्ट टिचिङ हस्पिटलमा रगत दिन आउनुपर्याे ।

    ‘मेरो त बी पोजेटिभ हो’ प्रकाशजीले सोध्नुभयो– ‘हैन कसलाई के भयो र ? कसलाई चाहिएको हो र रगत ?’

    निमबहादुर सरले भन्नुभयो– ‘हजुरको साढुदाइलाई ।’

    ‘मेरो त कोही पनि साढुदाइ हुनुहुन्न, दाजु । मैले सबैभन्दा जेठी छोरी लिएको हुँ’ प्रकाशजीले भन्नुभयो– ‘मैले यहाँ अरूसँग सोधखोज गर्छु । हजुरको पनि लिङ्कमा कोही मान्छे हुन सक्छन् । सोध्नुहोला ?’

    निम सरले ‘हुन्छ’ भन्दै कुरा सक्नुभयो । प्रकाशजीले पनि ‘हुन्छ’ भन्दै फोन काट्नुभयो ।

    नजिकै बसेकी मलाई मनमा धेरै खुल्दुली भयो । निम सरले साढुदाइ भनेपछि पक्का पनि मेरो कोही आफन्त हुनुपर्छ, कसलाई के भएछ भनेर फेरी त्यही नम्बरमा फोन फर्काएँ ।

    ‘सर, कसलाई के भयो र ?’

    ‘हजुरको भेना के ।’

    मैले भने– ‘मेरो को भेना नि ?’

    उहाँले भन्नुभयो– माया पुन हजुरको दिदी हैन ?

    ‘हैन, उहाँ त भाउजू हो’ मैले भनेँ ।

    उहाँले भन्नुभयो– ‘ए ए ! मैले त निलिमाजीलाई दिदी भन्नुहुन्थ्यो । त्यही भएर दिदी होला भनेर भनेको हो । मायाजीकी पति हो बिरामी भएको ।’

    म झसङ्ग भएँ ।

    ‘हजुरलाई थाहा छैन र ? कति दिन मोडेल अस्पतालमा राखेर अहिले टिचिङ अस्पताल लग्नुभएको छ रे’ उहाँको जवाफ थियो ।

    मैले फेरी सोधेँ– ‘के भएको हो र दाजुलाई ?’

    ‘खै रोग त पत्ता लागेको छैन रे तर प्लेटलेट्स एकदमै कम भएको छ रे ! त्यसैले तुरुन्त रगत चाहियो भन्नुभएको छ’ भन्दै सरले फोन राख्नुभयो ।

    उहाँको त्यो कुरा सुनेपछि म झन् आत्तिएँ । मेरो पनि ओ पोजेटिभ रगत हो, अर्जेन्ट जानुपरे जानुपर्ला भनेर अफिसबाट घर आएँ ।

    घर आएर निलिमा दिदीलाई पहिला म्यासेन्जरबाट फोन गरेँ तर उठेन । फेरी फोन नै गरेँ । ‘दिदी दाजुलाई के भएको हो र’ भनेर सोधेँ ।

    उहाँले पनि त्यही जवाफ दिनुभयो– ‘रोग पत्ता लागेको छैन । प्लेटलेट्स असाध्यै कम भएको छ ।’

    मैले भनेँ– ‘दिदी मेरो पनि ब्लड गु्रप ओ पोजेटिभ नै हो । म स्वस्थ छु कि छैन थाहा छैन तर म आउनुपरे आउँछु ।’

    उहाँले भन्नुभयो– ‘महिलाको हुँदैन, पुरुषको चाहियो । ६० किलोभन्दा माथि तौल भएको र सकेसम्म युवा मान्छेको रगत चाहिएको हो । अहिले भयो नानी । फेसबुकमा स्टाटस राखेपछि धेरै जना सम्पर्कमा आउनुभएको छ । कतिलाई त रोकेका छौँ । अहिलेलाई पूरा भयो । केही परे पछि खबर गर्छु ।’

    त्यस साँझ सिमसिम पानी परिरहेको थियो । वरिपरिका घरमा बत्ति बल्न थालिसकेका थिए ।

    फेरी याद आयो, मेरो ठुलो छोरा सङ्गिनको पनि ब्लड ग्रुप ओ पोजेटिभ नै हो नि भन्दै छोरालाई फोन लगाएँ । छोरा आफ्नी बहिनी पूजालाई भेट्न भक्तपुर गएको थियो ।

    फोनमा ‘बाबु, मामा बिरामी हुनुुभएको रहेछ । उस्तै परे तिमी रगत दिन आउनुपर्छ है’ भनेँ ।

    उसले झस्केर भन्यो– ‘कुन मामा ?’

    मैले ‘अनामनगरको मामा’ भनेपछि उसले ‘हुन्छ’ भन्यो ।

    तबसम्म राति भइसकेको थियो । खाना खाएर सुत्यौँ । दाजुलाई केही हुन्छ कि भन्ने मनमा खुल्दुली धेरै बेरसम्म चलिरह्यो ।

    भदौ १६ गते सोमबारको दिन । युगदर्शन साप्ताहिक पत्रिकाको काम पनि गर्नु थियो । त्यसैले यो काम छिटो छिटो सकेर बेलुकातिर भेट्न जानुपर्ला सोचेर छिटै अफिस गएँ ।

    अफिस गएको एकै छिनमा निलिमा दिदीको फेसबुक स्टाटस आयो– “सरी भिनाजु, बचाउन सकिएन” ।

    फेरी त्यही स्टाटसमा उहाँले थप्नुभयो– “अर्काे अभिभावकले छोडेर जानुभयो ।”

    मेरो हातखुट्टा सेलायो । काम गर्न सकिनँ । दिदीलाई फोन लगाएँ, उठेन । त्यसपछि अरूबाट बुझ्दा उहाँ जीवित नरहेको थाहा पाएर स्तब्ध भएँ ।

    अफिसमा आउनुभएका सबैले ‘के भयो’ भनेर सोध्नुभयो । मलाई बोल्न मन लागेन र टिचिङ पनि जान सकिनँ । एक मनले जान्छु भनेँ तर अर्काे मनले ‘जुन भन्ने ज्युँदो हुँदा दाजुलाई भेट्न पाइनँ, अब गएर के गर्नु’ जस्तो पनि लाग्यो ।

    त्यसपछि यताउता थप बुझेँ । दाहसंस्कार कहिले गर्ने ? कहाँ गर्ने ? भनेर बुझ्दा अस्ट्रेलियाबाट नानी अजिता आएपछि मात्र घाट लैजाने भन्ने कुरा थाहा पाएँ ।

    यसबिचमा मैले मीना बहिनीसँग सम्पर्क गर्दै एकआपसमा कुरा साटासाट गरिरह्यौँ ।

    भदौ १८ गते बुधबार दिउँसो १२ बजे नानीको प्लेन ल्यान्ड हुन्छ, त्यसपछि मात्र सबै कर्म गर्ने रे भन्ने थाहा पाएपछि हामी त्यही समय पर्खेर बस्यौँ ।

    ठिक यही बेला एक्कासि निलिमा दिदीको फेसबुक स्टाटस आयो, ‘दिउँसो २ः३० बजे लालबहादुर थापाको अन्त्यष्टि, आफन्तलाई जानकारी भनेर’ । त्यो स्टाटस आएपछि अलि सजिलो भयो । कहिले, कति बजे, कहाँ होला भनेर मन आत्तिएकोमा जिज्ञासा शान्त भयो ।

    त्यसपछि अफिस गएँ । अलिकति अफिसको काम गरेर दिउसो १ः३० बजे आर्यघाटतिर प्रकाशजी र म लागियो । गाडी चढ्यौँ । मित्रपार्क ओर्लेर आर्यघाटतिर लाग्यौँ । त्यहाँ पुग्दा कोही पनि आइपुग्नुभएको थिएन ।

    यताउता हेरेँ । बागमती नदी आफ्नै गतिमा बगिरहेको थियो । मान्छेहरू आफ्नै तालमा हिँडिरहेका थिए । एक नम्बर चिताले हामी सबैलाई टुलुटुलु हेरिरहेको थियो । मेरो दाजुलाई सक्काउने तँ नै होला भन्दै मैले पनि त्यसलाई हेरेँ । नभन्दै त्यही चितामै दाजुको लास जल्यो ।

    तबसम्म मलामीको रूपमा दुई/चार जना मात्र जम्मा हुनुभएको थियो । हामीले सोध्यौँ उहाँहरूलाई, उहाँहरूले शव ल्याउँदैछन् भन्नुभयो ।

    नभन्दै एम्बुलेन्स आयो । मेरो दाजु हो कि भन्दै हेरेँ । नभन्दै त्यही एम्बुलेन्सबाट दाजुको शव निस्कियो । यसो हेरेँ, अरू दाजुहरूले त्यहाँबाट निकालेर लैजानुभयो दाजुको शवलाई । मेरो बोली फुटेन । म त्यहीँ उभिएको उभिएै भएँ । उहाँहरू पनि निस्तब्ध हुनुहुन्थ्यो । कतिपयले त मलाई पनि चिन्न सक्नुभएन ।

    अब आर्यघाटमा दाजुको शरीर पुगिसकेको थियो तर सबैको अनुहार मलीन थियो । कोही एकआपसमा बोल्न पनि सकिरहनु भएको थिएन ।

    लगत्तै फेरि सबैले समातेर ल्याएको माया भाउजूलाई देखेँ । उहाँको अवस्था निकै नाजुक थियो । हुन पनि किन नहोस् यस्तो बेलामा ! मलाई यो कुरामा एक क्षणका लागि सन्तोष लाग्यो कि यस्तो अवस्थामा पनि भाउजू त्यहाँसम्म आउने आँट गर्नुभएको थियो । मलाई लाग्यो, उहाँ एक साहसी महिला हुनुहुन्थ्यो । जस्तो परिस्थितिको पनि सामना गर्न सक्ने आँट भाउजूमा भएको देख्दा मन भारी भयो ।

    बागमती नदी सुस्साइरहेको थियो । नदीपारि हेर्दा पशुपतिका मन्दिरले पनि यतै हामीलाई हेरेर रोएकोजस्तो लाग्थ्यो तर उनीहरू अटल भएर उभिएका थिए । मलाई यस्तो लागिरहेको थियो, मेरी भाउजू पनि दाजु नभए पनि आमाबाबु दुवैको नेतृत्व गरेर तीनओटा बाबुनानी (एक छोरी, दुई छोरा) लाई अभिभावकको कमीको महसुस नगराई अटल भएर पक्का पनि अभिभावकत्व दिन सक्नुहुनेछ किनभने उहाँ शिक्षित र आत्मबल भएकी नारी हुनुहुन्छ भन्नेमा विश्वस्त थिएँ ।

    सबै दाहसंस्कारका कार्य गर्ने क्रममा पानी खुवाउने गरिँदो रहेछ । त्यसमा म पनि पानी खुवाउन गएँ । दाजुलाई बल्ल नजिकबाट उहाँको मुहारमा हेरेँ । मलाई लाग्यो, उहाँ अन्तिम प्रस्थानतर्फ जान मान्नुभएको थिएन, उता मुन्टो फर्काइरहनु भएको थियो । सबैले पानी खुवाइरहेका थिए ।

    शव चितामा राख्नुअघि एक नम्बर चिताअगाडि दाजुको स्मृतिमा छोटो शोकसभा राखिएको थियो । कार्यक्रमको सञ्चालन प्रकाशजीले गर्नुभएको थियो । दाजुको सम्मानमा एक मिनट मौनधारण गरियो । शोकमन्तव्य परि थापाजीले राख्नुभयो ।

    एक नम्बर चिताले त्यो सबै कार्य हेरिरहेको थियो । यस्तो लाग्थ्यो, ऊ पनि खुसी थिएन । यस्तो ५८ वर्षे अल्पायुको मानिसलाई आफूले जलाउनुपर्दा त्यो चिता पनि रोइरहेकोजस्तो मलाई लागिरहेको थियो ।

    चितामा दाजुको शवलाई राखियो । भाउजूको अवस्था भावविह्वल नै थियो । अगाडि बसेर भाउजूले टुलुटुलु सबै अन्तिम कार्य हेरिरहन बाध्य हुनुहुन्थ्यो । उहाँ बोल्न सकिरहनु भएको थिएन । रुँदा रुँदा उहाँको आवाज पनि सुकिसकेकोे थियो । बेला बेला मिर्सीपानी उहाँलाई खुवाई दिनुपर्ने अवस्था थियो ।

    चितामा आगो लगाइयो । सबै स्तब्ध थियौँ । के गर्नु, प्रकृतिको नियम हो । सबै अघिपछि जानुपर्ने नै हो । अजम्बरी जीवन कसैको पनि छैन ।

    करिब ३ः३० देखि उहाँको शव जलाउन सुरु गरिएको थियो तर जल्न धेरै समय लाग्यो । म भाउजूको आडमा बसेकी थिएँ । त्यो दृश्य हेरिरहँदा भाउजू बेला बेला भन्दै गर्नुहुन्थ्यो– ‘कति दुःख गर्नुभयो । बसेर खाने बेलामा जानुभयो । सबैलाई पढाएर सक्नुभयो । मलाईसमेत पढाउनुभयो ।

    अरूसँग कुरा गर्दा मलाई “कान्छी छोरी” लाई पनि पढाउँदैछु भन्दै जिस्किनुहुन्थ्यो ।’

    मृत्युअघि उपचारका लागि दाजुलाई टिचिङ अस्पताल राखिएको थियो तर त्यहाँबाट पनि उहाँलाई बचाउन सकिएन । अन्तिम समयमा उहाँको रगतमा प्लेटलेट्स ह्वात्तै घटेको थियो । त्यसले गर्दा रगत चढाउन सम्भव भएन भन्ने जानकारी पाइएको थियो ।

    चितामा दाजुको शव जल्दै थियो । म पनि त्यहीँ बसेर टुलुटुलु हेर्न बाध्य थिएँ । बेला बेला त्यहाँका कर्मचारीले आएर शवलाई घोचिरहन्थे ।

    लासलाई घोच्दा म आफैलाई दुखेकोजस्तो लाग्थ्यो । आगोले पोलेजस्तो लाग्थ्यो । घोच्दा मुटु चसक्क हुन्थ्यो । झन् भाउजूलाई कस्तो भयो होला ? मैले सोच्न पनि सकिरहेको थिइनँ ।

    जल्न निकै बेर लाग्यो, करिब चार/पाँच घण्टा । भाउजूलाई सोधेँ– ‘किन यस्तो भयो होला ?’

    उहाँले भन्नुभयो– ‘सुन्निनुभएको थियो । शरीरमा पानी भरिएको थियो । त्यसैले होला ।’

    रात परेपछि पशुपतिमा आरती सुरु भयो । दाजुको लाश यता जलिरहेको छ । पारि हजारौँ मानिसले आरती गर्दै आफ्नो भजनमा निर्मग्न थिए ।

    “हरे शिव, हरे पार्वती, जय पशुपतिनाथ’ भन्दै आफ्नै तालमा मग्न थिए भक्तजन । हामीलाई भने त्यसले कहिँकतै छोएको थिएन ।

    लास जलेर सकिने बेलातिर रिमझिम पानी परिरहेको थियो । तल बागमती बगिरहेको थियो । वारिपारि आरती घन्किरहेको थियो । यस्तो लाग्थ्यो, दाजुका लागि सिमसिम पानी परेको मौसम, बागमती नदी, आरती, हजारौँ भक्तजन सबैको जमघट हुने संयोग जुरेको थियो । लाग्यो, माहिला दाजु भाग्यमानी हुनुहुँदो रहेछ । आरतीसँगै जल्न पाउनु जोकसैलाई अवसर मिल्दैन होला भन्ने लाग्यो । हुन पनि जोकसैलाई यस्तो संजोग मिल्दैन पनि ।

    अन्तिममा शव जलाउनेसम्बन्धी सबै कार्य सकियो । सबै जना घरतर्फ लागे । हामी पनि घर जानुपर्ने भयो । घाटमा आएर २०–२५ वर्षपछि कैयौँ माइतीसँग भेट हुन त पाएँ तर दाजुलाई घाटमा एक्लै छोडेर आउन निकै कठिन भइरहेको थियो । दाजुलाई सद्गत गरेपछि चिताबाट फर्किने अन्तिममा पाइला मेरो साथी धनमाया थापा र मेरो थियो ।

    के गर्नु प्रकृतिको नियम मान्नु नै पर्ऱ्यो । हामी पनि त्यही नियमभित्रै छौँ ।

    मन नलागी नलागी पशुपतिबाट रिमझिम पानीसितै प्रकाशजी र म हामी बस्ने स्थान ज्योतिनगर आइपुग्यौँ ।

     

    शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.