• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युद्ध अन्त्यका लागि रूसलाई दबाब दिन ट्रम्पको आह्वान, बेइजिङद्वारा अस्वीकार


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर युरोपेली मुलुकहरूसँग चीनमाथि आर्थिक दबाब सिर्जना गर्न आग्रह गर्नुभएको छ।

    Advertisement

    बेइजिङले चीनमाथि आर्थिक दबाब सिर्जना गर्ने आह्वानको ‘कडा विरोध’ गर्ने शुक्रबार जनाएको छ।

    चीनले कहिल्यै पनि रुसको युद्धको निन्दा गरेको छैन र न त रूसलाई युक्रेनबाट उसका सेना फिर्ता बोलाउन आह्वान गरेको छ । युक्रेनका धेरै सहयोगीहरूले बेइजिङले मस्कोलाई युक्रेन युद्धमा समर्थन प्रदान गरेको बुझाइ छ।

    चीनले आफू तटस्थ पार्टी भएको बताउँदै आएको छ र नियमित रूपमा युद्ध अन्त्यका लागि आह्वान गर्दै आएको छ भने पश्चिमी देशहरूले युक्रेनलाई हतियार दिएर द्वन्द्व लम्ब्याउन खोजेको आरोप पनि लगाउँदै आएको छ ।

    “बिहीबार पेरिसमा भेला भएका युरोपेली नेताहरूसँग भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले उनीहरूलाई चीनमाथि दबाब दिन आग्रह गर्नुभएको र युरोपले युद्धका लागि आर्थिक सहयोग गर्ने रुसी तेल खरिद बन्द गर्नुपर्ने बताउनुभएको थियो,” ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग बताउनुभयो ।

    ट्रम्पको टिप्पणीबारे शुक्रबार सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले बेइजिङ ‘न त यो (युक्रेन) सङ्कटको निर्माता हो न त यसको पक्षधर नै हो’ भनेको छ ।

    प्रवक्ता गुओ जियाकुनले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी चीनलाई यस मामिलामा निरन्तर तान्ने अभ्यासको दृढतापूर्वक विरोध गर्दछौं र चीनमाथि तथाकथित आर्थिक दबाब थोपरिएमा कडा विरोध गर्दछौँ।”

    भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा रुसको युक्रेन आक्रमणको आदेश दिनुभन्दा केही समयअघि मस्को र बेइजिङले ‘नो लिमिट पार्टनरसिप’ को घोषणा गरेका थिए।

    दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको उपलक्ष्यमा बुधबार आयोजित विशाल सैन्य परेडमा चीनका राष्ट्रपति सी जिनपिङ, रूसी नेता पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै उभिएका थिए ।

    यसलाई बेइजिङले ‘शान्तिप्रिय देश र जनतासँग मिलेर इतिहासलाई स्मरण गर्ने’ उद्देश्यले ‘विदेशी पाहुनाहरुलाई निमन्त्रणा गरेको’ बताएको छ ।

    पुटिनको नेतृत्वमा रहेको वर्तमान् रुसलाई चीनले ‘शान्तिप्रिय देश’ मान्छ कि मान्दैन भन्ने प्रश्न शुक्रबार एक पत्रकारले दुई पटक सोध्दा प्रवक्ता गुओले सोझै जवाफ दिन अस्वीकार गर्नुभयो ।

    चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा आयोजित विशाल सैन्य प्रदर्शनमा भाग लिएका पुटिनले युक्रेनमा आफ्नो सेनाको प्रगतिको प्रशंसा गर्दै रुसी सेना ‘सबै मोर्चामा’ अघि बढिरहेको बताउनुभएको थियो ।

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.