• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • मायबासी (जापान) । एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल हुनुभएको छ । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो ।

    Advertisement

    “म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ”, अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भन्नुभयो, “शिखरसम्म पुग्नु कठिन थियो, तर साथीहरूको प्रोत्साहनका कारण अन्ततः सफल भएँ । धेरै मानिसको सहयोगले मात्र यो सम्भव भयो ।”

    अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी हुनुभएको थियो । टोलीले अगस्ट ५ मा समुद्री सतहदेखि तीन हजार सात सय ७६ मिटर (१२ हजार तीन सय ८८ फिट) उचाइमा रहेको जापानको सबैभन्दा अग्लो शिखरमा पुग्नु अघि ट्रेलमा दुई रात शिविरमा बिताएको थियो ।

    पचहत्तर वर्षीया अर्की छोरी युकिकोले बुबाका कानमा प्रश्नहरू दोहोर्‍याउँदै सहयोग पुर्‍याउनुभयो । अकुजावालाई सुन्न कठिन छ ।

    “उमेरसँगै कुनै पनि पर्वत सामान्य हुँदैन”, अकुजावाले भन्नुभयो, “जति सकिन्छ, चढ्नु राम्रो हुन्छ ।”

    यो अकुजावाको पहिलो रेकर्ड तोड्ने आरोहण भने थिएन । उहाँ ९६ वर्षको उमेरमा नै फुजी आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बन्नुभएको थियो । त्यसपछि उहाँले मुटुको समस्या, असफल आरोहणका चोटपटक, दाद (चर्मरोग) र टाँका झेलेर पनि यात्रालाई निरन्तरता दिनुभएको थियो ।

    फुजी आरोहण अघि उहाँले तीन महिनासम्म विशेष तालिम लिनुभयो । बिहान ५ बजे उठेर घण्टौँ लामो पैदलयात्रा गर्नुहुन्थ्यो र हरेक हप्ता एकपटक प्रायः गुनमा र नजिकैको नागानो प्रान्तका पहाडहरू आरोहण गर्नुहुन्थ्यो ।

    अकुजावाको पर्वतप्रेम युवावस्थामै सुरु भएको हो । टोकियोबाट करिब दुई सय ४१ किलोमिटर उत्तरपश्चिममा रहेको मायबासीस्थित घरमा, आफन्त र पर्वतचित्रहरूले घेरिएको बैठक कोठामा बस्दै उहाँले ८८ वर्षअघि आफूलाई पर्वततर्फ आकर्षित गरेको अनुभव सम्झिनुभयो ।

    शिखरमा पुग्ने जादु निर्विवाद भए पनि, उहाँलाई बारम्बार फर्काइराख्ने शक्ति भने मानिसहरूसँगको सम्पर्क नै थियो ।

    “म आरोहण गर्छु किनभने मलाई यो मन पर्छ”, उहाँले भन्नुभयो, “पर्वतमा साथी बनाउन सजिलो हुन्छ ।”

    अकुजावा सक्षम विद्यार्थी हुनुहुन्थ्यो । उहाँले इन्जिन डिजाइन इन्जिनियरको रूपमा काम गर्नुभयो र पछि ८५ वर्षसम्म पशुधन कृत्रिम गर्भाधानकर्ताका रूपमा कार्यरत रहनुभयो ।

    “पढाइ मन परे पनि नपरे पनि, पर्वतको आनन्द लिने तरिका उस्तै हो”, उहाँले भन्नुभयो, “बुद्धिले त्यहाँ कुनै अर्थ राख्दैन । हामी सबै एउटै आधारमा हुन्छौँ र सँगै अगाडि बढ्छौँ ।”

    पहिले उहाँ एक्लै आरोहण गर्न रुचाउनुहुन्थ्यो, तर उमेर बढेसँगै अरूको सहयोगमा बढी निर्भर हुन थाल्नुभयो । हालैको कीर्तिमानी आरोहण पनि त्यही सहयोगकै कारण सम्भव भयो ।

    “माउन्ट फुजी कठिन पर्वत होइन, तर यसपटक अघिल्ला सबै आरोहणभन्दा धेरै चुनौतीपूर्ण लाग्यो”, उहाँले भन्नुभयो, “मलाई पीडा थिएन, तर किन ढिलो हुँदैछु, किन सहनशक्ति छैन भन्ने सोचिरहेँ । धेरैअघि नै शारीरिक सीमा पार गरेको छु । अरूको शक्ति र सहयोगकै कारण मात्र सफल भएँ ।”

    –अन्तिम आरोहणको सङ्केत –
    फेरि माउन्ट फुजी आरोहण गर्ने योजनाबारे प्रश्न गर्दा उहाँले भन्नुभयो, “म सदाका लागि चढिरहन चाहन्छु, तर अब सम्भव नहोला । अहिले म नजिकैको अकागी पर्वत (एक हजार आठ सय २८ मिटर) को स्तरमै छु ।”

    यी दिनहरूमा अकुजावा बिहानै वरिष्ठ हेरचाह केन्द्रमा स्वयंसेवा गर्नुहुन्छ र आफ्नो स्टुडियोमा चित्रकला सिकाउनुहुन्छ । उहाँका अनुसार पर्वतारोहण र चित्रकलामा समान समर्पण र समय चाहिन्छ, दुवैले शान्ति दिन्छन् ।

    “पर्वत चढ्ने वा चित्र बनाउने जो–कोहीले त्यसबाट केही सम्पूर्ण सिर्जना गर्न सके, त्यो नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो”, उहाँले भन्नुभयो ।

    उहाँका छोरीहरूले बैठक कोठाको पर्खाल भरिएका पर्वतचित्रमा सूर्योदयमा फुजी पर्वतको अर्को चित्र थप्न आग्रह गरेका छन् ।

    “धेरै अनुरोधहरू आइसकेका छन्”, उहाँले हाँस्दै भन्नुभयो, “म शिखरबाट देखिएका ती दृश्यहरू चित्रित गर्न चाहन्छु, जसले मेरा लागि विशेष सम्झना बोकेका छन् । सम्भवतः यो मेरो अन्तिम शिखरारोहण थियो ।”

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.