• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘सङ्घ संस्था ऐन, २०८२’ मस्यौदा पुनर्लेखन गर्नुपर्नेमा जोड


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं  । नागरिक स्वतन्त्रतामा सङ्कुचन गर्ने गरी ‘सङ्घ संस्था ऐन, २०८२’ को मस्यौदा आएकाले पुनर्लेखन गर्नुपर्नेमा जोड दिइएको छ । गैरसरकारी संस्था महासङ्घ नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागीले उक्त ऐनको मस्यौदामा भएका व्यवस्थाले नियमन कम र नियन्त्रण बढी गर्ने भएकाले पुनर्लेखन गर्नुपर्नेमा जोड दिइएको हो ।

    Advertisement

    कार्यक्रममा प्रस्तावित सङ्घ संस्था ऐन, २०८२ को मस्यौदालाई संवैधानिक अधिकार र नागरिक स्वतन्त्रताअनुरुप सुधार नगरे लोकतान्त्रिक अभ्यास कमजोर हुनसक्ने भन्दै पत्रकार र गैरसरकारी संस्थाका प्रतिनिधिहरूले चासो व्यक्त गर्नुभयो ।

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले मस्यौदामा सुधारको आवश्यकता औँल्याउँदै विरोधलाई भन्दा बहसलाई प्रोत्साहन दिनुपर्ने राय व्यक्त गर्नुभयो । उहाँले संस्थाको लोकतान्त्रिकरण, पारदर्शिता, जवाफदेहिता र महासङ्घमा दर्ताका लागि छुट्टै बुँदा बनाउनुपर्नेमा जोड दिनुभयो ।

    “महासङ्घ अहिले पनि राष्ट्रिय निर्देशन ऐनअनुसार दर्ता भइरहेको छ । महासङ्घ छुट्टै प्रकृतिका हुन्, तसर्थ महासङ्घमा दर्ताका लागि छुट्टै बुँदा बनाएर कार्यान्वयन गर्नुपर्छ”, अध्यक्ष शर्माले भन्नुभयो ।

    सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले विकासका सहयोगीका रूपमा रहेका गैरसरकारी संस्थाको भूमिकाबारे चर्चा गर्दै यसलाई सङ्कुचन गर्ने व्यवस्थामाथि छलफलमार्फत सुधार गर्नुपर्ने सुझाव दिनुपर्ने बताउनुभयो ।

    महासङ्घका पूर्वअध्यक्ष शिव गाँउलेले लोकतान्त्रिक नियमनबारे सचेत गराउँदै संस्थाको पारदर्शी प्रणालीको विकासमा बहस गर्नुपर्ने आवश्यकता औँल्याउनुचभयो । उहाँले यस मस्यौदामा पुनर्विचारका लागि समेत सुझाव दिनुभयो ।

    अन्तरराष्ट्रिय संस्थाको छाता सङ्गठन (एआइएन)का अध्यक्ष डा एसपी कलौनीले उक्त ऐनले नागरिककोे स्वतन्त्रता र मौलिक अधिकारमा पार्ने असरलाई गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    गैरसरकारी संस्था महासङ्घ नेपालले सङ्गठन खोल्ने स्वतन्त्रतामा अनावश्यक हस्तक्षेप हुने भन्दै सरकार र सरोकार भएका निकायको ध्यानार्कषण गराएको छ । कार्यक्रममा समाज कल्याण परिषद् खारेजपछि विभागमार्फत राखिएको व्यवस्थाले राज्य केन्द्रित नियन्त्रणको सम्भावनाबारे छलफल भएको थियो ।

    एनजिओ फेडेरेसन नेपालका अध्यक्ष अर्जुन भट्टराईले नयाँ मस्यौदा पनर्लेखन गरी नयाँ ल्याउनका लागि दबाब दिनुपर्न धारणा राख्नुभयो । नेपाल बार एसोसिसनका उपाध्यक्ष अधिवक्ता अजय शङ्कर झाले यस मस्यौदाले नियमनलाई नियन्त्रण नगरी सहजीकरणको दृष्टिकोणले विकास गनुपर्नेमा जोड दिनुभयो ।

    “संविधानले प्रत्याभूत गरेको मौलिक हकलाई सम्मान गर्दै नियमनलाई सहजीकरणमूखी बनाउनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “यसलाई संशोधन गरी नागरिकमैत्री, संविधानअनुकूल र सुशासन प्रवर्द्धन गर्ने खालको कानुन बनाउनु अपरिहार्य छ ।”

    सरकारले हाल प्रचलित संस्था दर्ता ऐन, २०३४, समाज कल्याण परिषद् ऐन, २०४९ र राष्ट्रिय निर्देशन ऐन, २०१८ लाई खारेज गर्दै एकीकृत रूपमा सङ्घ संस्था ऐन, २०८२ को मस्यौदा सार्वजनिक गरेको छ ।

    सङ्घीय संरचनासँग मिल्नेगरी संस्था दर्ता, नवीकरण, नियमन र व्यवस्थापनलाई एकरुपता दिने र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले मस्यौदा तयार गरिएको छ । तीनवटा ऐनलाई खारेज गरी एकीकृत कानुन ल्याउने, संस्था दर्ता, नवीकरण, सञ्चालन, नियमन र अनुगमनसम्बन्धी व्यवस्था गरेको छ । यस्तै, सङ्घ, प्रदेश र स्थानीय तहबीच भूमिका र अधिकार बाँडफाँडको व्यवस्था गरेको छ ।

    समाज कल्याण परिषद् खारेज गरी समाज कल्याण विभागमार्फत नियमन गर्ने र कारबाही, दण्डका प्रावधान थप कडा गरिएको सहभागीको भनाइ थियो । विधेयक तयार गर्ने प्रक्रियामा नागरिक समाजको पर्याप्त सहभागिताका लागि समेत जोड दिइएको थियो ।

    छलफलका क्रममा मस्यौदाले संस्थाको दर्ता सहज र पारदर्शी बनाउनुपर्ने, अनावश्यक झन्झट हटाउनुपर्ने, दर्ता अधिकारीको तजबिज वा बुझाइको आधारमा दर्ता प्रक्रिया ओझेलमा पार्न सक्नेलगायत प्रावधान हटाउनुपर्नेमा सुझाव प्रस्तुत गरिएको थियो ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.