• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

थाइल्यान्डमा संसद् विघटनतर्फ कार्यवाहक सरकारको पहल


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • बैंकक । देशको सबैभन्दा ठूलो विपक्षी पार्टीले प्रतिद्वन्द्वी उम्मेदवारलाई समर्थन गरेपछि थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री संसद् विघटन गर्न अघि बढ्नुभएको उहाँको पार्टीले बुधबार जानकारी गराएको छ ।

    Advertisement

    गत हप्ता संवैधानिक अदालतले कम्बोडियासँगको सीमा विवाद सम्हाल्ने क्रममा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदच्यूत गरेपछि सरकारको नेतृत्वमा रिक्तता सिर्जना भएको थियो । यसपछि विभिन्न गुटबीच उहाँको उत्तराधिकारी खोज्ने सङ्घर्ष चर्किएको थियो ।

    अझै कार्यवाहक सरकारको भूमिकामा रहँदै फेउ थाई पार्टी प्रधानमन्त्रीका लागि आफ्नै उम्मेदवारलाई समर्थन गर्नुपर्ने अवस्थामा विपक्षी पिपुल्स पार्टीलाई सहयोग गर्ने निर्णयमा पुगेको थियो । तर पिपुल्स पार्टीले यसको सट्टा रूढिवादी व्यापारी अनुतिन चार्नविराकुललाई समर्थन गर्ने घोषणा गर्‍यो ।

    यस घोषणा केही क्षणमै फेउ थाई महासचिव सोरावोङ थिएन्थोङले कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइले ‘सदन विघटनको आदेश पेस गरेको’ बताउनुभयो । थाई संविधानअनुसार राजाले संसद् विघटनलाई स्वीकृति दिएपछि ४५ देखि ६० दिनभित्र नयाँ चुनाव हुनुपर्ने प्रावधान छ ।

    फेउ थाई पार्टी सिनावात्रा परिवारको चुनावी प्लेटफर्म हो, जसले दुई दशकदेखि राजतन्त्र समर्थक र सैन्य समर्थक अभिजात वर्गसँग सत्ताको सङ्घर्ष गर्दै आएको छ । तर विश्लेषकहरूका अनुसार उनीहरूको प्रभाव क्रमशः घट्दै गएको छ र सत्तामा टिकिराख्न कठिनाइ भएको छ ।

    – कोभिड र क्यानाबिस मुद्दा –

    पिपुल्स पार्टीले सन् २०२२ मा आफ्नो एक सय ४३ सदस्यीय बलियो संसदीय समूहसहित सन् २०२२ मा गाँजालाई मान्यता दिने कानूनीकरणको वाचा पूरा गरेका निर्माण व्यवसायिक उत्तराधिकारी अनुतिनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ ।

    पर्यटन–निर्भर थाइल्यान्डमा कोभिड–१९ महामारीको प्रतिक्रियामा उहाँ आलोचनाको केन्द्र बन्नुभएको थियो । उहाँले प्रारम्भमा विदेशी विशेषगरी पश्चिमी पर्यटकहरूलाई भाइरस फैलाएको आरोप लगाउनुभएको थियो, तर पछि क्षमायाचना गर्न बाध्य हुनुभएको थियो ।

    – राजनीतिक अनिश्चितता –

    यद्यपि संसद् विघटनको प्रक्रिया अघि बढ्दै गर्दा अनुतिन शीर्ष पदमा पुग्ने वा नपुग्ने भन्ने प्रश्न अझै स्पष्ट छैन । उहाँको भुमजाइथाई पार्टी अघिल्लो गठबन्धन सरकारको अंश थियो, तर यसै गर्मीमा कम्बोडिया सीमा विवादलाई लिएर सरकार छाडेको थियो ।

    सोही विवादका कारण संवैधानिक अदालतले पेटोङटार्नलाई मन्त्री नैतिकताको उल्लङ्घन गरेको ठहर गर्दै पदच्युत गरेको हो ।

    सन् २०२३ को चुनावमा प्रधानमन्त्रीका लागि मनोनित भएका व्यक्तिहरूमध्ये मात्रै प्रधानमन्त्री बन्न योग्य छन् । तर पछिल्ला राजनीतिक उथलपुथलपछि सम्भावित उम्मेदवारहरूको सङ्ख्या घटेर पाँचमा सीमित भएको छ ।

    पिपुल्स पार्टीले अनुतिनलाई दिएको समर्थन पनि सशर्त रहेको जनाएको छ । पार्टीका अनुसार उहाँले चार महिनाभित्र सदन विघटन गरी नयाँ चुनावतर्फ लैजानुपर्नेछ, जसले गर्दा उहाँको पदोन्नतिले चुनावी बाटो पनि खोल्नेछ ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.