• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हामी सातौँ वर्षमा प्रवेश गर्‍यौँ


  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक वर्ष १७, अङ्क १ मा प्रकासित सम्पादकीय

    Advertisement

    २०६६ वैशाखदेखि विभिन्न परिघटना र विचारको ‘डाइजेस्ट’ को रूपमा ‘युगदर्शन’ मासिकको प्रकाशन सुरु भएको थियो । आर्थिक वर्ष २०६५/६६ मा जिल्ला प्रकाशन कार्यालय काठमाडौँमा दर्ता भएर सुरु भएको यो प्रकाशनले प्रत्येक महिना कुनै खास विषयकेन्द्रित रहेर सामग्री पस्कने गर्दथ्यो । २०७६ सालसम्म यसले विभिन्न विषयमा केन्द्रित रहेर सामग्री प्रस्तुत गर्दै रह्यो । २०७६ सालमा भने नयाँ परिस्थिति उत्पन्न भयो । सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) ले निरङ्कुश पञ्चायती कालरात्रीमा सुरु गरेको “हाँक” साप्ताहिक त्यति बेला गैरसर्वहारा प्रवृत्तिको सिकार बन्न पुग्यो । सहिद सरोज शर्माले नेकपा (मसाल) लाई बुझाउनुभएको र नेकपा (मसाल) ले निर्णय नै गरेर तत्कालीन केन्द्रीय सदस्य गोविन्दसिंह थापाको नाममा “हाँक” को स्वामित्व हस्तान्तरण गरिएको थियो ।

    २०७५ असारमा मसालले पुनः अर्को निर्णय गरेर “हाँक” साप्ताहिकलाई सामूहिक स्वामित्वमा लैजाने निर्णय गरेको थियो । २०७६ असारमा जब सोही निर्णय कार्यान्वयन गर्ने बेला आयो, प्रकाशक/प्रधान सम्पादकको भूमिकामा रहनुभएका थापाजीले सो निर्णय मान्नुभएन । फलस्वरूप “हाँक” स्थानमा भदौ १८ गतेदेखि ‘युगदर्शन’ साप्ताहिकको प्रकाशन सुरु भयो । यसरी २०८२ वैशाखदेखि ‘युगदर्शन’ प्रकाशन प्रारम्भ भएको अहिले १६ वर्ष पूरा भएर १७ वर्ष सुरु भएको छ भने ‘युगदर्शन’ साप्ताहिकको प्रकाशन सुरु भएको छैटौँ वर्ष पूरा भएर सातौँ वर्ष सुरु भएको छ ।

    ‘युगदर्शन’ छापापत्रकारिताको एउटा माध्यम हो । अहिले छापापत्रकारिता सङ्कटमा छ । त्यो सङ्कट प्रविधिको कारण आएको हो । पत्रकारिता जगत् यतिखेर छापासँगै रेडियो, टेलिभिजन र अनलाइन माध्यमबाट सक्रिय छ । पछिल्लो समयमा न्यूमिडिया (सामाजिक सञ्जाल) को प्रयोग बढेर गएको छ । त्यसका बाबजुद न्यूमिडियालाई पत्रकारिता मानिहाल्ने स्थिति निर्माण भइसकेको छैन । न्यूमिडियामा पत्रकारिताका कतिपय गुण पाइन्छन् । फेरि पनि त्यो वास्तवमै पत्रकारिता होइन । यदि कुनै न्यूमिडियाले पत्रकारिता गर्न चाहन्छ भने उसले पत्रकारिताका सिद्धान्त अवलम्बन गर्नुपर्ने हुन्छ । प्रेस काउन्सिलले समाचारसम्बन्धी सेवा पुर्‍याउने न्यूमिडियालाई तालिम र प्रशिक्षण दिनुका साथै त्यसको अगनुमनसमेत गर्दै आएको छ । यसरी न्यूमिडियाले पत्रकारिताको प्रभावलाई प्रभावित पारे पनि पत्रकारिता पेसामा कुनै खतरा उत्पन्न भएको छैन । द्रुत प्रभावको दृष्टिकोणबाट विचार गर्दा न्यूमिडिया, रेडियो, टेलिभिजन र अनलाइनको तुलनामा प्रसारण सङ्ख्या घटे पनि छापापत्रकारिताको सुगन्ध घटेको छैन ।

    नेपालमा प्रकाशित हजारौँ छापापत्रपत्रिकामध्ये ‘युगदर्शन’ को बेग्लै स्थान छ । त्यसका पछाडिको कारण वैचारिक हो । नेपालमा लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयता, भ्रष्टाचार, बेथिती र कुशासनको विरोध गर्ने कुनै मिडिया छ भने त्यो ‘युगदर्शन’ साप्ताहिक नै हो । अरू पत्रकारिताले कुनै एक विषयमा सही दृष्टिकोण अपनाए भने अर्को प्रश्नमा गलत दृष्टिकोण अपनाउने गरेका छन् । त्यस क्रममा उनीहरू सत्ता वा शक्तिकेन्द्रको प्रभावमा पत्रकारिताको सिद्धान्तप्रति आत्मसमर्पण गरेका हुन्छन् । त्यसका विपरीत ‘युगदर्शन’ साप्ताहिक व्यावसायिक स्वार्थका लागि पत्रकारिताको धर्मबाट टसमस भएको छैन । पक्कै पनि ‘युगदर्शन’ का सामु प्रशस्त कठिनाइ छन् । पाठक र विज्ञापनदाताको प्रत्यक्ष सहयोगबाट यो पत्रिका निरन्तर प्रकाशन भइरहेको छ । ‘युगदर्शन’ ले तात्कालिक आवश्यकताका साथै शोषणविहीन समाज निर्माण गर्ने दीर्घकालीन अभियानको पक्षमा पनि सामग्री प्रकाशन गर्दै आएको छ । यसरी युगदर्शनले नेपाली समाजलाई अन्ततः शोषणविहीन समाज निर्माणको दिशामा लैजाने प्रकारका सामग्री प्रस्तुत गर्दै आएको छ ।

    अन्तमा ‘युगदर्शन’ साप्ताहिकको प्रकाशनका लागि डेस्कमा खट्नुहुने सम्पादक, व्यवस्थापक, प्राविधिक, अन्य कर्मचारी, देशविदेशका संवाददाता, पाठक, विज्ञापनदाता र पत्रिकाको लागि विभिन्न प्रकारका प्रकाशन सामग्री पठाउनुहुने लेखक र साहित्यकार सबैप्रति सातौँ वर्ष प्रवेशको अवसरमा आभार व्यक्त गर्न चाहन्छौँ ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.