डण्ड केसी
(अध्यक्ष)
जापान नेपाली एकता समाज
युगदर्शन साप्ताहिक आफ्नो छैटौँ वर्ष सफलाता पुर्बक पुरागरी सातौँ बर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौँ ।
युग दर्शन साप्ताहिकले हमेसा सत्यको पक्षमा, गरिब, दुःखी, मजदुर, प्रवासीहरूका पक्षमा सहि र सत्यतथ्य एवम् न्यायको पक्षमा समाचारको माध्यमबाट नेपाली जनतालाई सचेत र जागरुक गर्न महत्वपुर्ण भुमिका खेल्दै आएकोछ ।
अहिले कतिपय मिडियाहरूले विभिन्न खालका भ्रमित समाचारहरू सम्प्रेषण गरेको देखिन्छ । यस्तो विषम परिस्थितिमा युगदर्शनले त्यस्ता किसीमका मिडियाहरूका गलत प्रकारका गतिविधिलाई चिरफार गर्दै समाज र मिडिया जगतलाई राष्ट्रियता, जनतन्त्र र जनजिबिकाको पक्षमा सहि दृष्टिकोण राख्दै आएको छ ।
जापान नेपाली एकता समाजको तर्फबाट यस सुखद अबसरमा हार्दिक बधाइ तथा आगामी वर्षहरूमा अझै सशक्त र न्यायको पक्षमा गर्भिलो यात्रा तय गरोस् यहि शुभकामना व्यक्त गर्दछौँ ।