शक्तमान बुढाथोकी,
अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली एकता समाज
Advertisement
२०७६ साल भदौ १८ गतेदेखि सुरु भएको ‘युगदर्शन’ साप्ताहिक यही २०८२ भदौ १८ गतेदेखि छैटौँ वर्ष पूरा भएर सातौँ वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा ‘युगदर्शन’ साप्ताहिक यसभन्दा पहिलेजस्तै नेपाल देश र नेपाली जनताको पक्षमा सही र सत्य समाचार बनाउने सञ्चारमाध्यम हो भन्ने तथ्य भनिरहनुपर्ने विषय होइन । आगामी समयमा पनि नेपाली जनताको भरपर्दो र सही सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमको रूपमा ‘युगदर्शन’ कायम रहोस् । यो सञ्चारमाध्यम देशभरि मात्रै नभएर विश्वभरिका नेपाली जनता र सम्पूर्ण न्यायप्रेमी जनतामाझ स्थापित होस् भन्ने शुभकामनासहित यसको उन्नतिप्रगतिको शुभकामना व्यक्त गर्दछु ।