परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटमा अखिल नेपाल जनजाति सम्मेलनको नगर अधिवेशन सम्पन्न भएको छ ।
२०८२ भदौ १५ गते आइतबार माकरमोती बस्तीमा सो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले जुगलाल बुढामगर अध्यक्ष रहनुभएको सात सदस्यीय नगर समिति गठन गरेको छ ।
समितिको सचिवमा मेनुका थापा, कोषाध्यक्षमा रामसिंह लामा तथा सदस्यमा बिमला राईराना, कविराम दर्लामी, आसमा राना र गिरीबहादुर थापा रहनुभएको छ ।
अधिवेशनले रेम रानालाई सल्लाहकारमा चयन गरेको छ ।
प्रमुख अतिथि जनजाति सम्मेलन केन्द्रीय सदस्य शेरबहादुर सूर्यवंशीले ब्यानर पढेर अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनमा प्रमुख अतिथि सूर्यवंशीसहित राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सदस्य तिलकप्रसाद सुवेदी, राजमो नवलपरासीका अध्यक्ष किसनबहादुर अधिकारी, राजमो नवलपरासी जिल्ला सदस्य तथा स्थानीय जनप्रतिनिधि शोभाकान्त लामिछानेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशन जुगलाल बुढामगरको अध्यक्षता र रेम रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।


{“capture_mode”:”AutoModule”,”faces”:[]}