जनकपुरधाम । मोबाइल चोरीको आरोपमा कुटिएका रौतहटका एक दलित युवाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका– ४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको भदौ ११ गते मृत्यु भएको हो । मृतकका भाइ दर्शन बैठाका अनुसार घटना १६ र १७ साउनको हो ।
Advertisement
साउन १६ गते कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको आरोप लगाएर अन्य केही युवाको सहयोगमा नसिवमाथि कुटपिट गरेका थिए । त्यसको भोलिपल्ट १७ साउनमा पनि गाउँकै सञ्जय यादव र उनका भाइ विजय यादवले आफ्नो मोबाइल चोरी गरेको आशंकामा नसिवलाई गाउँभन्दा पर आँपको बगैँचामा लगेर निर्घात कुटपिट गरेका थिए ।