• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता : इजरायल–अमेरिका असन्तुष्ट


  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
  • पेरिस । प्यालेस्टिनी राज्यलाई मान्यता दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको निर्णयपछि इजरायल र अमेरिकामा असन्तोष बढेको छ ।

    Advertisement

    उनले गाजामा जारी युद्ध अन्त्य गर्न दुई–राज्य समाधानलाई अपरिहार्य भन्दै प्यालेस्टिनी राज्य शान्ति र इजरायलको सुरक्षाका लागि आवश्यक रहेको पत्रमार्फत इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रस्ट पारेका छन् ।

    म्याक्रोनले फ्रान्सको पहल ‘गाजामा भयावह मानवीय सङ्कटप्रति आक्रोश बाट प्रेरित भएको बताए । सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको युद्धमा मृतक प्यालेस्टिनीको संख्या ६३ हजार नाघेको इजरायली तथ्याङ्क छ । हाल गाजाको सबैभन्दा ठूलो सहरलाई लडाइँ क्षेत्र घोषणा गरिएको छ ।

    फ्रान्स, बेलायत, क्यानाडा, अस्ट्रेलिया र माल्टाले सेप्टेम्बर २३ देखि सुरु हुने संयुक्त राष्ट्रसंघीय महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता औपचारिक गर्ने बताएका छन् । न्युजिल्यान्ड, फिनल्यान्ड, पोर्चुगलसहित अन्य देशले पनि यस्तै कदम चाल्ने तयारी गरेका छन् ।

    नेतान्याहुले भने प्यालेस्टिनी राज्यलाई अस्वीकार गर्दै गाजामा सैन्य कारबाही बढाउने चेतावनी दिएका छन् । उनले म्याक्रोनको अभिव्यक्तिलाई ‘यहुदी विरोधलाई उक्साउने’ आरोप लगाए ।

    अमेरिकाका राजदुत चार्ल्स कुशनरले पनि यस्तो मान्यताले चरमपन्थीलाई प्रोत्साहन गर्ने दाबी गरे । उक्त दाबीलाई फ्रान्सले आपत्ति जनाएको छ ।

    विशेषज्ञ पास्कल बोनिफेसका अनुसार, पश्चिमी राष्ट्रहरूको समर्थनले दुई–राज्य समाधानलाई पुनः बहसको केन्द्रमा ल्याएको छ । यद्यपि गाजाको स्थितिले समाधान कठिन बनाइरहेको छ ।

    म्याक्रोनले नेतान्याहुलाई पठाएको पत्रमा ॅगाजाको कब्जा र जबरजस्ती विस्थापनले इजरायललाई अलगावमा पुर्‍याउने र यहुदी समुदायलाई अझ जोखिममा पार्ने’ चेतावनी दिएका थिए ।

    हालसम्म एक सय ४० भन्दा बढी देशले प्यालेस्टिनी राज्यलाई मान्यता दिइसकेका छन्, जसलाई धेरैले प्रतीकात्मक मान्छन् । तर विश्लेषकहरूका अनुसार यसले इजरायलमाथि कूटनीतिक दबाब बढाउनेछ ।

    फ्रान्सेली विदेशमन्त्री जीन–नोएल बारोटले फ्रान्स र साउदी अरबको नेतृत्वमा भएको पहलबाट पहिलो पटक अरब लिगका सबै सदस्यले नागरिकमाथि हमासको आक्रमणलाई निन्दा गरेको बताए । साथै, गाजामा हमासले शासन अन्त्य गरी हतियारहरू प्यालेस्टिनी प्राधिकरणलाई सुम्पिनुपर्ने सहमति भएको थियो ।

    विश्लेषक मुहम्मद शेहादाका अनुसार, यस कदमले नरमपन्थी प्यालेस्टिनीलाई बलियो बनाउनेछ र ‘हिंसाले नभई, कूटनीतिक बाटोले मात्र राज्य सम्भव छ’ भन्ने सन्देश प्रष्ट पार्नेछ ।

    प्यालेस्टिनी प्राधिकरणले सन् १९६७ को युद्धपछि कब्जामा परेका वेस्ट ब्याङ्क, पूर्वी जेरुसेलम र गाजामा स्वतन्त्र राज्यको सपना बोकेको छ ।

    आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.