• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जापानको प्रविधि र भारतको प्रतिभाले आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍यायो : जापानी प्रधानमन्त्री


  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
  • टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार जापानको प्रविधि र भारतको कच्चा प्रतिभाले आर्थिक सहयोगलाई उत्कृष्ट मिश्रणमा परिणत गर्नसक्ने बताउनुभएको छ ।

    Advertisement

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनलाई सम्बोधन गर्दै इसिबाले ‘मेक इन इन्डिया’ पहलमा जापानले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराउनुभयो ।

    “जापानको उन्नत प्रविधि र भारतको उत्कृष्ट प्रतिभा एकअर्काका पूरक हुन्, जसले हाम्रो आर्थिक सम्बन्धलाई नाटकीय रूपमा विस्तार गरेको छ । धेरै जापानी कम्पनीले विश्वव्यापी सहयोग विस्तार गर्दै मेक इन इन्डिया पहलमा प्रमुख योगदान दिएका छन् । आज, हाम्रो कम्पनीहरूबीच नयाँ सहयोग सम्झौताहरूको हस्ताक्षरले भारतमा लगानी विस्तार गर्ने र सहकार्य सुदृढ पार्ने जापानको दृढ प्रतिबद्धतालाई प्रस्ट देखाएको छ । यो हाम्रो दुई राष्ट्र वरिपरि केन्द्रित आपूर्ति शृङ्खला निर्माणको स्पष्ट प्रमाण हो”, जापानी प्रधानमन्त्रीले भन्नुभयो ।

    इसिबाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अन्तरिक्ष र स्वच्छ ऊर्जा क्षेत्रमा समेत दुवै देशबीच सहकार्य भइरहेको जानकारी दिनुभयो ।

    “मुख्य पहलहरूमा जनता–जनता आदानप्रदानलाई बढावा दिनु, प्रधानमन्त्री मोदीको आत्मनिर्भर भारत नीतिअन्तर्गत प्रविधि र बजारको लाभ लिनु, साथै सेमिकन्डक्टर र जैविक इन्धनजस्ता महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्नु पर्दछ”, उहाँले भन्नुभयो, “एआई, अन्तरिक्ष र स्वच्छ ऊर्जामा पनि दुवै देशबीच प्रयास भइरहेको छ । अनिश्चित वैश्विक अर्थतन्त्रमा लचिलो आपूर्ति शृङ्खला र आर्थिक सुरक्षाको लक्ष्य लिएर यी पहलहरूलाई दुवै सरकारले समर्थन गरेका छन् ।”

    प्रधानमन्त्री इसिबाले जनता–जनता सम्बन्धलाई अझै गहिरो बनाउने इच्छा व्यक्त गर्दै वाराणसी भ्रमणको अनुभव पनि बाँड्नुभयो ।

    “म भविष्यमा हाम्रो द्विपक्षीय सहयोग निरन्तर विकसित रहोस् भन्ने चाहन्छु । यसका लागि म तीन प्रमुख पहललाई प्राथमिकता दिन्छु—पहिलो, जनता–जनता आदानप्रदानलाई प्रवद्र्धन गर्नु । म छ वर्षअघि वाराणसी गएका थिएँ र त्यहाँको मेहनती जनशक्तिलाई देख्दा प्रभावित भएँ । विकासका लागि भारतको ऊर्जा प्रशंसनीय छ”, उहाँले भन्नुभयो, “दोस्रो, प्रविधि र बजारको संयोजन हो । धेरै जापानी कम्पनीले मुम्बई–अहमदाबाद उच्च गतिको रेल निर्माणमा मिलेर काम गरिरहेका छन् । तीस वर्षअघि भारतमा प्रवेश गरेको मारुति सुजुकीले अहिले ठूलो बजार हिस्सा ओगटेको छ ।”

    प्रधानमन्त्री नरेन्द्र मोदी १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुन अगस्ट २९–३० सम्म जापानको आधिकारिक भ्रमणमा रहनुभएको छ ।

    शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.