• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फ्रान्सेली अति–दक्षिणपन्थीद्वारा प्रधानमन्त्रीलाई बचाउने सम्झौता अस्वीकार


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • पेरिस । फ्रान्सको प्रमुख अति–दक्षिणपन्थी पार्टीले बिहीबार प्रधानमन्त्री फ्रान्कोइस बायरूसँग बजेटबारे सम्झौता गर्न ‘धेरै ढिलो’ भइसकेको भन्दै अस्वीकार गरेको छ ।

    Advertisement

    सरकारले खर्च कटौती गर्न चाहेको बजेटबारे महिनौँदेखिको गतिरोधपछि आगामी सेप्टेम्बर ८ मा आह्वान गरिएको विश्वासको मतमा बायरूले आफ्नो अस्तित्व जोगाउनु पर्नेछ ।

    तर अति–दक्षिणपन्थी र वामपन्थी दलहरूले समर्थन नगर्ने घोषणा गरेपछि विश्लेषकहरूले गत डिसेम्बरमा पदभार ग्रहण गर्नुभएका ७४ वर्षीय बायरूको प्रधानमन्त्री पद केही महिनामै जोखिममा पर्नसक्ने चेतावनी दिएका छन् ।

    “धेरै ढिलो भयो । प्रधानमन्त्री महोदय, तपाईंले फ्रान्सेली जनतालाई फाइदा हुने बजेट बनाउन पर्याप्त अवसरहरू गुमाउनुभयो”, नेसनल र्‍याली (आरएन) का उपनेता सेबास्टियन चेनुले टिएफ१ टेलिभिजनलाई भन्नुभयो, “पृष्ठ पल्टिएको छ । संवाद अब विगतको कुरा भइसकेको छ ।”

    बायरूले सोमबारदेखि पार्टी नेताहरूसँग वार्ता सुरु गर्ने घोषणा गर्नुभएको थियो । उहाँले फ्रान्सको ऋण भार कम गर्नका लागि दलहरूले बचत उपायहरूमा सहमति जनाए मात्र छलफल गर्न सकिने बताउनुभयो ।

    तर उहाँले गर्मीमा पार्टी नेताहरूसँग सम्पर्क नगरेको कारण ‘उहाँहरू बिदामा हुनुहुन्थ्यो’ भन्ने टिप्पणी गर्दा चेनुले कडा असन्तुष्टि जनाउनुभयो । चेनुले भन्नुभयो, “यो बयान अपर्याप्त मात्र होइन, तर ५० वर्षदेखि राजनीतिमा सक्रिय व्यक्तिबाट आएको हुनाले निकै चिन्ताजनक छ ।”

    यदि बायरूले विश्वासको मत गुमाउनुभयो भने, उहाँले आफ्नो सम्पूर्ण सरकारसँगै राजीनामा दिनुपर्नेछ । त्यसपछि राष्ट्रपति इमानुएल म्याक्रोनले उहाँलाई पुनः नियुक्त गर्न सक्नुहुनेछ वा नयाँ व्यक्तित्वलाई प्रधानमन्त्री चयन गर्न सक्नुहुनेछ ।

    यस अवस्थामा, सन् २०१७ मा पदभार सम्हालेयता म्याक्रोनले सातौँ प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना हुनेछ ।

    त्यसैगरी, उहाँले चाहेको खण्डमा राष्ट्रपति म्याक्रोनले एक वर्षभन्दा बढी समयदेखि फ्रान्सलाई सताइरहेको राजनीतिक गतिरोध तोड्न चाँडै चुनावको आह्वान पनि गर्न सक्नुहुनेछ ।

    तर बायरूले भने आकस्मिक चुनावले स्थिरता ल्याउन नसक्ने चेतावनी दिनुभएको छ । उहाँले सन् २०२४ को गर्मीमा भएको पछिल्लो चुनावले नै नेसनल र्‍याली (आरएन) लाई संसद्को सबैभन्दा ठूलो एकल पार्टीको रूपमा स्थापित गरेको स्मरण गराउनुभयो ।

    बायरूले आफैँ विश्वासको मत जित्ने सम्भावनाबारे आशावादी नभएको स्वीकार गर्दै भन्नुभयो, “आज, हामीलाई थाहा छ कि संसद्बाट यो विश्वास प्राप्त गर्न सक्दैनौँ, तर लामो समयदेखि हाम्रो हातमा बहुमत छैन भन्ने पनि प्रष्ट छ ।”

    तर उहाँले देशको ऋण भार घटाएर फ्रान्सका युवाहरूलाई सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँका अनुसार, यो ऋण युद्धपछिको पुस्ताका ‘बुमरहरूको आरामका लागि’ वर्षौँदेखि जम्मा हुँदै आएको हो ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.