काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विरुद्ध आज (मंगलबार) नेकपा (मसाल) सहित १० राजनीतिक दल तथा संगठनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछन् ।
Advertisement
दिउँसो १ बजे माइतीघर मण्डलामा विरोध सभाको आयोजना गरिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभएको छ ।
एमसीसी खारेजीको माग गर्दै १० दलले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् भने राजमोले संयुक्त वा एकल रुपमा पनि कार्यक्रम गरिरहेको छ ।
संसदमा विचारधीन एमसीसी सम्झौता संसदले यही असार १५ गतेसम्म अनुमोदन नगरे त्यो सवतः निस्क्रिय हुनेछ ।
करिब ५५ अर्बको विवादित एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सरकार र विपक्षी दलसमेत लागि परेका छन् । तर, सत्तारुढ नेकपाभित्रै वा संसद बाहिरको ठुलो शक्ति एमसीसी खारेजीको पक्षमा छ ।