• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दोस्रो विश्वयुद्धमा मारिएका मजदुरहरूको जापानी स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि


  •   बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
  • जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ ।

    Advertisement

    साथै, ती अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समूहले ती अवशेष सन् १९४२ मा एक दुर्घटनामा मृत्यु भएका करिब एक सय ८० जना श्रम गर्न बाध्य पारिएका प्रायः कोरियाली मजदुरको भएको जनाएको छ ।

    पश्चिमी यामागुची प्रान्तको चोसेई खानीको पूर्व स्थलमा कोरियाली गोताखोरहरूले यसै हप्ता तीनवटा हड्डी र एउटा खोपडी फेला पारेका थिए । प्रहरीको परीक्षणले ती सबै मानव अवशेष भएको पुष्टि गरेको छ ।

    तर प्रहरीको भनाइमा, ती हड्डी र खोपडी एउटै व्यक्तिका हुन् कि होइनन् भन्न वा उमेर र मृत्युको समय निर्धारण गर्न सकिएको छैन ।

    किजामु काई नामक समूहले ती अवशेषहरू पक्कै पनि ८३ वर्षअघि खानीमा मरेका पीडितहरूकै हुनुपर्ने बताएको छ ।

    यस खोजले एक सय ३६ जना श्रम गर्न बाध्य पारिएका कोरियाली मजदुर र ४७ जना जापानी कामदारका अन्य अवशेषहरू पत्ता लगाउने उनीहरूको प्रयासलाई ठूलो बल मिलेको समूहको भनाइ छ ।

    “म यस दिनको प्रतीक्षामा थिएँ”, समूहका प्रतिनिधि योको इनोउले मङ्गलबार हड्डी फेला परेको दिन भन्नुभयो ।

    यो खोज टोकियोमा जापानी प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच भएको शिखर सम्मेलनको केही दिनपछि भएको हो । उक्त सम्मेलनमा ऐतिहासिक मतभेदलाई बेवास्ता गर्दै सुरक्षा र व्यापार जस्ता महत्त्वपूर्ण मुद्दामा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको थियो ।

    चोसेई समुद्रतल खानी सन् १९१४ मा सञ्चालनमा आएको थियो । तर सन् १९४२ फेब्रुअरीमा खानीको छतको एउटा हिस्सा भत्किँदा पानी पसेर एक सय ८३ जना कामदारको मृत्यु भएको थियो ।

    यो दुर्घटना लामो समयसम्म बिर्सिएको अवस्थामा रह्यो । सन् १९९१ मा नागरिक समूहहरूले पीडितहरूका लागि स्मारक निर्माण गर्ने र पूर्व खानी स्थलको संरक्षण गर्ने प्रयास थालेपछि मात्रै यसबारे पुनः ध्यानाकर्षण भएको थियो ।

    इतिहासकारहरूका अनुसार, दोस्रो विश्वयुद्धअघि र युद्धका क्रममा जापानले लाखौँ कोरियाली मजदुरलाई जबरजस्ती लगेको थियो । अधिकांश जापानी पुरुषहरू युद्धको मोर्चामा पठाइएकाले ती मजदुरलाई खानी र कारखानामा श्रम अभाव पूरा गर्न प्रयोग गरिएको थियो ।

    वर्षौंको अनुसन्धानपछि किजामु काई समूहले गत वर्षदेखि समुद्रमुनि अवशेष खोजी सुरु गरेको हो । यसमा साक्षीका बयान र ऐतिहासिक अभिलेख सङ्कलन गरिएको थियो ।

    प्रधानमन्त्री इशिबाले यस वर्षको सुरुआतमा युद्धकालीन पीडितप्रति सहानुभूति व्यक्त गर्दै सुरक्षित रूपमा खोजी कसरी गर्ने भन्नेबारे विज्ञहरूसँग सल्लाह लिन अनुमति दिनुभएको थियो ।

    जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले खानी दुर्घटनाका सबै पीडितप्रति समवेदना व्यक्त गर्दै सरकारले अवशेषहरूको परीक्षण गरिरहेको बताउनुभयो । उहाँले अझै सुरक्षित रूपमा खोजी गर्न आवश्यक विशेषज्ञता सङ्कलन गर्ने काम बाँकी रहेको बताउनुभयो ।

    तर किजामु काई समूहले आफ्नै प्रयासमा खोजी गरिरहेको छ । युद्धकालीन अवशेषहरूको जिम्मेवार निकाय जापानी स्वास्थ्य तथा कल्याण मन्त्रालय खोजीमा सहयोग गर्न अनिच्छुक रहेको बताइन्छ ।

    आलोचकहरूका अनुसार, जापानी सरकारले लामो समयदेखि युद्धकालीन अत्याचारबारे मौनता अख्तियार गरेको छ । यसमा एसियाली महिलाहरूको यौन दुर्व्यहार र दासत्व (विशेषगरी ‘कम्फर्ट वुमन’ भनेर चिनिएका कोरियाली महिला) तथा श्रम गर्न बाध्य पारिएका मजदुरको प्रयोगजस्ता मुद्दा पर्दछन् ।

    जापानी सरकारले भने सन् १९६५ को सामान्यीकरण सन्धिअन्तर्गत दुई देशबीचका सबै क्षतिपूर्तिका मुद्दा समाधान भइसकेको दाबी गर्दै आएको छ । तर कोरियालीहरूले जापानको औपनिवेशिक कालीन अत्याचारका लागि क्षतिपूर्ति मागिरहँदा दुवै देशबीच सम्बन्ध प्रायः तनावपूर्ण बन्ने गरेको छ ।

    यद्यपि, सन् २०२३ पछि चीनको बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै वासिङ्टनको दबाबमा दुई छिमेकी देशबीच सम्बन्ध सुधार भएको छ, जसले सुरक्षा सहकार्यलाई प्राथमिकता दिने बाटो खोलेको छ ।

    बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.