• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सहिद सरोज शर्माप्रति मूल प्रवाहको श्रद्धाञ्जली


  •   बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) प्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा २०८२ भदौ ११ गते बुधबार उहाँको स्मृतिदिवस पारेर प्रेसवक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

    सहिद सरोज शर्माको २०४२ भदौ ११ गते तदनुसार अगस्त २७, १९८५ का दिन दिल्लीको बेलारोडमा पत्रिका विक्री गर्न जाने क्रममा मृत्यु भएको थियो । उहाँ त्यति बेला “नेपाली एकता” पत्रिकाको सहसम्पादक हुनुहुन्थ्यो ।

    नेकपा (मसाल), मूल प्रवाह र त्यससम्बद्ध जनवर्गीय सङ्गठनले उहाँलाई सहिद मान्दै आएका छन् । सोही क्रममा प्रत्येक वर्ष भदौ ११ गते सहिद सरोज शर्माको स्मृतिदिवस मनाउने गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    आज भदौ ११ गते सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को उन्चालिसौँ स्मृतिदिवस । हामी उहाँलाई स्मरण गर्दै उहाँले देखाएको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता दोहराउन गइरहेका छाँ ।

    आजभन्दा ३८ वर्षपहिले २०४२ भदौ ११ गते तदानुसार अगस्त २७, १९८५ का दिन तत्कालीन तानाशाही पञ्चायती व्यवस्थाका भरौटेको इसारामा दिल्लीमा सरोज शर्माको हत्या भएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मासिक बुलेटिन “नेपाली एकता” को सहसम्पादकको भूमिकामा रही प्रवासी नेपालीमा चेतना जगाउने काम गरिरहनु भएको थियो । सरोज शर्मा दिल्लीको बेलारोडस्थित नेपाली मन्दिरमा कृष्णजन्माष्टमीको अवसरमा आयोजित तिजको कार्यक्रममा “नेपाली एकता” पत्रिका वितरण गर्ने र समाचार सङ्कलन गर्ने कामले जानुभएको थियो । त्यसपछि उहाँ कहिल्लै फर्किनुभएन । उहाँको हत्या भएको रहेछ । खोजतलास गर्दै गर्दा दैनिक पत्रिकामा प्रकाशित लावारिस लाससम्बन्धी सूचनामार्फत प्राप्त जानकारीको आधारमा उहाँ निधन भएको पुष्टि भयो ।

    उहाँको कुनै व्यक्तिगत शत्रुता कसैसँग थिएन । शत्रुता थियो त निरङ्कुश राजतन्त्र र उसको तानाशाही पञ्चायती व्यवस्थासित । उहाँ नेपालमा छँदा “हाँक” साप्ताहिक पत्रिका सञ्चालन गरेर सामन्ती प्रतिक्रियावादीलाई च्यालेन्ज गरिरहनु भएको थियो । त्यही समयमा २०४२ सालमा बमकाण्ड घट्यो । प्रतिक्रियावादी सरकारले उहाँलाई त्यसमा आरोपी बनाएको हुँदा भूमिगत भई भारतमा आएर जनतामा मुक्तिका लागि चेतना फैलाउने काममा लाग्नुभयो ।

    उहाँ सङ्गठनको जुझारु, अनुशासित, कर्तव्यनिष्ठ र दृढनिश्चयी, कर्मठ, सैद्धान्तिक रूपमा प्रष्ट र क्रान्तिकारी आन्दोलनप्रति समर्पित सदस्य हुनुहन्थ्यो । जनताको हकहितका साथै जनताका मुक्तिको लागि सहादत भएको समयमा पनि उहाँले इतिहासले “सुम्पेको जिम्मेवारी या इतिहासले गरेको मजाक” नामक कृतिको सम्पादन गर्ने काम गरिरहनु भएको थियो ।

    हाम्रो सङ्गठनले स्थापनाकालदेखि नै कैयौँ आरोहअवरोह झेल्दै क्रान्तिकारी अभिभारा पूरा गर्दै आएको छ । श्रमजीवी वर्गको विचारको रक्षा र विस्तारको प्रश्न नै हाम्रो सङ्गठनको वर्तमानको मुख्य अभिभारा हो । हामीले सही कार्यदिशा निश्चित गरी देश तथा प्रवासमा रहने श्रमजीवी नेपालीको बिचमा महत्त्वपूर्ण भूमिका खेल्दै क्रान्तिकारी विचारको रक्षा गर्न सक्नेछौँ ।

    हामी दृढतापूर्वक भन्दछौँ कि सबै खालका भड्कावबाट सङ्गठनको रक्षा गर्न हाम्राअगाडि आउने सबै चुनौतीको सामना गर्न हामी तयार छौँ र रहिरहनेछौं । हाम्रो महान् र निरन्तर क्रान्ति अभियानमा क. सरोज शर्माका सपना सर्वदा जीवित रहनुहुनेछ र उहाँको योगदानलाई सदा स्मरण गरिनेछ ।

    सङ्गठनको जिम्मेवारी पूरा गर्ने क्रममा उहाँको मृत्यु भएको थियो र त्यसरी सङ्गठनले उहाँलाई सहिद मान्दै आएको छ । आज उहाँको स्मृतिदिवस हो । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    बुधबार, भदौ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.