• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विश्वमा पिउने पानीको अभाव बढ्दै छः राष्ट्रसंघ


  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
  • जेनेभा । विश्वभर अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

    Advertisement

    राष्ट्रसङ्घले मङ्गलबार प्रकाशित प्रतिवेदनमा सन् २०३० सम्ममा सबैका लागि सुरक्षित पानी र सरसफाइ उपलब्ध गराउने लक्ष्य अझै टाढिँदै गएको बताएको छ ।

    संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य संस्था (डब्लुएचओ) र बाल एजेन्सी (युनिसेफ) ले संयुक्त रूपमा जारी गरेको अध्ययनअनुसार गत वर्ष विश्वका चारमध्ये एक जना मानिस सुरक्षित रूपमा व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित थिए । अझै पनि करिब १० करोड मानिस सतहको पानीमै निर्भर छन्, जसले उनीहरूलाई रोगको उच्च जोखिममा पारेको छ ।

    “पानी, सरसफाइ र स्वच्छता कुनै विशेषाधिकार होइन, ती आधारभूत मानव अधिकार हुन्”, डब्लुएचओका वातावरण विभागका प्रमुख रुडिगर क्रेचले भन्नुभयो, “सबैभन्दा सीमान्तकृत समुदायहरूका लागि कामलाई तीव्र बनाउनैपर्छ ।”

    प्रतिवेदनले पिउने पानीलाई पाँच तहमा वर्गीकरण गरेको छ । सबैभन्दा माथिल्लो तह ॅसुरक्षित रूपमा व्यवस्थित’ हो, जसमा पानी घरमै उपलब्ध हुने, आवश्यक बेला पाइने र मल तथा रासायनिक प्रदूषणबाट मुक्त हुने सुविधा समावेश हुन्छ ।

    अन्य तहहरूमा आधारभूत (३० मिनेटभित्र सुधारिएको स्रोतमा पुग्ने), सीमित (३० मिनेटभन्दा बढी लाग्ने), असुरक्षित (असुरक्षित कुवा वा भूमिगत पानी) र सतहको पानी पर्दछन् ।

    – पानी पहुँचमा प्रगति र चुनौती –

    सन् २०१५ देखि अहिलेसम्म ९६ करोड १० लाख मानिसले सुरक्षित पिउने पानीको पहुँच पाएका छन् । यस अवधिमा विश्वव्यापी पहुँच ६८ प्रतिशतबाट बढेर ७४ प्रतिशत पुगेको छ ।

    तर अझै पनि दुई अर्ब १० करोड मानिस सुरक्षित रूपमा व्यवस्थित पिउने पानीबिनै बाँचिरहेका छन् । तीमध्ये १० करोड ६० लाखले सतहको पानी प्रयोग गरेका छन् । यो सङ्ख्या एक दशकमा छ करोड १० लाखले घटेको भए पनि चुनौती गम्भीर नै छ ।

    सन् २०१५ मा १४२ देशले सतहको पानी प्रयोगलाई पूर्ण रूपमा हटाएका थिए भने २०२४ मा यो संख्या बढेर १५४ पुगेको छ ।

    हालसम्म ८९ देशमा कम्तीमा आधारभूत पिउने पानी सबैका लागि उपलब्ध छ भने ३१ देशमा सुरक्षित रूपमा व्यवस्थित सेवाहरू पूर्ण रूपमा पुगेका छन् ।

    तर २८ देशमा अझै पनि चारमध्ये एक जनाभन्दा बढी आधारभूत सेवाबाट वञ्चित छन्, जसको धेरैजसो अफ्रिकी मुलुकमा केन्द्रित छ ।

    – सरसफाइ र स्वच्छता सेवामा सुधार –

    सरसफाइको क्षेत्रमा पनि केही प्रगति भएको छ । सन् २०१५ देखि अहिलेसम्म एक अर्ब २० करोड मानिसले सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाको पहुँच पाएका छन् । यस अवधिमा पहुँच ४८ प्रतिशतबाट बढेर ५८ प्रतिशत पुगेको छ ।

    सुरक्षित सरसफाइ भन्नाले साझा नभएको सुविधा र त्यहाँ उत्पादन भएको मल सुरक्षित रूपमा नष्ट वा प्रशोधन गरिएको अवस्थामा बुझिन्छ ।

    खुला शौच गर्ने मानिसहरूको संख्या पनि घटेर सन् २०२४ मा ३५ करोड ४० लाख (विश्व जनसंख्याको चार प्रतिशत) मा झरेको छ । यो सन् २०१५ को तुलनामा करिब ४२ करोड ९० लाखले कम हो ।

    यस्तै, आधारभूत स्वच्छता सेवामा पनि एक अर्ब ६० करोड मानिस थपिएका छन् । घरमै साबुन र पानीसहित हात धुने सुविधा पाउनेहरूको दर ६६ प्रतिशतबाट बढेर ८० प्रतिशत पुगेको छ ।

    – बालबालिकामा असर –

    युनिसेफकी वाश विभाग प्रमुख सिसिलिया शार्पले चेतावनी दिँदै भन्नुभयो, “जब बालबालिकाले सुरक्षित पानी, सरसफाइ र स्वच्छताको पहुँच पाउँदैनन्, उनीहरूको स्वास्थ्य, शिक्षा र भविष्य जोखिममा पर्छ ।”

    उहाँले असमानताहरू विशेषगरी केटीहरूका लागि कडा हुने उल्लेख गर्नुभयो । उहाँका अनुसार उनीहरूले प्रायः पानी ल्याउने जिम्मेवारी सम्हाल्छन् र मासिक धर्मका बेला थप कठिनाइ भोग्छन् ।

    उहाँले भन्नुभयो, “हालको गतिमा अघि बढ्दा प्रत्येक बालबालिकालाई सुरक्षित पानी र सरसफाइको वाचा अझै अधुरै रहन्छ ।”

    मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.