• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतीय निर्वाचन आयोगमाथि विपक्षीको धाँधली आरोप


  •   मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
  • नयाँदिल्ली । लामो समयदेखि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक मानिँदै आएको भारतीय निर्वाचन आयोग अहिले आफ्‌नो विश्वसनीयता र स्वतन्त्रतामाथि अभूतपूर्व प्रश्न उठ्दै आलोचनाको घेरामा परेको छ ।

    Advertisement

    विपक्षी दलका नेता र आलोचकहरूले हालै सम्पन्न आम निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको र यसले सम्पूर्ण परिणाम प्रभावित पारेको आरोप लगाएका छन् । तर, निर्वाचन आयोगले भने सबै आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गरेको छ ।

    नयाँदिल्लीको संसद्मा प्रमुख विपक्षी नेता तथा कांग्रेस पार्टीका राहुल गान्धीले यस अभियानको नेतृत्व गरिरहनुभएको छ ।

    उहाँले अघिल्लो पटक इलेक्ट्रोनिक मतदान मेसिनहरू त्रुटिपूर्ण भएको आरोप लगाउनुभएको थियो । अहिले भने उहाँले निर्वाचन आयोगले डिजिटल मतदाता रेकर्ड सार्वजनिक गर्न अस्वीकार गरेको बताउँदै आफ्ना समर्थकहरूले हप्तौँसम्म हातैले दर्ता सूचीहरू जाँच्दा भेटिएका त्रुटिहरू देखाउनुभएको छ ।

    – आरोपहरू के के छन् ? –

    पचपन्न वर्षीय गान्धीले सन् २०२४ को संसदीय चुनावमा मत हेरफेरका कारण आफ्‌नो पार्टीले दर्जनौँ सिट गुमाएको दाबी गर्नुभएको छ । एक अर्ब ४० करोड जनसंख्या भएको भारतभरि छ हप्तासम्म चलेको यो चुनावलाई मानव इतिहासकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिन्छ ।

    गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) लाई समर्थन गर्न आयोगले मतदाता सूचीमा हेरफेर गरेको बताउनुभयो । चौरहत्तर वर्षीय मोदीले गत वर्ष ऐतिहासिक तेस्रो कार्यकाल जिते पनि स्पष्ट बहुमत प्राप्त गर्न सक्नुभएको थिएन ।

    गान्धीका अनुसार धाँधलीका रणनीतिहरूमा एउटै व्यक्तिको नामबाट धेरै पटक मतदान गर्नु, नक्कली ठेगाना प्रयोग गरेर मतदाता थप्नु जस्ता काम समावेश थिए ।

    अगस्ट ७ मा उहाँले पत्रकार सम्मेलनमार्फत आफ्‌नो पार्टी सानो मतान्तरले हारेको निर्वाचन क्षेत्रमा एक लाखभन्दा बढी ॅनक्कली’ मत खसेको उदाहरण प्रस्तुत गर्नुभयो । यस क्षेत्रमा कांग्रेस ३० हजारभन्दा बढी मतले पराजित भएको थियो ।

    “हाम्रो माग स्पष्ट छ—निर्वाचन आयोगले डिजिटल मतदाता सूची पारदर्शी रूपमा सार्वजनिक गरोस् ताकि जनता र राजनीतिक दलहरूले स्वतन्त्र रूपमा लेखापरीक्षण गर्न सकून्”, गान्धीले भन्नुभयो ।

    – निर्वाचन आयोगको प्रतिक्रिया –

    भारतीय निर्वाचन आयोगले यी सबै आरोपलाई ॅझुटा र भ्रामक’ भनेको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले आयोग कहिल्यै आफ्‌नो संवैधानिक कर्तव्यबाट पछि नहट्ने बताउनुभयो ।

    “निर्वाचन आयोगलाई राजनीतिक औजारका रूपमा प्रयोग गरेर भारतका मतदातालाई लक्षित गर्ने प्रयास भइरहेको छ”, उनले पत्रकार सम्मेलनमा भन्नुभयो, “आयोग सबै मतदातासँग दृढतापूर्वक उभिएको छ र कुनै भेदभावबिना आफ्‌नो कर्तव्य पूरा गर्न निरन्तर प्रतिबद्ध छ ।”

    कुमारले आरोप लगाउनेहरूले प्रमाणसहित शपथपत्र पेस गर्न वा राष्ट्रसँग माफी माग्नुपर्ने चेतावनी पनि दिनुभयो ।

    – किन अहिले ? –

    गान्धीले अगस्ट १७ मा बिहारमा एक महिनासम्म चल्ने ॅमतदाता अधिकार’ र्‍याली सुरु गर्नुभएको छ, जसमा ठूलो जनसमर्थन प्राप्त भएको बताइएको छ । अक्टोबर वा नोभेम्बरमा त्यहाँ हुने विधानसभा चुनावअघि यी आरोपहरू चर्किएका हुन् ।

    विपक्षीहरूले आयोगले पञ्जीकरण सुधारका नाममा कडा कागजात मागेर सामूहिक मताधिकार हनन गरेको दाबी गरेका छन् । तर, गत हप्ता भारतको सर्वोच्च अदालतले अधिकांश नागरिकसँग हुने बायोमेट्रिक आइडीलाई वैध मान्दै राहत दिएको छ ।

    यसैबीच, कार्यकर्ताहरूले जीवित मतदातालाई मृत घोषित गरिएको, पूरा परिवारलाई दर्ता सूचीबाट हटाइएकोजस्ता घटनाहरू रिपोर्ट गरेका छन् ।

    गान्धीले यसलाई ॅअन्तिम षड्यन्त्र’ भन्नुभएको छ । बिहारमा मतदाता प्रमाणीकरण प्रक्रिया सेप्टेम्बर २५ भित्र सक्ने र अन्तिम सूची पाँच दिनपछि प्रकाशित गर्ने योजना छ ।

    गान्धीले आरोप लगाउँदै भन्नुभयो, “सुधारको नाममा उनीहरूले नयाँ मतदाता थप्ने र पुराना मतदाता हटाएर चुनाव चोर्न खोजेका छन् ।”

    आयोगले भने यो अभ्यास विदेशी अवैध आप्रवासीलाई मतदाता सूचीमा प्रवेश गर्न नदिन गरिएको स्पष्ट पारेको छ ।

    मोदी नेतृत्वको भाजपाले लामो समयदेखि छिमेकी बङ्गलादेशबाट ठूलो संख्यामा कागजातविहीन आप्रवासी मुस्लिमहरू भारतको मतदाता सूचीमा प्रवेश गरेको दाबी गर्दै आएको छ ।

    यता आयोगले बिहारमा मेसिनले पढ्न सकिने डिजिटल रेकर्डलाई स्क्यान गरिएको छविले प्रतिस्थापन गरेपछि आलोचना बढेको छ । आलोचकहरूको भनाइमा यस परिवर्तनले त्रुटि पत्ता लगाउन कठिन हुने र समय बढी लाग्ने सम्भावना बढेको छ ।

    मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.