• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम गर्ने कुनै पनि संरचना निर्माण भएका थिएनन् ।

    Advertisement

    घण्टौँको पैदलयात्राले थकित पर्यटक गोरेटो छेउमै विश्राम लिन्थे । तर अहिले त्यो समस्याको समाधान भएको छ ।

    ढोरपाटन उपत्यकादेखि करिब पाँच घण्टा उकालो पैदल यात्रापछि मात्रै बुकीपाटनको पहिलो स्थान गर्पाछेडा पुगिने हुँदा ठाउँ–ठाउँमा विश्रामस्थल निर्माण गरिएको छ ।

    पदमार्गको छेउमा निर्माण गरिएका विश्रामस्थलले आन्तरिक तथा बाह्य पर्यटकको बुकीपाटन यात्रालाई सहज बनाई दिएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङले रु २० लाखमा पदमार्गसहित चेप्टा ढुङ्गा, ढुङ्गे देउराली र गर्पाछेडा गरी तीन स्थानमा विश्रामस्थल बनाई दिएको छ । विश्रामस्थलमा पर्यटकले रातसमेत बिताउने गरेका छन् । उच्च पहाडी क्षेत्र भएको हुँदा यहाँको मौसम निकै चिसो हुने हुँदा विश्रामस्थलमा बास बस्दा न्यानो कपडा भने आवश्यक पर्छ ।

    अघिल्लो वर्षदेखि चर्चामा आएको बुकीपाटन यस वर्ष दैनिक १०० बढी पर्यटक ढोरपाटन उपत्यकादेखि उक्लिने गरेका छन् । ढोरपाटन पुगेका पर्यटक जति बेला पनि बुकीपाटन उक्लिँदा बीच बाटोमा अलपत्रसमेत पर्ने गरेका छन् । मौसम हेरेर दिउँसो २ः०० बजेभन्दा पछाडि ढोरपाटन उपत्यकादेखि बुकीपाटनको यात्रा गर्न नहुने होटल व्यवसायी सङ्घ ढोरपाटनका अध्यक्ष जीवन पुनले बताउनुभयो । बुकीपाटन पुग्नका लागि तीनदेखि पाँच घण्टा लाग्ने हुँदा साँझपख यात्रा तय नगर्न उहाँले आग्रह गर्नुभयो ।

    अध्यक्ष पुनले भन्नुभयो, ‘बुकीपाटन चार हजार मिटरभन्दा माथिको उचाइमा रहेको हुँदा लेक लाग्न सक्छ, अलि सजक भएर जानुपर्छ, माथि (बुकीपाटन) जाँदा दिउँसो २ः०० बजेभन्दा पछाडि यात्रा तय गर्नुहुँदैन, झोलामा पर्याप्त खानेकुरा, तातोपानी लेक लाग्ने औषधि बोक्नुपर्छ, यसपाली त ठाउँ–ठाउँमा विश्रमस्थल पनि बनेको छ, बढी गाह्रो भयो भने त्यहाँ पनि विश्राम गर्न सकिन्छ ।’

    काठमाडौँबाट घुम्न आउनुभएका रूपेश वाइबाले ठाडोखोलादेखि माथि निकै उकालो रहेको हुँदा ढुङ्गे देउराली पुगेपछि दुई घण्टा विश्रामस्थलमा आराम गरेर गर्पाछेडा पुगेको बताउनुभयो । पदमार्ग छेउमा बनेका काठका फल्याक र जस्तापाताले छाएका विश्रामस्थलले आफूजस्ता पर्यटकलाई ठूलो राहत दिएको उहाँको भनाइ छ ।

    ‘यस्तो विकट स्थानमा पनि विश्रामस्थल बनाउनुभएको रहेछ, यहाँ त रातिमा पनि बस्न सकिँदो रहेछ, गोठमाभन्दा त विश्रामस्थलमा बस्न धेरै आनन्द हुँदो रैछ’, वाइबाले भन्नुभयो, ‘विश्रामस्थलमा अल्ली व्यवस्थित ढोका बनाएको भए अझ राम्रो हुन्थ्यो, हामीहरू त माथि जाँदा पनि आराम गर्‍यौँ फर्किदा पनि थकाइ लागेर आराम गर्‍यौँ ।’

    पोखराबाट आउनु भएका डेभिड गुरुङले ढोरपाटनबाट ढिला यात्रा गर्दा बुकीपाटन नपुग्दै राति भएपछि ‘स्लिपिङ ब्याग’ बिच्याएर विश्रामस्थलमै बास बसेको बताउनुभयो । चार जनाको समूहमा घुम्न आएको सुनाउँदै चेप्टाढुङ्गा पुग्दा साँझ परेपछि त्यहीँको विश्रामस्थलमा रात बिताएको उहाँको भनाइ छ ।

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.