• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मानव पुर्खा लुसीको प्रागमा पहिलोपटक युरोपेली प्रदर्शन


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • प्राग । मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय संग्रहालयमा पहिलोपटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन् ।
    यी हङ्डीका टुक्राहरू विरलै इथियोपियाबाहिर लैजाने गरिन्छन् ।

    Advertisement

    अस्ट्रेलोपिथेकस अफारेन्सिस प्रजातिका यी प्राचीन अवशेषहरू सन् १९७४ मा इथियोपियामा फेला परेका थिए । त्यो खोज त्यतिबेला अहिलेसम्मकै सबैभन्दा पूर्ण जीवाश्म थियो र यसले मानव पुर्खासम्बन्धी बुझाइमा क्रान्ति ल्याएको छ ।

    लुसीका अवशेषसँगै सेलाम नाम दिइएको अर्को जीवाश्म पनि प्रस्तुत गरिनेछ । सेलाम लुसीभन्दा झण्डै एक लाख वर्ष पहिले बाँचेको दुई वर्ष सात महिनाको बच्चा अस्ट्रेलोपिथेकस हो । यसको जीवाश्म लुसी फेला परेको २५ वर्षपछि सोही क्षेत्रमा पाइएको हो ।

    लुसी पत्ता लगाउने डोनाल्ड जोहानसन र सेलाम पत्ता लगाउने जेरिसेने अलेम्सेगेड दुवै प्रागमा हुने उद्घाटन कार्यक्रममा सहभागी हुनुहुनेछ ।

    “सेलामलाई अहिलेसम्म कहिल्यै इथियोपियाबाहिर प्रदर्शन गरिएको छैन र लुसीलाई केवल एक पटक मात्र संयुक्त राज्य अमेरिकामा देखाइएको थियो”, राष्ट्रिय सङ्ग्रहालयका निर्देशक माइकल लुकेसले भन्नुभयो ।

    अगस्ट १५ मा अवशेषहरू प्राग आइपुगेपछि उहाँले यसलाई ॅविश्वकै सबैभन्दा बहुमूल्य र प्राचीन पुरातात्त्िवक प्रदर्शनीमध्ये एक’ भनेर वर्णन गर्नुभयो ।

    आदीस अबाबामा रहेको इथियोपियाको राष्ट्रिय संग्राहालयले उधारो दिएको ५२ टुक्रा अवशेषहरू ‘मानव उत्पत्ति र जीवाश्म’ प्रदर्शनीअन्तर्गत ६० दिनका लागि प्रदर्शनीमा राखिनेछन् ।

    इथियोपियाली हेरिटेज अथोरिटीका निर्देशक अबेबाव अयाल्यु गेल्लाले यो प्रदर्शनीले ‘इथियोपियालाई मानव मूलको भूमिका रूपमा प्रवद्र्धन गर्ने’ बताउनुभयो ।

    उहाँलेले भन्नुभयो, “लुसीले मानव पुर्खाको अध्ययनमा क्रान्ति ल्यायो—पहिलो त यसको पूर्णताका कारण र दोस्रो यसको उमेरका कारण । सेलाम आफ्नो युगकै लागि अद्वितीय जीवाश्म हो… यो दुई वर्ष सात महिनाको उमेरमा मरेको बालकको जीवाश्म हो ।”

    – बिटल्सबाट प्रेरित नाम –

    हाल लुसीका जीवाश्म अवशेषमा दन्त टुक्रा, खोपडीका भाग, नितम्बको भाग र तिघ्राको हाडका अंश समावेश छन् ।

    एक दशमलव एक मिटर अग्लो (३ फिट ७ इन्च) र २९ किलोग्राम (६४ पाउन्ड) तौलकी लुसीको कंकाल अन्तिमपटक इथियोपियाबाहिर सन् २००७ देखि २०१३ सम्म अमेरिकी संग्रहालयहरूको भ्रमणमा देखाइएको थियो ।

    उनी पत्ता लाग्दा टोलीले द बिटल्सको ॅलुसी इन द स्काई विथ डायमन्ड्स’ गीत सुनेका कारण उनको नाम लुसी राखिएको हो ।

    लुसी दुई खुट्टामा हिँड्थिन् र ११ देखि १३ वर्षको उमेरमा मृत्यु भएको अनुमान गरिन्छ । यो उमेरमा यो प्रजातिका लागि वयस्क मानिन्थ्यो ।

    पहिले लामो समयसम्म सबैभन्दा पुरानो मानव पुर्खा मानिएकी लुसीलाई सन् १९९४ मा फेला परेको अर्को जीवाश्मले त्यस स्थानबाट हटायो । त्यो थियो अर्डी—अर्डिपिथेकस रामिडस प्रजातिकी महिला । यिनले करिब ४५ लाख वर्षअघि इथियोपियामा जीवन बिताएकी थिइन् ।

    सन् २००१ मा चाडमा ‘तौमाई’ नाम दिइएको ६/७ लाख वर्ष पुरानो खोपडी फेला पर्‍यो, जसले मानव परिवार अझ पुरानो हुनसक्ने संकेत दियो ।

    सन् २०१६ को एक अध्ययनले लुसीको माथिल्लो हात असामान्य रूपमा बलियो भएको देखायो । अध्ययनले उनी नियमित रूपमा रूख चढ्ने र रातमा हाँगामा गुँड बनाएर बस्ने गर्थिन् भन्ने सुझाव दियो ।

    तर उनको खुट्टा भने कमजोर थिए, जसले उक्लनमा खासै भूमिका खेल्दैन र हिँड्नमा पनि प्रभावकारी थिएन भन्ने नतिजा आयो ।

    त्यसैगरी, उनको एउटा हड्डीमा भेटिएको र्याक्चरको अध्ययनले लुसी सम्भवतः अग्लो रूखबाट खस्दा मृत्यु भएको थियो भन्ने संकेत दिएको छ ।

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.