• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जेलमा रहेका पूर्व नेतालाई श्रीलङ्काका पूर्व राष्ट्रपतिहरूको समर्थन


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • कोलम्बो । श्रीलङ्काका तीन पूर्वराष्ट्रपतिले आइतबार जेलमा रहेका पूर्व नेता रनिल विक्रमासिंघेसँग एकता प्रकट गर्नुभएको छ । उहाँहरूले विक्रमासिंघेको कारावासलाई लोकतन्त्रविरुद्धको ‘सुनियोजित आक्रमण’ भन्दै निन्दा गर्नुभएको छ ।

    Advertisement

    सन् २०२२ जुलाईदेखि सन् २०२४ सेप्टेम्बरसम्म राष्ट्रपति रहनुभएका विक्रमासिङ्घेविरुद्धका आरोपहरू निरर्थक भएको पूर्व राजनीतिक प्रतिद्वन्द्वीहरूले बताए ।

    सन् २०२३ सेप्टेम्बरमा हवाना भएको जी–७७ शिखर सम्मेलन र न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घीय महासभापछि घर फर्कने क्रममा बेलायतमा रोकिएको बेला ५५ हजार डलर खर्च गरेको आरोप उहाँमाथि लगाइएको छ ।

    छयत्तर वर्षीय विक्रमासिङ्घेलाई हिरासतमा लिएको भोलिपल्ट शनिबार कोलम्बोको मुख्य सरकारी अस्पतालको सघन उपचार कक्षमा सारिएको थियो ।

    चिकित्सकहरूका अनुसार उहाँ गम्भीर डिहाइड्रेसनका साथै तीव्र मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्छ ।

    “हामीले देखिरहेको अवस्था हाम्रो लोकतान्त्रिक मूल्यप्रति गरिएको योजनाबद्ध आक्रमण हो”, पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुङ्गले एक विज्ञप्तिमा भन्नुभयो ।

    असी वर्षीया कुमारातुङ्गाले विक्रमासिंघेलाई जेलमा हाल्नु केवल एक व्यक्तिको भाग्यसँग सीमित नभई सम्पूर्ण नागरिक अधिकारमाथि प्रहार भएको बताउनुभयो ।

    “यस किसिमका प्रयासहरूको प्रतिरोध गर्नु सबै राजनीतिक नेताको कर्तव्य हो र म यस कार्यको विरोधमा पूर्ण हृदयले जोड दिन्छु”, उहाँले भन्नुभयो ।

    कुमारातुङ्गाका उत्तराधिकारी ७९ वर्षीय महिन्दा राजापाक्षले पनि विक्रमासिंघेसँग ऐक्यबद्धता जनाउनुभयो । उहाँले कुमारातुङ्गालाई सघन उपचार कक्षमा सारिनुअघि शनिबार जेलमै भेट्नुभएको थियो ।

    विक्रमासिंघेलाई सन् २०१८ अक्टोबरमा प्रधानमन्त्री पदबाट बर्खास्त गरेका ७३ वर्षीय मैत्रिपाला सिरिसेनाले पनि उहाँलाई दिइएको जेल सजायलाई ‘डाइन शिकार’ का रूपमा चित्रण गर्नुभयो ।

    “हामीले देखिरहेको कुरा भनेको नयाँ सरकारका विरोधीहरूलाई चुप गराउने व्यवस्थित अभियान हो”, सिरिसेनाले भन्नुभयो, “उनीहरूले लोकतन्त्रलाई गाड्ने कफिनलाई पालिस लगाइरहेका छन् ।”

    विक्रमासिंघेको आफ्‌नै युनाइटेड नेसनल पार्टी (युएनपी) ले पनि शनिबार विज्ञप्ति जारी गर्दै उहाँ पुनरागमन हुनसक्ने डरले मुद्दा लगाइएको विश्वास व्यक्त गरेको छ ।

    गत सेप्टेम्बरमा उहाँले अनुरा कुमार दिसानायकेसँग राष्ट्रपति चुनाव हार्नुभएको थियो । कुनै निर्वाचित पद नभए पनि उहाँ अझै राजनीतिक रूपमा सक्रिय हुनुहुन्छ ।

    सन् २०२२ मा देशले सामना गरेको सबैभन्दा खराब आर्थिक मन्दीबाट निस्केपछि भएको भ्रष्टाचारविरुद्धको अभियानकै क्रममा दिसानायकेले उहाँलाई पक्राउ गराउनुभएको बताइएको छ ।

    विक्रमासिंघेले भने आफ्‌नी पत्नीको बेलायत भ्रमण खर्च व्यक्तिगत रूपमा व्यहोरेको र राज्य कोष प्रयोग नगरेको दाबी गर्नुभएको छ ।

    सन् २०२२ जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले आर्थिक सङ्कटका कारण महिनौँ लामो सडक प्रदर्शनपछि पदत्याग गरेपछि विक्रमासिंघे राष्ट्रपति बन्नुभएको थियो ।

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.